जुम्लामा माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीले नेकपा एमालेमा समाहित भएको घोषणा गरेको छ।
जुम्लाका नेकपा एमाले अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादीका अध्यक्ष आदिप्रसाद न्यौपानेले ७ बुँदे सहमति गर्दै नेकपा एसको जिल्ला कमिटी एमालेमा विलय भएको घोषणा गरेका हुन्।
एकीकृत समाजवादीका इन्चार्ज देवीलाल थापा,अध्यक्ष आदिप्रसाद न्यौपाने, प्रदेश कमिटी सदस्यहरू र अधिकांश जिल्ला समिति सदस्यहरू नेकपा एमालेमा समाहित भएका हुन्। सामाजवादी निकट कर्मचारी र शिक्षक संगठन पनि एमालेमा एकीकृत भएका छन्।
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष आदिप्रसाद न्यौपानेले एकअर्काको आत्मसम्मान र भावनामा ठेस नपुग्ने गरी साझा उद्देश्य र समझदारीका साथ एमालेको संगठन निर्माणको अभियानमा जुट्ने निर्णयसहित नेकपा एमालेमा समाहित भएको जानकारी दिए।
पछिल्लो समय निर्वाचित जनप्रतिनिधिबाहेक अधिकांश नेता र कार्यकर्ताहरू एमालेमा फर्किएको नेकपा एमाले जुम्लाले जनाएको छ। नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन भएपछि एकीकृत समाजवादीको सबैभन्दा प्रभाव क्षेत्रको रुपमा जुम्लालाई लिइन्थ्यो ।समाजवादीको उच्च तहको नेतृत्वमा रहेका नेता/कार्यकर्ताले विद्रोहको औचित्यमाथि प्रश्न उठाएर पार्टी एकताको बहस चलाएपछि बहुमत कार्यकर्ता एमालेमा फर्किन राजी भएको बताइएको छ।