पौडेललाई चुनौती बन्दै राजधानी मुद्दा
२६ कार्तिक २०७९
•
६ मिनेट पाठ
पौडेललाई चुनौती बन्दै राजधानी मुद्दा
रूपन्देही निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का राजु गुरुङको उम्मेदवारी रद्द भएपछि एमालेसमर्थकले निर्वाचनअघि नै आफ्नो ‘खाता खुलेको’ भन्दै खुसीयाली व्यक्त गरे। यो क्षेत्रमा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल उम्मेदवार छन्।




चेक बाउन्स प्रकरणमा कालो सूचीमा रहेकाले गुरुङको उम्मेदवारीमाथि दाबी विरोध परेको थियो। सोहीअनुसार निर्वाचन आयोगले उनको उम्मेदवारी रद्द गरेको थियो; जसलाई सर्वोच्चले समेत सदर गरिसकेको छ।

यसरी सत्ता गठबन्धन उम्मेदवारविहीन बन्दा देशभरका एमालेका नेता–कार्यकर्ताले खुसीयाली मनाएका थिए तर सत्ता गठबन्धन उम्मेदवारविहीन बसेन। राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशवबहादुर थापाले यही क्षेत्रबाट उम्मेदवारी दिएका थिए। गठबन्धनले उनैलाई सहयोग गर्ने निर्णय लियो।

सत्ता गठबन्धनले थापालाई समर्थन गरे पनि एमालेले उनलाई अझै प्रतिस्पर्धी देखिरहेको छैन तर आन्तरिक रूपमा भने ऊ डराइरहेको स्थिति छ। डरका कारण थापाको बलियो जनमतभन्दा बढी पौडेलकै विगतका अभिव्यक्ति र आश्वासन चुनौती बनेका छन्। त्यसमा प्रदेश स्थायी राजधानीको मुद्दा पेचिलो बनेको छ।

२०७४ को निर्वाचनभर पौडेलले ५ नम्बर प्रदेशको राजधानी बुटवल आफूले मात्र बनाउन सक्ने भन्दै मत मागेका थिए। यो निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाका १९ मध्ये १३ वडा, बुटवलसँगै जोडिएका तिलोत्तमा नगरपालिकाका ६ वडा र सैनामैना गाउँपालिकाका ४ वटा वडा समावेश छन्। यहीकारण उतिबेला बुटवल राजधानीको विषय निकै ‘बिकाउ’ थियो। यही कुरालाई फाइदा उठाउन पौडेलले राजधानीका लागि ‘अति उत्तेजक’ भाषणसमेत गरेका थिए। त्यही भाषणमध्येको एक क्लिपलाई सत्ता गठबन्धनले उत्खनन गरेर भाइरल पारिरहेको छ।

उक्त भिडिओ क्लिपमा पौडेलले भनेका छन्, ‘रूपन्देहीका जनता चाहन्छन्। यो बुटवल, यो रूपन्देही ५ नं. प्रदेशको राजधानी बन्नुपर्दछ। कांग्रेस के भन्छ ? माओवादी के भन्छ ? कांग्रेसले भन्छ– हामी बुटवलको राजधानी बन्न दिँदैनौं। गठबन्धनको सरकारले उच्च अदालत बुटवलमा राख्न दिएनन्; जसले उच्च अदालत बुटवलमा राजधानी बन्न दिएन, उसले बुटवलमा राजधानी दिन्छ ? दिँदैन। म तपाईंहरूलाई भन्न चाहन्छु– नेकपा एमालेले आफ्नो पार्टीको प्रदेश कमिटीको कार्यालय बुटवलमा राखेको छ। तपाईं नेपाली कांग्रेस प्रदेश कमिटीको कार्यालय बुटवलमा देख्नुहुन्छ ? देख्नुहुन्न। माओवादीको प्रदेश कार्यालय बुटवलमा देख्नुहुन्छ ? देख्नुहुन्न। जसले आफ्नो प्रदेशको कार्यालय बुटवलमा स्थापना गर्दैन, त्यसले बुटवललाई प्रदेशको राजधानी बन्न दिन्छ ? दिँदैन। तर हामी भन्न चाहन्छौं– बुटवल प्रदेशको राजधानी बन्ने छ, हामी बनाएरै छाड्ने छौं।’

यसरी मत मागेका पौडेल कांग्रेसका युवराज गिरीसँग फराकिलो मतान्तरले विजयी भएका थिए तर संविधानअनुसार लुम्बिनी प्रदेशको राजधानी घोषणाका बेला उनको केही लागेन। मुख्यमन्त्रीसमेत रहेका उनकै पार्टीका नेता शंकर पोखरेलको बलमा राजधानी दाङको भालुवाङ तोकियो।

बरु राजधानी तोकिएको केही समयमै पौडेल दोस्रोपटक अर्थमन्त्री नियुक्त भए। सोही कारण उनीमाथि ‘अर्थमन्त्री पदसँग राजधानी साटेको’ आरोप लागिरहेको छ। यहीकारण बाहिर सहज देखिए पनि राजधानी मुद्दाकै कारण आन्तरिक रूपमा पौडेललाई निकै चुनौती देखिएको छ।

राजधानीकै सवालमा एमालेले उठाएका प्रदेशसभाका उम्मेदवारहरूकै कारण पनि पौडेललाई थप चुनौती छ। प्रदेशसभा ‘क’ निर्वाचन क्षेत्रमा लीला गिरीलाई एमालेले उठाएको छ। उनी प्रदेशसभाले राजधानी तोक्दा पर्यटनमन्त्री थिए। यहीकारण उनलाई प्रस्तावक बसेको आरोप छ। उता प्रदेशसभा ‘ख’ मा भोजप्रसाद श्रेष्ठलाई उम्मेदवार उठाएको छ। उनी पनि राजधानी घोषणा गर्दा मतदान गरेको भन्दै आरोपित छन्।

सुकुम्बासीमा आक्रोश

राजधानीबाहेक अर्को पेचिलो मुद्दा सुकुम्बासी समस्या पौडेलका अगाडि तेर्सिएको छ। अघिल्लो निर्वाचनमा उनले आफ्नो निर्वाचन क्षेत्रभित्र रहेका सुकुम्बासीलाई तत्कालै लालपुर्जा उपलब्ध गराउने आश्वासन दिएका थिए।

यही निर्वाचन क्षेत्र भएर बग्ने तिनाउ खोलाआसपासको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका क्षेत्रमा झन्डै चार सयभन्दा बढी परिवार सुकुम्बासी छन्। उनीहरूको मुख्य माग नै लालपुर्जा हो। यही समस्यासँग जानकार पौडेलले ‘निर्वाचनपछि सबै सुकुम्बासीले सिरानीमा लालपुर्जा राखेर सुत्न पाइने’ भन्दै आश्वासन दिएका थिए। त्यही आश्वासन पाएका सुकुम्बासीले धमाधम उनैलाई भोट हाले।

तर सुकुम्बासी समस्या समाधान अहिलेसम्म भएको छैन्, बरु बुटवलमै बन्ने भनिएको मोतीपुर औद्योगिक क्षेत्रका लागि सुकुम्बासीलाई त्यहाँबाट हटाउने गरी योजना अगाडि बढाइएको छ। यस्तै तिनाउ करिडोर निर्माणका लागि पनि केही सुकुम्बासीका घर मासिने अवस्था छ।

‘अघिल्लो चुनावमा अब लालपुर्जा सिरानीमा हालेर सुत्न पाइन्छ भनेर भोट माग्नुभएको थियो’, बुटवल नगरपालिका– १७ रानीगञ्जकी सुकुम्बासी सविता मल्लाले भनिन्, ‘अहिलेसम्म न लालपुर्जा आयो न मान्छे ! बरु हामी नै यहाँबाट विस्थापित हुनुपर्ने हल्ला छ। अब भोट दिउँला र ?’

सोही ठाउँकी रमा कुमालको परिवारले दुई वर्षअघि मात्रै मजदुरी गरेको कमाइले सानो घर बनाएका छन्। लालपुर्जाकै लागि अघिल्लोपटक मतदान गरेको उनको परिवारकहाँ अहिलेसम्म लालपुर्जा दिने मान्छे आएका छैनन्। ‘लालपुर्जा दिनेभन्दा घर हटाउन भन्ने सरकारी मान्छे आए’, उनले दुखेसो गरिन्, ‘अब उसैलाई कसरी भोट हाल्ने ?’

यस निर्वाचन क्षेत्रमा सबैभन्दा तरल मत यही सकुम्बासी बस्तीलाई मानिन्छ। यहाँ लालपुर्जाको आश्वासनले अघिल्लो पटक मत बटुलेका पौडेलका लागि अहिलेको चुनाव कठिन देखिएको छ।

यसबाहेक पौडेललाई पुराना आश्वासन पूरा नगरेको आरोपले पनि लखेटिरहेको छ। झुम्सा खानेपानी आयोजना, बुुटवल–बेलहिया ६ लेन सडक, पुरानो बटौलीलाई रात्रिकालीन बजार बनाउने, सिद्धबाबा सडकलाई सुरक्षित बनाउनेलगायतका आश्वासन पूरा नगरेको भन्दै विपक्षीले आरोप लगाइरहेको छ। यसबाहेक बालुवाटार जग्गा प्रकरणलाई पनि विपक्षीले उठाइरहेका छन्।

के होला सत्ता गठबन्धनको मत ?

गएको स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार यहाँ सत्ता गठबन्धनको मत एमालेभन्दा अघि छ। यहाँ बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगपालिका र सैनामैना नगरपालिकाको भूगोल पर्छ। यी तीनवटै तहको नेतृत्वमा कांग्रेसले जितेको छ।

वडाध्यक्ष मतअनुसार यहाँ सत्ता गठबन्धनका दलहरूमा कांग्रेसको ३४ हजार ९ सय ५०, माओवादी केन्द्रको तीन हजार १ सय ८८ मत, नेकपा एसको १ हजार ३ सय ८२ मत गरी जम्मा ३९ हजार ५२९ मत छ। यहाँ उम्मेदवार थापाको पनि स्थानीय जनाधार रहेको मानिन्छ।

यस्तै एमालेको ३३ हजार १ सय ८७ मत छ। एमालेलाई यो क्षेत्रमा राप्रपा र जसपाले समर्थन गरिरहेका छन्। यहाँ राप्रपाको तीन हजार ९२० र जसपाको १८३ मत छ। यसरी यो गठबन्धनको ३७ हजार २९० मत मात्रै हुन्छ।

सत्ता गठबन्धनका ठूला दलका आफ्नै उम्मेदवार नरहेकाले मत ‘सुरक्षित’ नहुने एमालेको दाबी छ। ‘कांग्रेसले त स्थानीय वस्तुस्थिति बुझेरै उम्मेदवारी नदिएको हो। माओवादी केन्द्र र नेकपा एसको त जनमत नै छैन’, एमाले उम्मेदवार पौडेलका सहयोगी यम पाण्डेले भने, ‘राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्नेलाई नै यो क्षेत्रले जिताउँछ। प्रतिस्पर्धा नै हुन्न।’ उनी एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष पनि हुन्।

राजधानी मुद्दा, विकासमा ढिलासुस्ती, सुकुम्बासी समस्या भन्ने कुरा विपक्षीले उठाएका राजनीतिक प्रचारबाजी मात्रै रहेको पाण्डेले बताए। ‘सबै कुरा जनताले बुझेका छन्, चुनावबाटै प्रस्टीकरण आइहाल्छ’, उनले भने।

उता कांग्रेसका क्षेत्रीय सभापति परशुराम ढकालले जनतालाई बारम्बार धोका भएकाले यसपटक गठबन्धनलाई धमाधम भोट हाल्ने दाबी गरे। ‘हर कुरामा छलछाम, झुट तथा भ्रम मात्रै छर्नेविरुद्ध जनता सचेत भइसके’, उनले भने, ‘यसैले यसपटक यहाँ गठबन्धन सजिलै जित्छ।’

पौडेलले यही निर्वाचन क्षेत्रबाट लगातार तीन चुनाव जितिसकेका छन्। ०६४ र ०७० को संविधानसभा निर्वाचन र ०७४ को प्रतिनिधिसभा निर्वाचन जितेका थिए। ०७० मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि पौडेलसँग हारेका थिए। यसबाहेक बुटवल उपमहानगरपालिकामा पनि लगातार पौडेलनिकट नेताकै दबदबा रहँदै आएको थियो।

गएको स्थानीय तह निर्वाचनमा भने सत्ता गठबन्धनले जितेको छ। यसबाहेक आफ्ना पुराना आश्वासन पूरा गर्न नसक्दा पौडेलका लागि अहिलेको चुनाव भने फलामको च्युरासरह रहेको विश्लेषण हुने गरेको छ।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
१९ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस