अन्तराष्ट्रिय स्तर मध्येकै उत्कृष्ट निर्वाचन गराउँछौँः आयुक्त भण्डारी
२२ कार्तिक २०७९
•
३ मिनेट पाठ
अन्तराष्ट्रिय स्तर मध्येकै उत्कृष्ट निर्वाचन गराउँछौँः आयुक्त भण्डारी
निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवम् पारदर्शी बनाउन आयोग लागेको बताएका छन्। 




नेपाल कानुन समाजले मंगलबार भरतपुरमा आयोजना गरेको निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका बिषयक कार्यक्रममा बोल्दै भण्डारीले अन्तराष्ट्रिय रुपमै उत्कृष्ट निर्वाचन गराउन लागेको बताएका हुन्।

‘स्वच्छ, निष्पक्ष र पारदर्शीताका हिसाबले नेपालको निर्वाचन अन्तराष्ट्रिय स्तरमै दश नम्बर भित्र पर्दछ,’ उनले भने्, ‘मंसिर ४ गते निर्वाचनलाई अझ प्रभावकारी बनाउन हामी लागेका छौँ।’ यसपटकको निर्वाचन उत्कृष्ट बनाउने उनले दावी गरे। निर्वाचन अनुगमनका भारतका प्रमुख निर्वाचन सहित अन्य मुलुकबाट पर्यवेयक्षकहरु आउने उनले बताए।

निर्वाचन आयोगले स्वच्छ एवम् निष्पक्ष निर्वाचन गराउन सरकारी सवै सम्यन्त्र तयारी अवस्थामा राखेको उनले बताए। निर्वाचन आचारसंहिता २०७९ लाई पूर्ण पालना गराउने प्रतिवद्धता समेत लिए। उनले नीतिनियम बनाउन जाने मान्छेहरुले आचारसंहिता पूर्ण पालना गर्न अनुरोध गरे। निर्वाचन आयोगका कर्मचारीहरु आफ्नो नियममा बस्नुपर्ने धारणा राखे। चितवन निर्वाचनको संवेदशील जिल्ला भएकाले मर्यादित निर्वाचन गराउन निर्वाचन आयोग र सुरक्षा निकाय लागेको बताए।

डडेल्धुरा सागर ढकाललाई चुनावी प्रचार प्रसार गर्न रोक लगाएको समाचारप्रति भण्डारीले त्यहाँका मुख्य निर्वाचन अधिकारीलाई बुझेर निर्वाध रुपमा चुनावी प्रचार प्रसार गर्न दिन निर्देशन दिएको बताए। नियमपूर्वक चुनावी सभासम्मेलन गर्न पाउने उनले बताए।

उनले निर्वाचन पूर्व र पछि आचारसंहिता उल्ङ्गघन गर्नेलाई कारबार्ही गर्ने बताए। खर्च विवरण नबुझाउने व्यक्ति ६ बर्षसम्म चुनावमा सहभागि हुन नपाउने उनको भनाई छ।

प्रधानमन्त्रीको कार्यालयका सचिव धनराज ज्ञवालीले निर्वाचन आचारसंहिता राजनीतिक दल मात्र नभई हरेक नागरिकले पालना गर्नुपर्ने बताए। निर्वाचन आयोग सबैठाउँमा गएर अनुगमन गन नसक्ने बताउँदै ज्ञवालीले नागरिक समाजको पनि सहयोग आवश्यक पर्ने बताए। ‘निर्वाचन आयोगले आचारसंहिता पालना भए नभएको अनुगमन गर्न सक्दैन’, उनले भने, ‘मतदातालाई निर्वाचनसंग सम्बन्धित सही सूचना प्रर्वाह गर्ने, आचारसंहिता पालना सम्बन्धनमा सचेतना बढाउन पर्दछ।’ निर्वाचन आचारसंहिता पालना गर्नुे काम सबै नागरिकको भएको उनले बताए।

चितवन मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले निर्वाचन आचारसंहिताको पालना गराउनका लागि राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीसंग निरन्तर छलफल गरिएको बताएका छन्। चितवनमा यसपटक आचारसंहिताका उजुरी समेत नआएको उनले बताए। आचारसंहिताको पालना उम्मेदवार र राजनीतिक दलहरुको आचारणमा भर पर्ने भएको भन्दै हेल्चक्राई गरे उम्मेदवारी समेत रद्द गर्ने चेतावनी दिएका छन्।

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले स्वतन्त्र, निष्पक्ष निर्वाचन गराउनका लागि आचारसंहिता पूर्ण रुपमा पालना गराउने प्रतिवद्धता जनाए। अघिल्लो स्थानीय तहको निर्वाचनमा चितवन मतपत्र च्यादिएर बदनाम भएको थियो भने,  बैशाखमा भएको निर्वाचनमा चिटमाफर्त मतदाताले मतदान गरेका थिए।

निर्वाचन आयोगकी उपसचिव लक्ष्मी शर्माले निर्वाचन प्रचार प्रसार राजनीतिक परिचालन भएकाले स्रोतको खुलाउन आग्रह गरिन्। उनले प्रतिनिधि सभाका उम्मेद्वारले बढीमा २५ देखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने बताउँदै खर्चको भरपाईसमेत खुलाउनुपर्ने बताईन्। प्रदेश सभाका उम्मेद्वारले बढीमा १५ देखि २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ। खर्च गर्ने पाउने व्यवस्था जनसंख्याका आधारमा गरिएको छ।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
१८ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस