राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टचार गर्ने पार्टी र भ्रष्टचारीहरुमाथि डोजर चलाउन मन भएको बताएका छन्।
राप्रपा सुनसरी निर्वाचन क्षेत्र नं १ को आयोजनमा बिहिबार धरानको भानुचोकमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै लिङ्देनले यस्तो बताएका हुन्। उनले आफु एक रुपैया पनि भ्रष्टचार नगर्ने प्रतिवद्धतामा अडिग रहेको र व्यवहारमा नै उतारेको दाबी गर्दै भ्रष्टचार गर्नेहरुमाथि डोजर चलाउन मन भएको बताए। नेपालका ठुला भनिएको पार्टी कांग्रेस र कम्युनिष्टहरु झगडा गरिरहे पनि खानेबेला भने एकजुट हुने गरेको पनि उनले बताए।
अध्यक्ष लिङ्देनले तीन दशकसम्म कांग्रेस र कम्युनिष्टलाई जिताइरहे पनि धरानको काकाकुल अवस्थामा परिवर्तन आउन नसकेको भन्दै यसपाली राप्रपालाई जिताउन पनि आह्वान गरे। गएको स्थानीय चुनावमा हर्क साम्पाङलाई सुटुक्क भोट दिएर जिताए जस्तै यसपाली हलोमा भोट दिएर जिताउन र कांग्रेस, कम्युनिष्टका नेताहरुलाई सुध्रिने मौका दिन उनले आग्रह गरे। ‘तपाईहरुलाई पानीको पनि व्यवस्था गर्न नसक्ने पार्टीहरुलाई कति बोकेर हिड्नुहुन्छ ? ’उनले भने, ‘खुलेर आउने आँट भएन भने कांग्रेस र कम्युनिष्ट नै भइरहनुस। जसरी नभनिकन, कुनै जुलुसमा ननिस्किकन गन्ने बेला मात्र ठुला दलहरुले थाह पाउने गरि हर्क सम्पाङलाई जिताउनुभयो, त्यसरी नै यसपाली राप्रपालाई जिताइदिनुस्। भोट हलोमा हालिदिनुस्, गन्दा मात्र थाह पाओस्।’
लिङ्देनले आफ्ना नेताहरुलाई सुधार्न अब मंसिर ४ गते सुनौलो मौका भएकोले कांग्रेस, कम्युनिष्ट कार्यकर्ताहरुले विचार पुर्याउन पनि आग्रह गरे। उनले भने,‘मंसिर ४ गते तपाईहरुको नेतालाई सुधार्ने मौका हो। जब उनीहरुको बाकस खाली हुन्छ तब मात्र थाह पाउछन् कि जनता बाठो भइसकेछन्। अनि उनीहरुको २ वटा विकल्प हुन्छ, कि राजनीति छोड्ने कि सुघ्रिएर अगाडि बढ्ने। दुवै विकल्प देशको हितमा हुन्छ।’