कास्कीः खगराज अधिकारीलाई आफ्नै बोली पिरलो
२० कार्तिक २०७९
•
३ मिनेट पाठ
कास्कीः खगराज अधिकारीलाई आफ्नै बोली पिरलो
कास्की–१(क) का माओवादीका उम्मेदवार दीपक कोइराला (बायाँ) र एमाले उम्मेदवार खगराज अधिकारी (दायाँ)। तस्बिरः नागरिक
तीनवटा निर्वाचन क्षेत्र भएपनि कास्की १ (१) हेभिवेट प्रतिष्पर्धीको क्षेत्र हो । जहाँ नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व जनमुक्ति सेनाका बटालियन कमाण्डर दीपक कोईराला प्रतिष्पर्धामा छन्।  




गण्डकी प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका यी दुई उम्मेदवार मध्ये अधिकारी पूर्व गृह तथा स्वास्थ्य मन्त्री भईसकेका उम्मेदवार हुन् भने कोईराला गण्डकी प्रदेश सभा अन्तर्गतको अर्थ तथा विकास समितिका निवर्तमान सभापति हुन् ।  

पद र प्रतिष्ठाको आशमा राजनीतिमा जे पनि हुन्छ भन्ने यो निर्वाचन क्षेत्रमा भएको भिडन्तले प्रष्ट पार्छ। किनकी यो क्षेत्रमा अघिल्लो निर्वाचनमा एक अर्काका सारथी बनेका अधिकारी र कोईराला अहिले प्रतिष्पर्धी बनेर आमनेसामने बनेका छन्। अनि अघिल्लो निर्वाचनमा कोईरालाका प्रतिष्पर्धी रहेका कांग्रेसका जीवन परियार अहिले तिनै माओवादी उम्मेदवार कोईरालाका सारथी बनेर निर्वाचनको नेतृत्व हाँकिरहेका छन्। राजनीतिमा बिरलै देखिने यो दृश्यले अहिले कास्कीका जनतालाई अचम्मित पारिरहेको छ।

अहिलेका प्रतिष्पर्धी रहेका खगराज अधिकारी अघिल्लो निर्वाचनमा कास्की–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए। एमाले र माओवादी बीच एकता भई नेकपा बनेर चुनाव लडेकाले त्यस निर्वाचनमा उनीहरु एकअर्काका सारथी थिए। त्यहि भएर तत्कालीन चुनावताका खगराज आफ्ना समर्थकलाई भन्ने गर्थे, ‘बरु मलाई भोट नहाल्नु तर, दीपकलाई भोट हालेर जिताउनु। भोलि म आफै दीपकको प्रतिष्पर्धी बनेपनि मलाई भोट नहाल्नु बरु दीपकलाई नै हाल्नु। किनकी यो साह्रै असल छ। युवा पनि छ र यसले भविष्यमा केहि न केहि गर्छ।’  
तर समय सँधै एकनास हुँदैन। अहिले परिस्थिति फेरिएको छ। हिजोको नेकपा फेरी एमाले र माओवादी बनेर पुरानै अवस्थामा फर्किएको छ। त्यहि भएर त हिजोका सारथी अधिकारी र कोईराला एकअर्काका प्रतिष्पर्धी बनेका छन्। तर हिजो कोईरालाका लागि भोट माग्दा दिएको अभिव्यक्ति अधिकारीका लागि अभिसाप बनेको छ। किनकी अघिल्लो पटक आफैले गरेको भाषण अहिले उनलाई निल्नु न ओकल्नु भएको छ।

तर अघिल्लो पटक जोसँग पराजित भए कांग्रेसका सह–महामन्त्री जीवन परियार, अहिले तिनैलाई बोकेर हिंडिरहेका छन। जसकाबिरुद्ध खरो भाषण गर्दै हिंड्थे उनी आज तिनैका लागि भोट मागिरहेका छन्। उनका लागि यो संयोग भनौं वा बाध्यता, माओवादीका कोईरालालाई जिताउने उनी र उनकै पार्टीलाई जिम्मेवारी आईपरेको छ। किनकी हिजोका प्रतिष्पर्धी पार्टी अहिले गठबन्धन बनाएर चुनावमा होमिएका छन्।  त्यसैले त भनिन्छ, ‘राजनीतिमा जे पनि सम्भव छ।’

प्रतिष्पर्धालाई दुबै उम्मेदवारले सहज रुपमा लिएका छन्। त्यसैले त उनीहरु आमनेसामने भएका छन्। अधिकारी प्रदेशको मुख्यमन्त्री बन्ने भन्दै त्यसपछि विकासको मूल फुटाउने जनतालाई बताउने गरेका छन्। २०४८ सालदेखि पटकपटक निर्वाचन लडेका उनले जित र हार दुबैको स्वाद चाखिसकेका छन्। कास्कीबाट केन्द्रमा सिधा पहुँच पु¥याउन सक्ने नेता आफूमात्र भएको बताउने गरेका उनलाई बुढा नेता भएको आरोप लाग्ने गरेको छ।

अर्कोतर्फ कोईराला युवा नेता हुन्। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा रहेर पोखरा रंगशालाभित्र बहुउद्देश्यीय भवन (कभर्ड हल) निर्माण गरेर नेतृत्वले चाहे विकास गर्न सकिन्छ भन्ने उनले प्रमाणित गरिसकेका छन्। तर उनलाई पनि केन्द्रमा सिधा पहुँच पु¥याउन नसक्ने आरोप विपक्षीले लगाउने गरेका छन्।

यो निर्वाचन क्षेत्रमा दुबै पक्षले आफूले जित्ने दाबी गर्दै आएका छन्। स्थानिय तहको निर्वाचनमा गठबन्धन ५ सय मतले अघि छ। कोईराला भने यसपटक फराकिलो मतान्तरले जित्ने दाबी गर्छन्। विपक्षी मात्र होईन आफ्नै पार्टीका फरक विचार राख्नेबिरुद्ध असहिष्णु बन्ने अधिकारीको व्यवहारलाई ईंगित गर्दै कोइरालाले भने, ‘अधिकारीको छुद्र बोली नै मेरो जितको आधार हो।’ तर अधिकारी भने गृह क्षेत्रमा आफू बलियो रहेको बताउँछन्। स्थानिय तहमा देखिएको मतान्तर रुपा गाउँपालिकाबाट पूर्ति हुने उनी निकटकाहरु दाबी गर्छन्।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
३ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस