गठबन्धनको भरमा अधिकारी राप्रपाको आडमा लोहनी
१९ कार्तिक २०७९
•
४ मिनेट पाठ
गठबन्धनको भरमा अधिकारी राप्रपाको आडमा लोहनी
खेम लोहनी र रामनाथ अधिकारी।
मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङ २ का उम्मेदवारहरूले जिल्लाको आर्थिक विकास र समृद्धिसहित बुढीगण्डकी जलविद्युत् परियोजनालाई मुख्य चुनावी नारा बनाएका छन्। २०७३ सालदेखि मुआब्जा वितरण सुरु भए पनि बुढीगण्डकी आयोजनाको भविष्य अझै अन्योलमा छ। तर धादिङ २ का उम्मेदवार भने यसै परियोजनामार्फत समग्र जिल्लाको अवस्था फेर्न आफू लागिपर्ने भन्दै मतदातासँग भोट माग्न सक्रिय छन्।  




राजधानी काठमाडौंसँग जोडिएर पनि बत्तीमुनिको अध्याँरोजस्तै रहेको धादिङमा कृषि, पर्यटनका माध्यमबाट रोजगारी सिर्जना गर्दै जिल्लालाई समुन्नत बनाउने प्रतिबद्धता पनि उम्मेदवारहरूले मतदातामाझ जनाइरहेका छन्। पृथ्वी राजमार्गदेखि झन्डै १० किलोमिटर उत्तर (च्याडु) देखि गणेश हिमालसम्म धादिङको दुई नम्बर क्षेत्रमा पर्छ। अहिले पनि कतिपय गाउँ र बस्तीमा पुग्न घोरेटो बाटोसमेत निर्माण हुन सकेको छैन। प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनबाट विगतदेखि नै जिल्लाको नेतृत्व गर्दै आएका नेताहरू फेरि पनि मैदानमा छन्। आफ्नो क्षेत्रमा मात्र नभएर सिंगो जिल्लाकै विकासका लागि भन्दै दुवै गठबन्धनका उम्मेदवार जनतासँग मत माग्दैछन्।

सत्ता गठबन्धनबाट धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारी र विपक्षी गठबन्धनबाट एमाले केन्द्रीय कमिटी सदस्य खेम लोहनी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

२०५६ सालमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेसका अधिकारी अहिले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहितका दलहरूको समर्थनमा उम्मेदवार भएका हुन्। २०५४ सालमै जिल्ला विकास समिति सभापतिको जिम्मेवारी समालेका एमालेका लोहनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा उम्मेदवार भएका हुन्। २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको बलमा लोहनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। पाँच वर्षको अन्तरालमा हुन लागेको निर्वाचनमा धादिङ २ मा एमाले र कांग्रेसका सहकर्मी अदलबदल भएका छन्। २०७४ सालको निर्वाचनमा कांग्रेस र राप्रपा एकातिर र अर्कोतिर एमाले र माओवादी थिए। तर अहिले त्यसको ठिक उल्टो भएको छ।  

अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा राप्रपाको साथ पाए पनि कांग्रेस उम्मेदवार दिलमान पाख्रिन वाम गठबन्धनका उम्मेदवारभन्दा ६७१ मतले पछि परेका थिए। तर अहिले माओवादी केन्द्र एमालेसँग छैन। सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस माओवादी केन्द्र, नेकपा एसको बलमा चुनावी परिणाम बदल्ने तयारीमा छ। प्रमुख प्रतिपक्षी एमाले राप्रपाको भरमा चुनाव जित्ने रणनीतिमा छ। धादिङ २ राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङको क्षेत्र भएकाले त्यहाँ उनको प्रभाव बलियो छ। तामाङ राप्रपाबाट समानुपातिक उम्मेदवार छन्। तामाङको पकड भएकाले एमालेले राप्रपासँग चुनावी तालमेल गरेको हो। प्रदेशसभातर्फ धादिङ २ (क) मा एमालेका रामकुमार अधिकारी र (ख) मा राप्रपाका डम्बरबहादुर तामाङ उम्मेदवार छन् ।

त्यस्तै नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले प्रदेशसभातर्फ धादिङ २ (क) मा कांग्रेसका गोविन्द लम्साल र(ख) मा माओवादी केन्द्रका जगत सिंखडालाई उम्मेदवार बनाएको छ। २०७४ सालको निर्वाचनमा सिंखडा र रामकुमार अधिकारी दुवै वाम गठबन्धनबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।  

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन एकै ठाउँमा भएकाले एमाले धादिङ २ का कुनै पनि पालिका प्रमुख र उपप्रमुख आफ्नो पक्षमा पार्न असफल भएको थियो। त्यसबाट सत्ता गठबन्धनका उम्मेदवारहरू केही उत्साहित देखिएका छन्। तर पार्टीको १४औं अधिवेशन र प्रतिनिधिसभा सदस्य निर्वाचनमा टिकट वितरणलाई लिएर कांग्रेसभित्र देखिएको असन्तुष्टि साम्य भएको छैन। प्रतिनिधिसभातर्फ उम्मेदवारका आकांक्षी कांग्रेसका पूर्वजिल्ला सभापति रमेश धमलाले विद्रोही बनेर उम्मेदवारी दिएर फिर्ता लिए पनि केन्द्रीय सदस्य पाख्रिन अहिलेसम्म चुनावी अभियानमा जुटेका छैनन्। गठबन्धन दलको बलियो साथ पाए पनि आफ्नै पार्टीभित्रको असन्तुष्टि मतमा प्रकट हुने त होइन भन्ने भय कांग्रेस उम्मेदवार अधिकारीमा छ।  

स्थानीय चुनावमा वडा अध्यक्षले पाएको मतका आधारमा धादिङ २ मा प्रतिपक्षी गठबन्धन कमजोर देखिन्छ। तर राप्रपाको साथ पाएको एमाले कांग्रेसभित्रको बढ्दो तिक्तताको लाभ उठाउँदै निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिसहित चुनावी अभियानमा जुटेको छ। स्थानीय चुनावमा वडाध्यक्षहरूले पाएको मतलाई हेर्ने हो भने धादिङ २ मा कांग्रेसको २९ हजार ९ सय ६५, एमालेको २५ हजार ९ सय ३८, माओवादी केन्द्रको १४ हजार ३ सय ८०, राप्रपाको ५ हजार २ सय ८७, नेकपा एसको ३ हजार ४ सय ५६, जनता समाजवादी पार्टी (जसपा) को १ हजार ६० भोट छ। यसलाई आधार बनाउँदा एमाले, राप्रपा र जसपाको मत ३२ हजार २ सय ८५ हुन आउँछ भने कांग्रेस, माओवादी र नेकपा एसको मत ४७ हजार ८ सय १ हुन आउँछ। तर अधिकारी ढुक्क हुने अवस्था भने छैन ।

को हुन् रामनाथ अधिकारी ?

२०१८ सालमा धादिङको नेवारपानीमा जन्मेका रामनाथ अधिकारी २०३३ सालदेखि नै पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय भएका हुन्। २०५६ सालको निर्वाचनबाट धादिङ २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित अधिकारी पञ्चायतका साथै प्रजातन्त्र प्राप्तिका आन्दोलनका क्रममा तीन वर्षभन्दा बढी जेल बसेका छन्। अधिकारी धादिङ कांग्रेसको सभापतिसमेत हुन् ।

को हुन् खेम लोहनी ?

२०१६ सालमा जन्मेका लोहनी २०३६ मा नेपाल कम्युनिस्ट पार्टी मालेमा संलग्न हुँदै राजनीतिमा लागेका हुन्। २०४३ सालमा नेपाल कम्युनिस्ट पार्टी माले गाउँ कमिटी सचिवको जिम्मेवारीमा बसेका उनी २०५१ मा एमाले धादिङको उपसचिव भए। २०५४ मा जिल्ला विकास समितिको सभापति भएका लोहनी २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको बलमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
अर्को समाचार
सांसद विकाससँग नजोडिए जनताका समस्या कसले सम्बोधन गर्ने? : सांसद अधिकारी (अन्तर्वार्ता)
०४ पौष २०८०
•
५ मिनेट पाठ
सांसद विकाससँग नजोडिए जनताका समस्या कसले सम्बोधन गर्ने? : सांसद अधिकारी (अन्तर्वार्ता)
वर्तमान संसद् गठन भएको झन्डै एक वर्ष पुग्नै लागेको छ। संघीय संसद्को प्रमुख जिम्मेवारी कानुन निर्माण भए पनि पछिल्ला एक वर्षमा संसदमा देखिएको गतिविधि र अभिव्यक्ति आलोचनाको विषय बनेका छन्। शान्ति प्रक्रिया र संघीयता कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण विधेयक अझै निष्कर्षमा पुग्न सकेका छैनन्।




सरकार र संसद्को कार्यशैली तथा उपलब्धिबाट सांसद स्वयम् सन्तुष्ट हुन नसकेको गुनासा सार्वजनिक भइरहेका छन्। नेपाली कांग्रेसका नेता एवं धादिङ क्षेत्र नं. २ का सांसद रामनाथ अधिकारी संघीय संसद्को एकबर्से उपलब्धिबाट सन्तुष्ट हुने अवस्थामा आफू नरहेको बताउँछन्।

‘संविधानलाई कार्यान्वयनको चरणमा लैजान विभिन्न ऐन कानुनको अभाव छ। ती कानुन निर्माण गर्नुपर्ने जरुरी थियो, त्यो वातावरण अहिलेसम्म हुन सकेको छैन’, रासससँगको संवादमा उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्नका निम्ति संसद्ले जुन भूमिका खेल्नुपर्ने थियो, ती काम हुन सकेनन्, अपेक्षा गरेको भन्दा पृथक ढंगबाट संसद् अघि बढेको छ। त्यसकारण बढी सन्तुष्ट हुने ठाउँ फेला परेको छैन।’

आशा गरेअनुसार नभएको हुँदा आफू प्रतिनिधिसभाको सांसद हो भनेर भन्न कताकता असजिलो हुने महसुस गरेको उनको बुझाइ छ। ‘जुन ढंगको आशा, अपेक्षा र कल्पना गरेको थिएँ, त्यो पाउन सकिएन’, उनले भने।

संसद्ले प्रभावकारी काम गर्न नसक्नुमा सरकार र संसद् प्रमुख नै बढी जिम्मेवार भएको उल्लेख गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई व्यवहारतः कार्यान्वयन गर्न जेजति काम गर्नुपर्ने थियो, त्यो अधुरो र अपुरो नै रहेका कारणले आफू सन्तुष्ट हुन नसकेको बताए।

नयाँ संविधानले तीन तहको सरकारको व्यवस्था गरिसकेपछि संघीय सांसदको भूमिका कानुन निर्माणमा केन्द्रित हुनुपर्छ भन्ने चेतना विस्तार गर्न नसकिएको उनको भनाइ छ। उनले जनतालाई उक्त विषय बुझाउन नसक्नुमा राजनीतिक दल र सांसद नै जिम्मेवार रहेको ठहर्‍याए।

‘तर सांसदलाई बाध्यता पनि छ, जनताको अपेक्षा प्रशस्त छन्, सडकको न्यूनतम व्यवस्था पनि छैन’, सांसद अधिकारीले भने, ‘अहिलेसम्मको विकास दीर्घकालीन भएन, गाउँगाउँमा खानेपानीको अभाव छ, यी सबै पीडा सांसदले भोगेका छौं, त्यसकारण हामी विकास होइन, कानुन निर्माणमा मात्रै खट्छौं भन्न मिल्दैन।’

सांसद जनताको विकास निर्माणका अपेक्षासँग जोडिएर सहजीकरण गर्नुपर्ने अवस्था रहेको अधिकारीको भनाइ छ। सांसद विकाससँग नजोडिने हो भने दूरदराजको जनताका समस्या कसले बुझ्ने र सम्बोधन गर्ने त ? उनले प्रश्न गरे।

‘संविधानसभाबाट संविधान जारी गर्‍यौं, सबै नेपाली जनता सार्वभौम बन्नुभयो, सिंहदरबारका अधिकार आँगनमा पुर्‍याउँछौं भनेका थियौं, तर यो अवस्था अझै पनि फेला परेको छैन’, सांसद अधिकारीले भने, ‘कतिपय ठाउँमा अन्धकारमा गुज्रिनुपरेको छ। खानेपानीको अभाव छ, हिउँदे बाटो मात्रै तयार भएका छन्, बर्खामा गाउँगाउँसम्म पुग्ने स्थायी सडक छैन।’

जनताका यावत समस्या सांसदले उठाउनुपर्ने र समस्या समाधानका लागि प्रयत्न गर्नुपर्ने भएकाले सांसदको उपस्थिति विकासे अड्डामा देखिएको हुन सक्ने उहाँ बताउँछन्। प्रतिनिधिसभाका सांसद ऐन कानुन निर्माणमा केन्द्रित हुने हो तथा विकास प्रदेश र स्थानीय सरकारले गर्ने हो भन्नेमा जागरुकता ल्याउन नसकेकाले यस्तो परिस्थिति उत्पन्न भएको उनको बुझाइ छ।

सरकार र प्रतिपक्षीबीच दूरी बढ्दा यसपटकको प्रतिनिधिसभा निरन्तर सञ्चालन हुन नसकेको उल्लेख गर्दै सांसद अधिकारीले भने, ‘प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षीका कारण सांसद निरन्तर अघि बढ्न सकेन। त्यसकारण पनि ऐन कानुन निर्माणमा ढिलाइ भएको छ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्ने ठाउँमा सरकार र प्रतिपक्षका बीचमा दूरी बढ्दा त्यसको प्रभाव संसदमा परेको उनको भनाइ छ। ‘हामीले लडेर ल्याएको अधिकारका विषयलाई जनताका बीचमा पुर्‍याउन सकेनौं भनेर छलफल हुनुपर्नेमा त्यसो हुन सकेन।

तत्कालीन समयमा उठेका समस्याका विषय समाधान गर्दै अघि बढ्दा प्रतिनिधिसभामा सांसदले जुन भूमिका निर्वाह गर्नुपर्ने थियो, संसद् आफ्नो भूमिकाबाट टाढा रहँदा समस्या पैदा भएको छ’, उनले भने।

प्रतिनिधिसभा बैठक सुरु भएपछि कार्यसूचीमा प्रवेश नगरी अन्यत्र मोडिने स्थिति देखिएको उल्लेख गर्दै उनले भने, ‘यसपटकको प्रतिनिधिसभाले जति काम गर्नुपर्ने थियो, त्यति भएनन् जनताको अपेक्षा पूरा हुन सकेन।’

सरकारले सदनलाई ‘बिजनेस’ दिन नसक्दा पनि केही समस्या देखिएको जनाउँदै उनले यसमा नेतृत्वको मात्रै दोष नभएर सबैको उत्तिकै भूमिका छ भने। प्रमुख प्रतिपक्षीलाई सत्ताबाट बाहिरिनुपरेको चर्को पीडाका कारण पनि संसद् प्रभावित बनेको उनको भनाइ छ।

प्रतिष्ठालाई सम्पत्तिका रूपमा हेर्नुपर्नेमा पछिल्ला समय राजनीतिक र प्रशासनिक नेतृत्वमा लोभ, मोह र स्वार्थ देखिन थालेकामा चिन्ता व्यक्त गर्दै उनले भ्रष्टाचार अन्त्य गर्न सबैको समूहिक पहल र प्रयत्न आवश्यक भएको बताए। २०१८ साल भदौ १५ गते जन्मिएका सांसद अधिकारीले २०३९ सालदेखि राजनीति यात्रा प्रारम्भ गर्नुभएको थियो।

२०४२ सालमा नौ महिना जेल पर्नुभएका उनी २०५६ को आम निर्वाचनमा धादिङ क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो। २०५४ देखि २०७२ सम्म नेपाली कांग्रेस धादिङको जिल्ला सभापति रहेका उनी दोस्रो जनआन्दोलनमा ककनी र भक्तपुरमा गरी पाँच महिना प्रहरी हिरासतमा परेका थिए। नेता अधिकारी धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष र शान्ति समिति धादिङको अध्यक्षसमेत थिए।

संसदीय मर्यादामा सबै सांसद अडिग रहनुपर्नेमा जोड दिँदै उनले संसदीय मर्यादा र गरिमाभित्र रहेर मात्रै आफ्नो अभिव्यक्ति दिनुपर्ने बताए। ‘संसदीय मर्यादाको पालना आफैंले गर्ने हो, शीर्ष नेतादेखि नवप्रवेशी सांसदसमेतले संसदीय मर्यादा पालना गर्नुपर्छ, प्रतिपक्षीले सरकारलाई रचनात्मक सुझाव र ढाडस पनि दिन सक्नुपर्छ, प्रतिपक्षीको असल सुझाव ग्रहण गर्नुपर्छ, तर यसपटकको संसदमा देखिएको गतिविधि र अभिव्यक्तिप्रति आफू सन्तुष्ट छैन’, सांसद अधिकारीले भने।

संसद् प्रतिपक्षीको सत्ता भए पनि त्यसको दायरा र अनुशासन हुने जनाउँदै उनले सत्ता पक्ष र प्रतिपक्ष अनुशासनभन्दा बाहिर जान नमिल्ने बताए। संसदीय अभ्यासमा सबै सचेत हुनुपर्ने उनको सुझाव छ। उनले मुलुकको नेतृत्व गर्नेले आफू सुध्रेर ग्रामीण भेकमा रहेका जनताका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए। ‘जनताको विश्वास जित्न सक्नुपर्छ, हिजो जनतासमक्ष गरेका बाचा पूरा गर्नुपर्छ’, उनले भने।

सिंहदरबारको अधिकार जनताको घर दैलोमा पु¥याउँछौं भनेर गरेको कबोललाई जनताले विश्वास गरेर मत दिएको उल्लेख गर्दै उनले कुनै पनि तहमा जनतमाथि बेइमानी गर्न नहुने बताए। ‘वडा, पालिका, प्रदेश र संघमा रहेका जनप्रतिनिधिले जनतमाथि अन्याय र बेइमानी गर्ने कल्पनासमेत गर्न हुँदैन’, उनले भने, ‘परिवर्तनका लागि मरिमेटेर लागेका शक्ति जनताको अधिकारका लागि फेरि एकताबद्ध भएर अगाडि बढौं।’ –रासस 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस