भूमिहीनका लागि सधैँको चुनावी आश्वासन ‘लालपुर्जा’
२४ कार्तिक २०७९
•
३ मिनेट पाठ
भूमिहीनका लागि सधैँको चुनावी आश्वासन ‘लालपुर्जा’
वर्षौदेखि सार्वजनिक र वनको जमिनमा बस्दै आएका यहाँका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि सधैँको चुनावी आश्वासन जग्गा धनी प्रमाण पूर्जा (लालपुर्जा) हुने गरेको छ।  




जिल्लामा रहेका भूमिहिन सधैँ आश्वासनका भरमा मतदान गर्न बाध्य हुँदै आएका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा पनि यस्ता आश्वासन आउने गरेको उनीहरुको गुनासो रहेको छ। लालपुर्जा दिने प्रतिबद्धतासँगै कार्यान्वयन गर्ने व्यक्तिलाई मतदान गर्ने जिल्लाका भूमिहीन एवं अव्यवस्थित बसोबासीले बताएका छन्।

जिल्लामा अहिले जग्गाधनी प्रमाणपुर्जा ९लालपुर्जा०को माग गर्दै ४३ हजार दुई सय ८४ जनाले निवेदन दिएका छन्। उनीहरुले आफूहरुको व्यवस्थित बसोबास गर्ने गरी व्यवस्था गर्ने उम्मेदवार रोज्ने जनाएका छन्। उम्मेदवारहरु मत माग्न आउँदा समस्या समाधानका लागि माग गरिएको नेपाल बसोबास बस्ती संरक्षण समाजका जिल्ला अध्यक्ष छविलाल देवकोटाले बताए। उनका अनुसार सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने सरकारको चाहान उनीहरुमा रहेको छ। उनले भने ‘जसले हामीलाई पुर्जा दिन्छ उसलाई हामी भोट दिन्छौँ।’ अहिलेसम्म जिल्लाका एक सय ७८ जना भूमिहीनले जग्गा प्राप्त गरेको उनले जानकारी दिए।

भरतपुर महानगरपालिका–११ का भूमिहीन होमनाथ अधिकारी अहिले जग्गाको आसमा छन्। उनी सार्वजनिक जग्गामा बसेको ३५ वर्ष भयो। उनले अहिलेसम्म आफ्नो नाममा जग्गा धनी प्रमाण पुर्जा पाउन नसकेको दुःखेसो व्यक्त गरे। उनले भने ‘हामीलाई सधैँ निर्वाचन भोट माग्ने मुद्दा मात्रै बनाइयो।’ भूमिहीनका मुद्दा लिएर निर्वाचन जित्ने तर पछि बेवास्ता गर्ने दल र उनका उम्मेदवारभन्दा काम गर्ने उम्मेदवार रोज्ने उनको भनाइ छ।

माडीको बाँदरझुलामा बस्दै आएका रामबहादुर स्याङ्तान आश्वासनको भारीले थाकेको बताए। उनले भने, ‘आश्वासन मात्रै पाइयो काम हुन सकेन।’ जग्गा धनी प्रमाण पुर्जा दिन्छु भन्ने धेरै आएको गुनासो गर्दै उनले समस्या समाधानका लागि कसैले पनि काम गर्न नसकेको बताए। उनले भने, ‘सुकुम्वासी समस्या दलका नेतालाई मागी खाने भाँडो भएको छ।’

खैरहनी नगरपालिकाका भूमिहीन विक्रम महतोको गुनासो पनि उस्तै छ। ‘अहिले निस्सासम्म पाइएको छ अब के हुने हो थाहा छैन’, उनले भने। जिल्लाका अधिकांश भूमिहीन तथा अव्यवस्थित बसोबासीका समस्या यही रहेको बताउँदै उनले भने, ‘सरकार परिवर्तनसँगै हुने आयोगको परिवर्तनले हाम्रो समस्या समाधान हुन सकेन।’

सरकार परिवर्तनसँगै बन्ने आयोग र आयोगले गरेका कामले पूर्णता नपाउँदा हुने विगठनले समस्याको निकास नपाउने गरेको उनको भनाइ छ।  भरतपुर–११ गणेशस्थान पुगेका क्षेत्र नं २ का सङ्घीय सांसद पदका उम्मेदवार कृष्णभक्त पोख्रेल, उमेश श्रेष्ठ र रवि लामिछानेले सुकुम्बासी समस्या समाधान गर्ने आश्वासन दिएका छन्। उनीहरु सबैको दाबी छ आफ्नो दलले जितेमा जग्गाधनी प्रमाणपूर्जा दिन्छौँं।

भरतपुरका आँपटारी, शारदानगर, गुञ्जनगर र गीतानगर तथा कालिका नगरपालिकाको जुटपानी, रत्ननगर र खैरहनी एवं राप्ती नगरपालिकामा रहेका भूमिहीनको समस्या उस्तै छ। यता माडी नगरपालिकाका बाँदरझुला र देवेन्द्रपुरमा बस्ने भूमिहीनको समस्या पनि एउटै छ। समस्या समाधानको आशमा रहेका भूमिहिन कसलाई मत दिने भन्ने दोधारमा रहेका छन्।

क्षेत्र नम्बर १ मा सुरेन्द्र पाण्डे, डा विश्व पौडेल र हरि ढकाल तथा क्षेत्र नं ३ मा डा भोजराज अधिकारी, विक्रम पाण्डे र दिनेश कोइरालाले अहिले भूमिहीनको समस्या समाधान गर्ने आश्वासन दिँदै मत मागिरहेका छन्। त्यसो त अन्य उम्मेदवारका मुद्दा पनि सुकुम्बासीलाई जग्गा नै रहेको छ। हरेक निर्वाचनमा आश्वासन बाँड्ने तर कार्यान्वयन नहुने हुँदा सुकुम्बासी निरास छन्। ती बस्तीमा भोट प्रभावमा पार्न आर्थिक चलखेल हुने गरेको गुनासोसमेत सुन्ने गरिन्छ।
अर्को समाचार
वन ऐनले रोक्यो सुकुम्बासीको लालपुर्जा वितरण
०२ चैत्र २०७९
•
४ मिनेट पाठ
वन ऐनले रोक्यो सुकुम्बासीको लालपुर्जा वितरण
कोहलपुर नगरपालिकामा आयोगले केही समयअघि जग्गा नापजाँच गर्दै। तस्बिर : नागरिक
कोहलपुर नगरपालिका क्षेत्रका भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अब्यवस्थित बसोबासीलाई ‘लालपुर्जा’ वितरण गर्ने कार्य रोकिएको छ। लालपुर्जा वितरण गर्ने अन्तिम चरणमा आईपुग्दा वन कार्यालयले सहमती नजनाउँदा रोकिएको राष्ट्रिय भुमि आयोग बाँकेका अध्यक्ष सर्वनकुमार यादवले बताए।




उनका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १ मा पुर्जा वितरणका लागि अन्तिम कार्य चलिरहेको थियो।  ‘१५ दिने सूचना निकालेर पनि सकियो, लालपुर्जा वितरणका लागि रोक्न नहुने काम वनले रोक्यो,’ यादवले नागरिकसँग भने ‘हामी भुमि ऐन २०७६(संशोधन) अनुसार लालपुर्जा दिने तयारीमा थियौं, वन कार्यालयले वन ऐन २०७६(संशोधन) अनुसार पुर्जा वितरणमा सहमती जनाएन।’

भुमि ऐन २०७६, राष्ट्रिय भुमी आयोग, कार्यविधि २०७८ मा १० वर्षसम्म भोग चलन गरेको, आमोद कमोद गरेको अवस्थामा लालपुर्जा दिन मिल्ने ब्यवस्था भएपनि वनले नमानेको उनले बताए।

कोहलपुरको वडा नम्बर १ मा पहिलो चरणमा १ सय ५० घरधुरीलाई लालपुर्जा वितरण गर्ने योजना छ। त्यसपछि थप १ हजार २ सय घरधुरीलाई लालपुर्जा वितरण गर्ने आयोगको तयारी छ।

वन कार्यालयले अन्तिम समयमा आएर सहमती नजनाउँदा लालपुर्जा वितरण कार्य अन्यौलमा परेको छ। वनले अरु सबै निर्णयमा सहमती जनाएर अन्तिममा पुर्जा दिने निर्णयमा सहमती नजनाउँदा लालपुर्जा वितरण कार्य स्थगित हुन पुगेको आयोग बाँकेका विज्ञ सदस्य अशोक पोख्रेलले बताए। ‘वनको यस्तो समस्या अब बाँकेका अन्य स्थानीय तहमा पनि आउने देखिन्छ, यसका लागि सरकारले नीतिगत रुपमा निर्णय गर्न जरुरी छ,’ उनले भने।

कोहलपुरको वडा नम्बर १ मा सबै प्रक्रिया सम्पन्न गरेर लालपुर्जा मात्र वितरण गर्ने आयोगको तयारी छ। यस्तै वडा नम्बर २ मा रुजु गर्न बाँकी छ। यसैगरी वडा नम्बर १० र १२ मा जग्गा नापजाँच कार्य चलिरहेको छ, भने ५ र ८ मा नापी गर्ने तयारी भइरहेको छ।

त्यस्तै वडा नम्बर ३, ९, ११, १३, १४ र १५ मा नापजाँच अगाडी बढाउने प्रक्रिया पुरा भइसकेको बताइएको छ। तर, वन ऐनमा यि उक्त वडाका सरकारी ऐलानी जग्गाको वर्गिकरण ‘वन क्षेत्रको जग्गा’ उल्लेख छ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले केही वडाको काम अन्तिम चरणमा पुगेको अवस्थामा वन ऐनका कारण लालपुर्जा वितरणको काम रोकिएको बताए। ‘आयोगले लालपुर्जा वितरण प्रक्रियामा वन कार्यालयको प्रतिनिधित्व हुन्छ, वन मन्त्रालयको कारणले गर्दा लालपुर्जा वितरणको काम रोकियो,’ उनले भने ‘प्रदेशको वनमन्त्रीसम्म पनि सहजीकरणका लागि हामीले कुरा पुर्याएका छौं, कतै वन ऐन र भुमि ऐन बाँझिएको भन्ने पनि छ।’ 

आफूहरुको तर्फबाट सबै तयारी पुरा हुँदा वनबाट सहमती नहुँदा रोकिएको बताए। उनका अनुसार कोहलपुर नगरपालिका भित्र  मात्रै भुमिहिन सुकुम्बासी, दलित सुकुम्बासी र अब्यवस्थित बसोबासीका १६ हजार भन्दा बढी फाईल दर्ता भएका छन्। कोहलपुरमा मात्रै १६ हजार भन्दा बढी फाईल छन्।

कोहलपुर–१२ का वडाअध्यक्ष समेत रहेका नगर कार्यपालिका सदस्य बिरेन्द्रकुमार शाहले लालपुर्जा बितरणको काम दु्रत गतिमा अगाडी बढिरहेका बेला वन ऐनका कारण अचानक रोकिन पुगेको बताए। नगरपालिकाको तर्फबाट सहजीकरण गर्न खटिएका उनले भने, ‘पुर्जा वितरणको काम रोकिएपनि नापजाँचको काम चलिरहेको छ, एक वर्षभित्रमा कोहलपुर नगरपालिका क्षेत्रमा पुर्जा वितरणको काम सक्ने हाम्रो लक्ष्य छ।’ लालपुर्जा वितरणमा उत्पन्न समस्या समाधान गर्नका लागि सर्बदलिय र सर्बपक्षिय बैठक बोलाउने तयारी भएको जानकारी दिए।

वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले वन ऐन र भुमि ऐन बाँझिदा समस्या आएको बताए। ‘वन क्षेत्रमा बसोबास गर्नेलाई अतिक्रमित क्षेत्र भन्ने छ, वन क्षेत्रको जग्गालाई कसैले दर्ता गर्न पाउँदैन, दर्ता भएको खण्डमा स्वत: बदर हुन्छ,’ कर्णले भने ‘पुरानो भएपनि नयाँ भएपनि त्यो अतिक्रमण नै हो, नापजाँच गर्नलाई वन ऐनले रोकेको छ।’ यो समस्या बाँके जिल्लाको मात्र नभएर समग्र देशकै भएको उनी बताउँछन्। उनले थपे, ‘भुमी आयोगबाट लेखेर पठाएको छ, ऐन बाँझिएर भएको हो, यो समस्या समाधानका निम्ति नीतिगत रुपमा सम्बोधन हुनुपर्यो, वन ऐनमै संशोधन भएर आउनु पर्यो।’

आयोग बाँकेका अध्यक्ष यादव सर्बदलिय र सर्बपक्षिय बैठकबाट निकास निकाल्न प्रयास गरिने बताउँछन्। ‘सर्बदलिय र सर्बपक्षिय बैठकबाट समस्या समाधानको निकास खोज्ने प्रयास गर्छौ, यदी निकास निकाल्न सकिएन भने भुमि ऐन अनुसार अगाडी बढ्छौं, किनकी वन ऐनभन्दा भुमी ऐन पछाडी आएको हो।’

आयोग बाँकेले बाँकेका अन्य स्थानीय तहमा पनि काम थालेको जनाएको छ। बाँकेका कुल ८ वटा स्थानीय तह मध्ये डुडुवा गाउँपालिकाले भने आयोगसँग सम्झौता नगरेको विज्ञ सदस्य पोख्रेलले बताए। ‘आयोगसँग सम्झौता गरेका सबै स्थानीय तहमा इन्ट्रीको काम सम्पन्न भइसकेको छ,’ उनले भने।  
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस