भक्तपुरमा चुनाव प्रचारप्रसारः कोही विकासको नारा दिंदै, कोही नीतिको
१९ कार्तिक २०७९
•
२ मिनेट पाठ
भक्तपुरमा चुनाव प्रचारप्रसारः कोही विकासको नारा दिंदै, कोही नीतिको
नेकपा एमालेकोतर्फबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदवारहरुले शनिबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.३ को सागबारीमा घरदैलो गरे।  




एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेत, समानुपातीक उम्मेदवार गोविन्द दुलाल, प्रदेशसभा ‘ख’ का उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ, समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ, एमाले केन्द्रीय सदस्य निर्मल भट्टराई, बागमति प्रदेश सदस्य मदनसुन्दर श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, अनेमसंघ भक्तपुर जिल्ला अध्यक्ष उत्तरा नेपाललगायतका नेता, कार्यकर्ता तथा स्थानीयवासीले मध्यपुर थिमी नगरपालिका वडा नं. ३ क्षेत्रभित्रका वस्तीमा घरदैलो गरे।  

उक्त क्रममा एमाले उम्मेदवारसहितको टोलीले पूर्वमन्त्री तथा कांग्रेसका नेता जगन्नाथ आचायले हनुमन्ते नदीको जग्गा कब्जा गरेको आरोप लगाए। घरदैलोका क्रममा उम्मेदवार महेश बस्नेतले नदीको उक्त ५५ रोपनी जग्गा पुन सार्वजनिक बनाई हनुमन्ते करिडोर निर्माण गर्ने दृढता व्यक्त गरे। सार्वजनिक जग्गालाई पहुँचका भरमा निजी बनाई भूमाफियाको कार्य गर्नु सवैभन्दा ठूलो अपराध भएको उल्लेख उनले गरे। उक्त जग्गा फिर्ता ल्याई हनुमन्ते जग्गा एकीकरण गरी करिडोर निर्माण सम्पन्न गर्ने बचन उनले दिए।  

दुषित मनसायका साथ हनुमन्ते नदीको ५५ रोपनी जग्गा पूर्वमन्त्री तथा कांग्रेसका नेता जगन्नाथ आचार्यको कान्छी श्रीमती विमली उपाध्यायाको नाममा ल्याइएको दावी उनीहरुको थियो । ‘सार्वजनिक जग्गा आफु पहुँचमा भएको समयमा व्यक्तिको नाममा नामसारी गर्नु राज्यकै लागि ठूलो अपराध हो। त्यसैले अब मंसिर ४ पछि एमालेको सरकार बन्नेछ। त्यसपछि उक्त जग्गा पुनः सार्वजनिक हुनेछ, वस्नेतले भने। त्यसपश्चात हनुमन्ते एकीकरण आयोजनाको माध्यमबाट जग्गा व्यवस्थापन गरी उक्त क्षेत्रका जनतालाई व्यवस्थित व्यवस्थापनसहित करिडोर निर्माण हुने उनको भनाई छ।  

यसरी भक्तपुर क्षेत्र नं २ का एमालेका उम्मेदबार वस्नेत विकासको नारा दिएर घरदैलोमा छ भने भक्तपुर क्षेत्र नं १ का प्रभावशाली नेता नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदबार प्रेम सुवाल जनताको पक्षमा नीतिनिर्माण गरिदिने भन्दै घरदैलोमा छन्। सांसदको काम नीति निर्माण गर्ने हो, विकासको काम नगरपालिका र वडाहरुले गर्ने हो भन्दै उनी शनिबार भक्तपुर क्षेत्र नं १ को चाँंगुनारायण क्षेत्रमा घरदैलोमा व्यस्त रहे।  

उता भक्तपुर क्षेत्र नं १ का मुख्य प्रतिस्पर्धीहरु सता गठबन्धनकोतर्फबाट नेकपा माओवादी केन्द्रका सुनिल गोठे, एमालेका नवराज गेलाल पनि घरदैलोमै व्यस्त रहे। त्यस्तै क्षेत्र नं २ मा गठबन्धनकातर्फका उम्मेदबार नेपाली कांग्रेसका दुलर्भ थापा र नेपाल मजदुर किसान पार्टीकी अुनराधा थापामगर पनि घरदैलोमै व्यस्त रहे।  
अर्को समाचार
अब भक्तपुरलाई 'महानगरपालिका' बनाउँछौंः महेश बस्नेत
१२ कार्तिक २०७९
•
२ मिनेट पाठ
अब भक्तपुरलाई 'महानगरपालिका' बनाउँछौंः महेश बस्नेत
नेकपा (एमाले) को पोलिटब्यूरो सदस्य, पूर्वमन्त्री तथा एमाले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले अब भक्तपुरलाई महानगरपालिका बनाउने गरी अगाडि बढेको बताएका छन्।




आज राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारमा आयोजना गरेको युवा भेला तथा उम्मेदवार परिचय कार्यक्रममा बोल्दै नेता बस्नेतले भक्तपुरलाई महानगरपालिका बनाउन आवश्यक पर्ने भौतिक तथा अन्य संरचनाहरुको निर्माण प्रकृया अगाडि बढिरहेको जानकारी गराए।

'महानगरपालिका बनाउन आवश्यक पर्ने सम्पूर्ण प्रकारका भौतिक संरचना तथा अन्य आवश्यक कार्यहरु एक पछि अर्को गर्दै भक्तपुरमा निर्माणको क्रममा रहेका छन्,' उनले भने, 'अबको हाम्रो योजना भनेको नै भक्तपुरलाई सुविधासम्पन्न महानगरपालिका बनाउने हो। जनताको जीवनस्तर उच्च बनाउने हो।'

महानगरपालिका बनाउन आवश्यक पर्ने भौतिक संरचनाहरु सडक, शिक्षा, स्वास्थ्य, शिक्षा, खेलमैदान, खुल्ला स्थल, होटल तथा पर्यटकीय स्थलहरुको जिल्लामा व्यापकमात्रामा विकास र विस्तार भइरहेको सविस्तार उल्लेख गर्दै उनले भक्तपुरको जनताको र समयको माग अनुसार महानगरपालिका बनाउने दृढ संकल्पका साथ एमाले र एमालेका उम्मेदवारहरु अगाडि बढिसकेको दाबी गरे।

जिल्लालाई भ्रष्टाचारमुक्त बनाउने अभियान चलाई रहेको उल्लेख गर्दै उनले अबका दिनमा जिल्लामा नै रोजगारीको सिर्जना गर्न व्यापक मात्रामा औद्योगिकरणको योजना अगाडि बढाइको जानकारी दिए। भक्तपुरलाई महानगरपालिका बनाउने लक्ष्यका साथ स्मार्ट सिटी, आधुनिक सभागृह, आधुनीक वीर अस्पताल, कवोर्ड हल, रंगशाला लगायतका योजनाहरु पनि अगाडि बढिसकेको उनले बताए।

पर्यटकीय, धार्मिक, सांस्कृतिक, कलालगायतका क्षेत्रहरुलाई उद्योगसँग जोड्नुपर्नेमा जोड दिँदै नेता बस्नेतले अब जिल्लाका प्रत्येक घरबाट कम्तिमा एक जना मास्टर्स डिग्री पास गरेको मानिसहरुको बौद्धिक समुदायको जिल्लाको रुपमा विकास गराउने आफ्नो योजना रहेको सुनाए।

जिल्लामा रहेका बौद्धिक वर्गको आवाजलाई संघ तथा प्रदेशको नीति निर्माणमा प्रयोग गर्नुपर्ने अबको आवश्यकता रहेको औंल्याउँदै उनले नेपालका विभिन्न जिल्लाको नागरिकको खोजिको रुपमा मात्र नभइ विश्वभरका नागरिकको अध्ययन क्षेत्रको रुपमा भक्तपुरको विकास गर्ने प्रतिवद्धता जनाए।

साेही कार्यक्रममा सयौं युवाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन्। कार्यक्रममा एमाले जिल्ला अध्यक्ष बचन देउजा, एमाले बागमती प्रदेशका सदस्य शसी जंग थापा, एमालेका उम्मेदवार किरण थापालगायतले आ–आफ्नो धारणा राखेका थिए। 
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस