कालापानी लिपुलेक कुटनीतिक पहलबाटै फिर्ता हुन्छ: देउवा
१७ कार्तिक २०७९
•
२ मिनेट पाठ
कालापानी लिपुलेक कुटनीतिक पहलबाटै फिर्ता हुन्छ: देउवा
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी र लिपुलेक क्षेत्र कुटनीतिक पहलबाटै फिर्ता गराउने बताएका छन्। बिहीबार डडेल्धुरामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो कुरा बताएका हुन्।  




चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले भारतको कब्जामा रहेको कालापनी र लिपुलेक क्षेत्रलाई लडेर नभई कुटनीतिक पहल गरेर फिर्ता लिन सकिने बताए। उनले भने,‘हामीले हाम्रो सीमालाई फिर्ता गर्न भारतसँग कुटनीतिक पहल गरेर मात्रै फिर्ता गर्न सक्छौ, न कि लडेर।’  

नेपाल सबै छिमेकी राष्ट्रसँग समान सम्बन्ध राख्दै आएको र राख्ने पनि उनले बताए। ‘नेपाल छिमेकी देश भारत र चिनसँग समान सम्बन्ध राख्दछ र राख्दै आएको पनि छ,’ उनले भने,‘तसर्थ हाम्रो गुमेको भूभागलाई कुटनीतिक पहलबाटै फिर्ता हुन्छ, यसमा ढुक्क हुनुहोस्।’  

अहिलेको आवश्यकता भनेकै लोकतान्त्रिक–बाम गठबन्धन भएको बताउँदै प्रधानमन्त्री देउवाले भने,‘गठबन्धन राष्ट्रिय आवश्यकता हो।’ संविधानले नै दलगत गठबन्धन गर्नुपर्ने भएकाले अहिले आफूहरु सबैले संविधान जोगाउन राजनीतिक गठबन्धन गरेको बताए। त्यस्तै उनले केपी ओलीले २ बजे राति नै राष्ट्रपतिलाई उठाएर संसद भंग गरेको बताए। उनले भने,‘ओलीजीले राष्ट्रपतिलाई राति २ बजे उठाएर संसद भंग गराएका हुन्।’  

राजनीतिमा कोही स्थायी सत्रु तथा मित्र नभएको प्रधानमन्त्री देउवाले बताएका छन्। उनले भने,‘गठबन्धन अहिलेको आवश्यकता हो।’ सबै दलको आग्रहमा संविधान जोगाउन आफू प्रधानमन्त्री भएको बताउँदै उनले भने,‘सबै दलको आग्रहमा म संविधान जोगाउन प्रधानमन्त्री बनेको हुँ।’  

चुनावी सभालाई सम्बोधन गर्दै देउवाले डडेल्धुराको विकासका लागि आफूले धेरै काम गरेको पनि बताए। उनले भने,‘धनगढी–डडेल्धुरा ४ लेन सडक निर्माण सुरु भएको छ। डडेल्धुरामा मेडिकल कलेज स्थापना, एयरपोर्ट निर्माणका लागि सम्भाव्यता अध्ययन भएको छ।’ उनले पश्चिम सेतीको सम्झौता भइसकेको बताउँदै उनले भने,‘पश्चिम सेती चाँडै बन्छ।’  

डडेल्धुराको सबै गाउँ बस्तिमा सडक र विजुली पनि पुर्‍याउने उनले प्रतिवद्धता व्यक्त गरे। उनले अब निर्वाचन पछि डडेल्धुराको बजार क्षेत्रको सडक चौडा कार्यका लागि मुआब्जाको काम पनि गरिने बताए। पर्शुराम, परिगाउँ, महाकाली नदीमा पुलको पहल भएको पनि उनले बताए। रेंगुन खोलामा तटबन्धन तथा सिँचाइको योजना पनि अघि बढाइएको बताए।  

प्रधानमन्त्री देउवा चुनावी कार्यक्रमका लागि बुधबार राजधानी काठमाडौंबाट धनगढी आएका थिए भने बिहीबार मात्रै आफ्नो गृह जिल्ला डडेल्धुरा आइपुगेका हुन्।  
अर्को समाचार
दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र कुटनीतिक पहलबाटै फिर्ता हुन्छ: प्रधानमन्त्री देउवा
२३ कार्तिक २०७९
•
१ मिनेट पाठ
दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र कुटनीतिक पहलबाटै फिर्ता हुन्छ: प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले  दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा  क्षेत्र कुटनीतिक पहलबाटै फिर्ता गराउने बताएका छन्।  




बुधबार दार्चुलाको गोकुलेश्वरमा  आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारतको कब्जामा रहेको कालापनी र लिपुलेक क्षेत्रलाई दार्चुलामा भाषण मात्रै गरेर नभई कुटनीतिक पहल गरेर फिर्ता गर्ने बताएका छन्। उनले भने,‘हामीले हाम्रो सीमा समस्या समाधान भारतसँग कुटनीतिक पहल तथा बार्ता गरेर मात्रै फिर्ता गर्न सक्छौ, न कि दार्चुलामा चर्काे भाषण गरेर हुन्छ।’  

नेपाल सबै छिमेकी राष्ट्रसँग समान सम्बन्ध राख्दै आएको र राख्ने पनि उनले बताए। ‘नेपाल छिमेकी देश भारत र चिनसँग समान सम्बन्ध राख्दछ र राख्दै पनि आएको छ,’ उनले भने,‘तसर्थ हाम्रो गुमेको भूभागलाई कुटनीतिक पहलबाटै फिर्ता हुन्छ, यसमा ढुक्क हुनुहोस्।’  

अहिलेको आवश्यकता भनेकै लोकतान्त्रिक–बाम गठबन्धन भएको बताउँदै प्रधानमन्त्री देउवाले भने,‘गठबन्धन राष्ट्रिय आवश्यकता हो।’ संविधान जोगाउन दलगत गठबन्धन गर्नुपर्ने भएकाले अहिले आफूहरु सबैले संविधान जोगाउन राजनीतिक गठबन्धन गरेको बताए।  

त्यस्तै उनले केपी ओलीले दार्चुलामा भाषण गरेर केही नहुँने पनि बताए। चुनावी सभालाई सम्बोधन गर्दै देउवाले दार्चुलाको  विकासका लागि आफूले धेरै काम गरेको पनि बताए। उनले भने,‘मेरै पालामा मैले नै चमेलिया जालविद्युत आयोजना  सुरु गरी निर्माण सम्पन्न, जिल्ला  सदरमुकामसम्म साडक निर्माण, महाकाली नदीमा नेपाल भारत मोटर पुल निर्माण, दार्चुलाको  सबै  वडामा सडक र विजुली पनि पुर्‍याउछौं।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस