वामपन्थी अखडामा कांग्रेस गठबन्धनको चुनौती
२० कार्तिक २०७९
•
३ मिनेट पाठ
वामपन्थी अखडामा कांग्रेस गठबन्धनको चुनौती
यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा दोलखामा नयाँनयाँ अनुहार र युवायुवावीचमै प्रतिस्पर्धा हुने भएको छ। प्रतिनिधिसभातर्फ सबै उम्मेदवार नयाँ छन् भने प्रदेशसभातर्फ एकआधबाहेक सबै नयाँ छन्। प्रतिनिधि सभाका २१ उम्मेदवारमध्ये २ जनाबाहेक बाँकी सबै ५०/५२ वर्षका मात्रै छन। प्रदेशसभातर्फ पनि एकआधबाहेक सबै नयाँ र युवा छन्। प्रतिनिधिसभामा दोलखामा मुख्य प्रतिस्पर्धा नेकपा (माओवादी)का गंगा कार्की र नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीबीच हुने भएको छ। कार्कीको उमेर ५७ र शिवाकोटीको ५३ छ।  




संयोग पनि परेको छ, दोलखामा माओवादी र नेकपा (एमाले) बाहेक अन्य पार्टीका र स्वतन्त्र उम्मेदवारहरूको पनि उमेर ५०/५१ भन्दा माथि कटेको छैन। उम्मेदवार नयाँ र युवा भएकोलेले प्रमुख पार्टीहरूलाई भोट माग्न सजिलो भएको छ। ‘हामीले नयाँ र युवालाई प्राथमिकता दिएका छौं,’ भन्दै दलहरूले भोट माग्ने गरेका छन्। यता स्वतन्त्र उम्मेदवारहरूले दलहरूप्रति निरास भएको भोटलाई आफूतिर आकर्षित गर्ने गरेका छन्। प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा सत्तारुढ गठबन्धनतर्फ माओवादीका नेता कार्कीले उम्मेदवारी दिएका छन्। उनको प्रतिस्पर्धा शिवाकाटीसँगै हुनेछ। यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सहायक महामन्त्री विजय खड्का, हाम्रो नेपाल पार्टीबाट विश्वनीति प्रकाशमान सिंह प्राखिन, नागरिक उन्मुक्ति पाटीबाट शुक्र तामाङ, लोकतान्त्रिक समाजवादी पार्टीबाट गोपाल नेपाली, नेपाल मजदुर किसान पार्टीबाट गोपाल शिवाकाटी, जनता समाजवादी पार्टीबाट दावा शेर्पा, नेकपा (माले)बाट खिमबहादुर शिवाकोटीलगायतले उम्मेदवारी दिएका छन्। यीमध्ये नेपाली सबैभन्दा कान्छा हुन्। उनको उमेर २७ मात्र भएको छ। यसैगरी शिवाकोटी ३२ र तामाङ ४१ वर्षका भएका छन्। यसैगरी स्वतन्त्रबाट उम्मेदवारी दिएका जीवनाथ शिवाकोटी ३४ वर्षका मात्र छन्। अर्का स्वतन्त्र उम्मेदवार बद्री दाहाल ३९ वर्षका छन्।  

‘नेकपा (एमाले)ले योपटक दोलखामा युवा र नयाँ अनुहारलाई प्राथमिकता दिएको छ। जनताको चाहना अनुसार पार्टीले युवालाई अघि सारेको हो’एमालेका उम्मेदवार शिवाकोटीले भने,‘हामीसँग भएको जोश र जाँगर दोलखाको विकासका लागि खर्च गर्नेछाैं।’  

नेपाली कांग्रेस दोलखाका सभापति तथा प्रदेश सभातर्फ दोलखा (ख)मा नेपाली कांग्रेसबाट उम्मेदवार दिएका बर्मा लामाले दोलखामा नेपाली कांग्रेससहित गठबन्धनले युवा र नयाँ अनुहारलाई प्राथमिकता दिएको बताए। ‘प्रतिनिधि सभातर्फ हामीले सबै नयाँ अनुहारलाई प्राथमिकता दिएका छौं। प्रदेशसभातर्फ पनि म एकजनाबाहेक अरू सबै उम्मेदवार नयाँ हुनुहुन्छ। म नयाँ अनुहार नभए पनि पनि युवा हुँ,’ लामाले भने। पोहर साल लामाले चुनाव जितेनन्। त्यसैले यसपटक चुनाव जिते भने लामा प्रदेशसभामा नयाँ अनुहारका हुनेछन्।  

२०७४मा प्रदेश सभामा लामाले दोलाख (क)बाट उम्मेदवारी दिएका थिए। त्यतिबेला माओवादी केन्द्रका विशाल खड्का विजयी भए। हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका विश्वनीति प्रकाशमान सिंह पाख्रिनले अहिले देशभर युवा र नयाँ अनुहारप्रति आकर्षण बढेको बताउदै आफू पहिलो पटक प्रतिनिधि सभा तर्फ उम्मेदवारी दिन लागेको बताए। आफू युवा र नयाँ भएकाले दोलखाकोलागि काम गर्ने जोश र जाँगर भएको उनको भनाइ थियो। यसैगरी प्रदेशसभातर्फ दोलखा (ख)मा नेपाली कांग्रेसबाट उम्मेदवार दिएका कुन्दनराज काफ्लेले पनि यसपटक दोलखामा पार्टीले युवालाई प्राथमकिता दिएको बताए। ‘हामीसँग उत्साह र जोश छ। दोलखाको समृद्धि र विकासका लागि हामीले काम गर्छौं,’ उनले भने।  

प्रदेशसभा तर्फ उम्मेदवारी दिएका पनि एक÷आधबाहेक सबै नयाँ अनुसार र युवा छन्। प्रदेशसभा तर्फ (क)मा एमालेबाट नरबहादुर श्रेष्ठ, नेकाबाट काफ्ले, राप्रपाबाट रामबहादुर तामाङ, जसपाबाट मानबहादर सुनवाुर तथा दोलखा (ख)मा एमालेबाट भरतबहादुर केसी, कांग्रेसबाट लामा, राप्रपाबाट राजन शिवाकोटी, जसपाबाट बिछीकुमारी धामीले उम्मेदवारी दिएका छन्।  

के यसपटक कांग्रेसले झण्डा गाड्ला ?

दोलखामा एउटा चुनावबाहेक सधै बवामपन्थी दलका नेताहरूले चुनाव जित्दै आएका छन्। २०५१सालको मध्यावधि निर्वाचनमा भीमबहादुर तामाङले चुनाव जितेका थिए। त्यसबाहेक दोलखामा नेपाली कांग्रेसले चुनाव जित्न सकेको छैन। २०७४ को निर्वाचनमा प्रतिनिधिसभामा पार्वत गुरुङ विजयी भएका थिए। त्यो बेला कांग्रेसबाट रुद्रबहादुर खड्काले उम्मेदवारी दिएका थिए। गुरुङले ३० हजार १ सय ५३ मतको फरकले विजयी भएका थिए।
अर्को समाचार
वामपन्थी अखडामा कांग्रेस गठबन्धनको चुनौती
२१ कार्तिक २०७९
•
१ मिनेट पाठ
वामपन्थी अखडामा कांग्रेस गठबन्धनको चुनौती
यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा दोलखामा नयाँनयाँ अनुहार र युवायुवावीचमै प्रतिस्पर्धा हुने भएको छ। प्रतिनिधिसभातर्फ सबै उम्मेदवार नयाँ छन् भने प्रदेशसभातर्फ एकआधबाहेक सबै नयाँ छन्।




प्रतिनिधि सभाका २१ उम्मेदवारमध्ये २ जनाबाहेक बाँकी सबै ५०/५२ वर्षका मात्रै छन। प्रदेशसभातर्फ पनि एकआधबाहेक सबै नयाँ र युवा छन्। प्रतिनिधिसभामा दोलखामा मुख्य प्रतिस्पर्धा नेकपा (माओवादी)का गंगा कार्की र नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीबीच हुने भएको छ। कार्कीको उमेर ५७ र शिवाकोटीको ५३ छ।

संयोग पनि परेको छ, दोलखामा माओवादी र नेकपा (एमाले) बाहेक अन्य पार्टीका र स्वतन्त्र उम्मेदवारहरूको पनि उमेर ५०/५१ भन्दा माथि कटेको छैन। उम्मेदवार नयाँ र युवा भएकोलेले प्रमुख पार्टीहरूलाई भोट माग्न सजिलो भएको छ।

‘हामीले नयाँ र युवालाई प्राथमिकता दिएका छौं,’ भन्दै दलहरूले भोट माग्ने गरेका छन्। यता स्वतन्त्र उम्मेदवारहरूले दलहरूप्रति निरास भएको भोटलाई आफूतिर आकर्षित गर्ने गरेका छन्। प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा सत्तारुढ गठबन्धनतर्फ माओवादीका नेता कार्कीले उम्मेदवारी दिएका छन्। उनको प्रतिस्पर्धा शिवाकाटीसँगै हुनेछ।

यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सहायक महामन्त्री विजय खड्का, हाम्रो नेपाल पार्टीबाट विश्वनीति प्रकाशमान सिंह प्राखिन, नागरिक उन्मुक्ति पाटीबाट शुक्र तामाङ, लोकतान्त्रिक समाजवादी पार्टीबाट गोपाल नेपाली, नेपाल मजदुर किसान पार्टीबाट गोपाल शिवाकाटी, जनता समाजवादी पार्टीबाट दावा शेर्पा, नेकपा (माले)बाट खिमबहादुर शिवाकोटीलगायतले उम्मेदवारी दिएका छन्।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस