जसपाको घोषणापत्र: संविधानको पुनर्लेखन,कार्यकारी राष्ट्रपति (पूर्णपाठ)
१९ कार्तिक २०७९
•
१ मिनेट पाठ
जसपाको घोषणापत्र: संविधानको पुनर्लेखन,कार्यकारी राष्ट्रपति (पूर्णपाठ)
जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी घोषणापत्र सार्वजनिक गरिएको छ। शनिबार आगामी निर्वाचन लक्षित घोषणापत्र पत्र सार्वजनिक गरिएको हो। 




घोषणापत्रमा पार्टीले संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आवश्यकता औँल्याएको छ। पहिचान र सामर्थ्यको आधारमा राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीमा परिवर्तन आवश्यक रहेको बताएको छ।  

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस
अर्को समाचार
गठबन्धन सहयात्रीसँग जसपा असन्तुष्ट
१५ असोज २०७९
•
३ मिनेट पाठ
गठबन्धन सहयात्रीसँग जसपा असन्तुष्ट
जनता समाजवादी पार्टी (जसपा) सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग असन्तुष्ट बनेको छ। पाँच दलीय गठबन्धनको एक घटक जसपा सिट बाँडफाँटमा अन्यायमा गर्न लागिएको भन्दै असन्तुष्ट बनेको हो। जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सिट बाँडफाँटमा अहिले भइरहेको छलफलप्रति असन्तुष्टि पोखेका छन्।




धनुषामा बिहीबार आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले जसपा गठबन्धनबिना चुनाव लड्न सक्षम रहेको धारणा राखेका थिए। ‘सिट बाँडफाँटमा मधेसी, जनजातिको सम्माजनक सम्बोधन भएन भने हामी एक्लै चुनाव लड्न सक्षम छौं,’ उनले भनेका थिए।  

जसपाका अन्य नेताहरूले पनि अध्यक्ष यादवकै शैलीमा पार्टीले मधेसमा एक्लै चुनाव लड्ने चेतावनी दिइरहेका छन्। जसपा स्रोतका अनुसार प्रतिनिधिसभामा मधेस प्रदेशका ३२ सिटमध्ये कम्तीमा १५ स्थान आफूहरूका लागि छुट्ट्याउनुपर्ने जसपाका नेताहरूको अडान छ। गठबन्धनमा रहेका अन्य दलहरू भने मधेस प्रदेशमा जसपालाई १५ सिट दिन तयार छैनन्। स्रोतको भनाइ छ, ‘बढीमा १२ सिट जसपालाई दिने गठबन्धनको तयारी छ।’ यसमा जसपाले कडा असन्तुष्टि पोखेको छ।

‘मधेस प्रदेशमा हाम्रो बटमलाइन भनेको १८ सिट हो। त्यसमा बढीमा २ देखि ३ सिट छाड्न सक्छौं। त्यसबाहेक हामी एक सिट पनि तल झर्दैनौं,’ जसपा कार्यकारिणी समितिका सदस्य तथा कृषिमन्त्री मृगेन्द्रसिंह यादवले भने, ‘सम्मानजनक सिट पाएनौं भने मधेसमा हामी एक्लै चुनाव लड्न तयार छौं।’ मधेस प्रदेशमा जसपाले एक्लै चुनाव लडे पनि कम्तीमा १५ सिट ल्याउने उनले बताए। ‘हामी एक्लै चुनाव लडे पनि १५ सिट नघाउँछौं भने किन गठबन्धन चाहियो ?’ उनले भने। यसैगरी जसपाका कार्यकारिणी समितिका अर्का सदस्य विजय यादवले पनि गठबन्धनले सम्मानजनक सिट नदिए पार्टीले एक्लै चुनाव लड्ने बताए। ‘सकेसम्म यो गठबन्धन नभत्कियोस् भन्ने हाम्रो चाहना हो। तर हामीलाई सम्मानजनक सिट दिइएन भने हामी एक्लै चुनाव लड्छौं । त्यसका लागि हामी समक्ष छौं,’ उनले भने।

जसपा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि मधेस हो। पछिल्लो समय लोसपाका केन्द्रीय नेताहरू एकएक गरी एमालेमा प्रवेश गरिरहेका छन्। केन्द्रीय नेताहरू एमालेमा प्रवेश गरे पनि तल्लो तहका कार्यकर्ताहरू धमाधम जसपामा प्रवेश गरिरहेको नेताहरूको दाबी छ।  

तल्लो तहमा लोसपाका कार्यकर्ता धमाधम जसपामा प्रवेश गरिरहेकाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जसपाको अवस्था पहिलेको भन्दा झन् बलियो हुने नेताहरूको विश्लेषण छ।

जसपाका एक नेताले भने, ‘हामीलाई कम्तीमा १५ सिट मधेस प्रदेशमै चाहिएको छ। त्योभन्दा तल झर्ने अवस्था नै छैन तर गठबन्धनका नेताहरूले मधेसमा हाम्रो शक्ति नजरअन्दाज गरिरहेका छन्।’

सिट बाँडफाँटको विषयमा जसपाका नेताहरूले सार्वजनिक रूपमा असन्तुष्टि पोखेपछि लोसपाका केही नेता उत्साहित भएका छन्। जसपा गठबन्धनबाट अलग्गिएपछि लोसपा र जसपाबीच गठबन्धन हुने उनीहरूको विश्वास छ। जसपा र लोसपाका बीचमा तालमेल भए त्यो प्राकृतिक हुने र यसबाट दुवै दललाई फाइदा हुने लोसपाका कार्यकारिणी समितिका सदस्य डा. सुरेन्द्र झाले बताए। ‘एमालेसँग सहकार्य ग¥यो भने त्यो सहकार्य हामीले हाम्रो मुद्दालाई तिलाञ्जली दिएसरह हुन्छ। त्यसैले जसपासँग सहकार्य गर्नु प्राकृतिक हुनेछ,’ उनले भने। तर जसपाका नेताहरू लोसपासँग चुनावी तालमेल गर्ने विषयमा त्यति चासो राख्दैनन्।

‘अझै पनि हाम्रो कुुराकानी गठबन्धनसँग भइरहेको छ। एक्लै चुनाव लड्ने अवस्था आयो भने भोलि लोसपालगायत सबै दलसँग कुराकानी हुन सक्छ,’ जसपाका कार्यकारिणी समितिका सदस्य विजय यादवले भने, ‘तर अहिले नै लोसपासँग चुनावी तालमेल गर्ने विषयमा कुराकानी अघि बढेको छैन।’
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५९ सेकेन्ड अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस