पाँच दलिय गठबन्धनले रुपन्देही क्षेत्र नं. ३ मा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाइ मुख्य आधार बनाएर ६७ बुँदे शंकल्प पत्र सार्वजनिक गरेको छ।
गृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा भौतिक विकास संगै मानविय विकासलाइ प्राथमिकतामा राखीएको छ। सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य,शिक्षा,सांस्कृतिक र सामाजिक विकासका लागि दिर्घकालिन महत्वका योजना ल्याउने भनिएको छ। कृषि, पर्यटन, औधोगिक,व्यापारिक र खेलकुद विकासकालागि राष्ट्रिय स्तरका र दिर्घकालिन महत्वका नयाँ योजनाहरु अगाडी सारीएको छ। हाल संचालित योजनाहरुको सम्पन्नताकालागि पहल गर्ने प्रतिवद्धता जनाइएको छ। बुद्ध जन्मस्थल लुम्बिनी, सिंगो रुपन्देही जिल्ला र छिमेकी जिल्लाहरुसंग जोडेर राष्ट्रिय महत्वका योजनाहरु ल्याउने भनिएको छ।
भैरहवालाइ लुम्बिनी प्रदेशकै औधोगिक,व्यापारिक र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना अगाडी सारीएको छ। त्यसकै कडिको रुपमा सिद्धार्थ चक्रपथ निर्मार्ण गर्ने योजना ल्याइएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाउने,आन्तरिक उडान तथा कार्गो सेवा सुचारु गर्दै रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने भनिएको छ।
मर्चवारदेखि मुस्ताङ्गसम्म’ बन्ने सडक निर्माण सुरु गर्न पहल गर्ने, बुटवल–भैरहवा–सुनौली हाइवेमा मेट्रो ट्रेन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने, बेलहियामा आइसीपी निर्माण प्रारम्भ गर्न पहल गर्ने, परासीदेखि कपिलवस्तुसम्म १३२ केभीको विद्युतीय प्रसारण लाइन निर्माण गर्न पहल गर्ने, बुटवलदेखि गोरखपुरसम्मको विद्युतीय प्रसारण लाइन यथाशिघ्र निर्माण गर्न पहल गर्ने, कालीगण्डकी–तिनाउ डाईभर्सन परियोजना निर्माणकालागि पहल गर्ने, तिनाउ–दानव नदीमा ‘जनताको तटबन्धन’ कार्यक्रम थप प्रभावकारी बनाउने तथा डण्डा–रोहिणी नदीमा पनि नदी कटानलाई व्यवस्थित गर्ने योजना ल्याइएको छ।
बुद्ध परिक्रमा सडकको दुबैतिर नालिसहितको फुटपाथ निर्माण, मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाउने र त्यहाँका स्थानीयको समस्याको समाधान गरी नमुना औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुका साथै स्थानीयलाइ रोजगारीमा सुनिश्चिता गर्ने योजना ल्याइएको छ। वेलहियादेखि पोखरासम्मको सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गर्ने, तिनाउ नदीको छेउछाउमा व्यापारिक प्रयोजनका लागि ६ लेनको बाटो निर्माण गर्ने भनिएको छ।
भैरहवा बजार बिचमा रहेको कारागारलाइ स्थान्तरण गर्ने,व्यवस्थित अटोभिलेज, स्वर्गद्वारी घाटलाई सुविधायुक्त बनाउने र क्रियापुत्री बसेर कार्यसम्पादन गर्न मिल्ने गरी भवन निर्माण गर्ने,मत्स्य गाउँका रूपमा विकास हुँदै गएको दयानगर–छपिया वरपरका गाँउलाइ समेटेर ‘नमुना कृषि पर्यटन’का रूपमा विकास योजना गठबन्धनले अगाडी सारेको छ। स्वास्थ्य तर्फ स्वास्थ्य चौकी र अस्पतालहरुको स्तरोन्ती संगै सरकारी तथा निजी मेडिकल र इन्जिनियरिङ कलेजको स्थापनामा जोड,निर्वाचन क्षेत्रका बिभिन्न कलेजहरुको पुर्वाधार र शैक्षिक विकासका योजना समेटिएका छन्। पक्लिहवाको कृषि क्याम्पसलाई भौतिक सुविधा सम्पन्न बनाउने र कृषि तथा पशु चिकित्सा शिक्षा दुवैमा सिट सङ्ख्या बृद्धि गर्न आवश्यक पहल गर्ने, क्याम्पस हाताभित्र सुविधासम्पन्न पशु अस्पताल निर्माण गरी यथाशिघ्र सञ्चालन गर्ने योजना संकल्प पत्रमा उल्लेख छ।
भैरहवामा संकल्प पत्र सार्वजनिक गर्दै क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार रहेका गृहमन्त्री खाँणले पूरा गर्न सकिने र दिर्घकालिन महत्वका योजना मात्रै समावेस गरिएको जनाए। ‘हामीले अघि सारेका योजनाले निर्वाचन क्षेत्रको मात्रै हैन समग्र मुलुकको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौं र यी योजना कार्यान्वय गरेरै छाड्छौं’ गृहमन्त्री खाणले भने। संविधान, लोकतन्त्र र संघीयताको रक्षा गर्दै मुलुकको विकास र समृद्धिका लागि पाँच दलिय गठबन्धनलाइ जिताउन उनले मतदातालाइ आग्रह पनि गरे। तीन को प्रदेश (क) मा लोसपाका नेता सन्तोषकुमार पाण्डेय र (ख) मा काँग्रेस नेता रामचन्द्र ढकाल उम्मेदवार छन्। प्रदेश सभाका उम्मेदवार द्धय ढकाल र पाण्डेयले गठबन्धनले नै मुलुकको हीतमा काम गर्ने भएकाले सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे।