एमालेबाहेक अरूसँग देश बनाउने भिजन छैन: ओली
२२ कार्तिक २०७९
•
४ मिनेट पाठ
एमालेबाहेक अरूसँग देश बनाउने भिजन छैन: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीबाहेक अन्य कुनै दलसँग देश बनाउने भिजन नभएको बताएका छन्। नेकपा एमाले बाग्लुङले बाग्लुङको बुर्तिबाङ बजारमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै ओलीले एमालेले मात्रै समृद्धि र स्थीरताको बाटोमा देशलाई अगाडि बढाउन सक्ने बताए। ‘एमाले बाहेक कसैसंग पनि देश बनाउने भिजन छैन,’ उनले भने, ‘एमालेलाई देशको ढकुटी रित्याउन सरकार चाहिएको होइन। देशको स्वाभिमान र स्वाधीनताका लागि एमाले सरकार चाहिएको हो। देशको विकास उन्नतिका लागि एमाले सरकार चाहिएको हो।’ देशमा शान्ति अमनचयन कायम गर्न एमाले नेतृत्वको सरकार आवश्यक भएको उनको जिकिर थियो।  




आफू प्रधानमन्त्री भएको बेला नेपाली भूमि फिर्ताका लागि भारतसँग कूटनीतिक प्रयास गरेको भन्दै ओलीले भने, ‘म प्रधानमन्त्री हुँदा हामीले कुटनीतिक नोट पठाएर भूमि फिर्ताको प्रयास थालेका थियौं, अहिलको प्रधानमन्त्रीमा त्यो हुती छैन। चाकडी गर्ने मात्रै हो।’  

परमादेशबाट सरकार बनाएर संविधानको अपव्याख्या गरिएको भन्दै उनले भने, ‘असंवैधानिक ढंगलले अदालतबाट तोक आदेश परमादेशबाट सरकार बनाउनुभयो, संविधानको व्याख्या होईन अपव्याख्या भएको छ, संविधान मिचिएको छ।’  

यस्तै पोखराको चुनावी भेलालाई सम्बोधन गर्दै ओलीले जनताले चुनावमार्फत स्थिरता र अस्थिरतामध्ये एक रोज्नुपर्ने बताए। नेकपा एमाले कास्की जिल्लास्तरीय बृहद् कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले जनताले चुनावमार्फत देशलाई विनास कि विकासतर्फ लैजाने भन्ने निर्णय गर्नुपर्ने बताए। आगामी चुनाव सामान्य नभएको बताउँदै उनले भने, ‘यो निर्वाचन यसअघिका निर्वाचनजस्तो सामान्य निर्वाचन नभई देशको भाग्य कोर्ने निर्वाचन हो। यसले देशको भविष्य कस्तो हुने, देश कता जाने ? देशलाई विकासको बाटोमा लैजाने कि विनासको बाटोमा ? देशलाई स्वाधीन बनाउने कि पराधीन ? देशलाई स्थिरतातर्फ लैजाने कि अस्थिरतातर्फ भन्ने निर्णय गर्ने निर्वाचन हो।’ उनले २०७४ सालको निर्वाचनबाटै देश स्थिरतातर्फ गए पनि केहि देशीविदेशी तत्वका कारण देश पुनः अस्थिरतातर्फ गएको आरोप लगाए। ‘

प्रचण्डका कारण फेरि अस्थिरता निम्तिएको ओलीले आरोप लगाए। ‘हामीले त्यसबेला एउटै घोषणापत्र बनाएका थियौं। एउटै कार्यक्रम दिएका थियौं। ‘म यो वा ऊ भन्दिन। तर केहि तत्वहरूका कारण देश पुनः अस्थिरतातर्फ गयो’–उनले भने। त्यसैले अहिले हुन गईरहेको निर्वाचनमा जनताले स्थिरता, विकास, समृद्धि, स्वाधीनताको पक्षमा मतदान गरेर एमालेलाई जिताउनुपर्ने उनको भनाइ थियो।

ओलीले आफू नेतृत्वको सरकार ढालेर गठबन्धनको नाममा देउवा नेतृत्वका भ्रष्ट र दक्षिणपन्थी सरकार बनेको टिप्पणी गरे। उनले गठबन्धनले लगाएको संविधान मारेको आरोपको खण्डन गरे। संसदीय अभ्यासमा रहेको चेक एण्ड ब्यालेन्सको सिद्धान्त विपरीत परमादेश जारी गरेर उल्टै उनीहरूले नै संविधान मारेको उनको प्रत्यारोप थियो। ‘एउटै पार्टी, एउटै नीति, एउटै घोषणापत्र लागु गर्न जनताले जनादेश दिएका थिए। तर प्रचण्डले जनादेश अस्वीकार गरे। त्यसपछि मैले संसद् विघटन गरेको हुँ। यसले संविधान कहाँ मा¥यो। तर परमादेश जारी गरेर उल्टै संविधान मार्ने काम भएको छ। यसको जवाफ जनताले जनादेशमार्फत दिनुपर्छ।’

ओलीले पाँचदलीय गठबन्धनलाई मिसन र भिजनबिनाको दिशाहीन गठबन्धन भनेर टिप्पणी गरे। पाँच दलका पाँचवटा घोषणा पत्र बनेकोप्रति कटाक्ष गर्दै ओलीले भने, ‘गठबन्धनले जित्यो भने को प्रधानमन्त्री बन्छ ? अनि कुन दलको घोषणा पत्र लागु हुन्छ ? कांग्रेसको, माओवादीको ? कि माकुने (माधवकुमार नेपाल) वा जनमोर्चाको ? यस्तो दिशाहीन, बिचारहीन, कर्मकाण्डी र जनता अल्मल्याउन मात्र ल्याइएको छ। यस्ता घोषणापत्र र पार्टीको भ्रममा परेर कसैले भोट हाल्नु हुँदैन।’

ओलीले विभिन्न सर्वेक्षणका नाममा एमालेलाई कांग्रेसको हाराहारी मात्र देखाएर जनतासामु कमजोर देखाउने प्रयास भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाए। आगामी चुनावमार्फत एमालेले एकल सरकार बनाउने दाबी गर्दै उनले भने, ‘सरकार एमालेको बने पनि अन्य दललाई पनि सहभागी गराउँछौं तर त्यहाँ एमालेको घोषणापत्र कार्यान्वयन गरिन्छ।’

ओलीले कांग्रेस सत्तामा आउने वित्तिकै देशमा अलच्छिन लाग्ने गरेको आरोप लगाए। कांग्रेस सत्तामा आउनेबित्तिकै अलच्छिन किन लाग्छ ? प्रश्न गर्दै उनले अगाडि थपे, ‘यिनीहरू आएपछि सहकाल समाप्त हुन्छ, अनिकाल लाग्छ। पैसा हुँदैन। व्यक्तिसँग मात्रै होइन अहिले त बैंकसँग पनि पैसा छैन। तरलता अभाव छ, ऋण दिने पनि पैसा छैन बैंकसँग। कहाँ जान्छ यिनीहरू आएपछि पैसा ? हामी हुँदा पैसा थियो तर अहिले छैन।’ बिना बजेटको पैसा स्रोत सुनिश्चित भन्दै आफ्नालाई बाँड्दा राज्यको ढुकुटी रित्तिएको उनको आरोप थियो। उनले देशमा छिमेकी राष्ट्रले नाकाबन्दी लगाउँदा नाकाबन्दीसमेत भन्न नसक्ने, कसले नाकाबन्दी लगायोपनि भन्न नसक्ने पार्टी कांग्रेसलाई जिताए देश बर्बाद हुने बताए।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
३ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस