पाण्डेय छैटौँ पटक, गैरे पहिलो पटक चुनावी मैदानमा
१७ कार्तिक २०७९
•
३ मिनेट पाठ
पाण्डेय छैटौँ पटक, गैरे पहिलो पटक चुनावी मैदानमा
सोमप्रसाद पाण्डेय र ठाकुर गैरे।
सोमप्रसाद पाण्डेय छैटौँ पटक चुनावी मैदानमा छन्। उनी २०५१  सालदेखि पाल्पाबाट चुनाव लड्दै आएका छन्। यसपाली उनले सिद्धबाबाको बाटो निर्माणलाई चुनावी मुद्दा बनाएका छन्।  




‘सिद्धबाबाको बाटोमा सुरुङमार्गको योजना अगाडि बढेको छ’, पाल्पा क्षेत्र नं २ मा पाँच दलिय सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रहेएका पाण्डेयले भने, ‘यो क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी हो।’

विगतमा व्यवस्था परिवर्तनका लागि लडेको उल्लेख गर्दै उनले यो निर्वाचनले विकास र समृद्धिको रेखा कोर्ने उल्लेख गरे। पाल्पाको क्षेत्र १ मा २०५१ सालदेखि नै एमालेका उम्मेदवार विजयी हुँदै आएका छन्। क्षेत्र नं २ मा २०५१, २०५६, २०७० र २०७४ मा सोमप्रसाद पाण्डेय विजयी भएका थिए। उनी त्यतिबेला एमालेमै थिए। विसं २०६४ मा नेकपा माओवादीकी लीला सोमैसँग उनी पराजित भएका थिए।  

यस्तै पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका नेकपा (एमाले) का ठाकुर गैरेले समग्र पाल्पाको एकीकृत विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए। राष्ट्र र राष्ट्रियताका सवालमा आवाज उठाउँदै आएका उनले पनि चुनावी प्रतिबद्धतामा सिद्धबाबाको बाटो निर्माणलाई उल्लेख गरेका छन्।  

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाण्डेय र गैरले घरदैलो अभियानलाई तीव्र पारेका छन्। पाल्पाको विकासको खाका लिएर आएको भन्दै दुवैजनाले मतदाता रिझाउन थालेका छन्। प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य गरी ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

यो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा पाण्डेय र गैरेकै बीच हुने देखिन्छ। सदरमुकाम तानसेन नगरपालिकासहित बगनासकाली, रिब्दीकोट, रैनादेवी र तिनाउ गाउँपालिका यो निर्वाचन क्षेत्रभित्र पर्दछन्।

क्षेत्र नं १ मा भने यस पटक एमालेबाट नारायणप्रसाद आचार्य र नेपाली कांग्रेसबाट ज्ञानबहादुर गाहाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। दुवैको चुनावी एजेण्डा ‘विद्युतीकरण’ रहेको छ। निस्दी गाउँपालिकाका तीन वडामा अहिले पनि विद्युत् पुगेको छैन। यहाँका नागरिक टुकीमाथि निर्भर छन्।  

एमाले उम्मेदवार आचार्य  भन्छन्, ‘हाम्रै पहलमा विद्युत् विस्तार गरेका हौँ।’ सबै क्षेत्रमा विद्युत् विस्तार गरी उज्यालो निस्दी बनाउने योजना रहेको उनको भनाइ छ।  

यहाँका वडामा सामुदायिक विद्युतीकरणमार्फत बिजुली बाल्न सुरु गरिए पनि सर्वसुलभ र सहज नभएको कांग्रेस उम्मेदवार गाहाको भनाइ छ। ‘राष्ट्रिय प्रसारण लाइनमा जोडेर जनतालाई सहज विद्युत् आपूर्ति गराउने योजना छ’, उनी भन्छन्, ‘विकास र समृद्धिको खाका लिएर चुनावी मैदानमा होमिएको छु।’ रामपुर नगरपालिकासहित रम्भा, निस्दी, पूर्वखोला र माथागढी गाउँपालिका क्षेत्र नं १ मा पर्दछन्।  

प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्रमा २३ जनाको उम्मेदवारी परेको छ। प्रदेशसभाको चार क्षेत्रमा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधिसभा क्षेत्र १ मा राजनीतिक दल र स्वतन्त्र गरी १० तथा २ मा १४ जनाले उम्मेदवारी दिएका छन्। क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ छ दल र चार स्वतन्त्रका साथै क्षेत्र नं २ मा ११ दल र तीन स्वतन्त्रले मनोनयन दर्ता गराएका छन्। क्षेत्र नं १ प्रदेशसभा (क) र  (ख) मा पाँच/पाँच जनाले तथा क्षेत्र नं २ प्रदेशसभा (क) मा सात र (ख) मा पाँच जना उम्मेदवार छन्। 

पाल्पाको दुवै निर्वाचन क्षेत्रमा गरी सात स्वतन्त्र उम्मेदवार छन्। ‘लामो समयदेखि दलहरुले नेतृत्व गरेर पनि पाल्पाको विकास भएन’, क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार रहनुभएका उपेन गैरे भन्छन्, ‘विकास नहुनुको मुख्य कारण भ्रष्टाचार हो।’ उनी इन्जिनियरिङ पेसामा आबद्ध छन्।रासस
अर्को समाचार
पाल्पा क्षेत्र नं. २ मा एमालेबाट ठाकुर गैरे विजयी
०९ मंसिर २०७९
•
१ मिनेट पाठ
पाल्पा क्षेत्र नं. २ मा एमालेबाट ठाकुर गैरे विजयी
पाल्पाको प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार गैरे २७ हजार ८ सय १७ मतका साथ विजयी भएका हुन्।  




उनका निकटम प्रतिस्पर्धी बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेयले २३ हजार ८ सय ५१ मत प्राप्त गरे।  

गैरे ३ हजार ९ सय ६६ मतान्तरले विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरेले ५ हजार १ सय ८० मतका साथ तेश्रो स्थानमा रहे। नेपाली भूमि अतिक्रमण हुँदा कालापानीमा मार्च पास र सुस्ता महेसपुरमा प्रदर्शनको नेतृत्व गर्ने नेता गैरे स्वच्छ छवी भएका व्यक्तिका रुपमा परिचित छन्।

बगनासकाली गाउँपालिका ८ बराङ्दीमा २०२५ सालमा जन्मिएका गैरे २०५१ सालमा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष हुँदै केन्द्रीय सचिव, केन्द्रीय महासचिव हुँदै २०६३ मा केन्द्रीय कमिटीको अध्यक्षमा निर्वाचित र हाल नेकपा (एमाले) को पोलिट्ब्युरो सदस्य हुन्। उनी पेट्रोलियम पदार्थ, महंगी, भ्रष्टचार बिरोधी आन्दोलनका अगुवाई गर्ने युवा नेताको छवी बनाएका व्यक्ति हुन्।  
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस