काठमाडौं, फागुन ६ (नागरिक)- सय दिनमात्र बाँकी रहेको संविधान निर्माणमा सक्रिय हुन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले जिम्मेवारी रहेका सभासद्हरूको विदेश भ्रमणमा रोक लगाएका छन्।
नेम्बाङले यही फागुन ७ गते अष्ट्रेलिया जान लागेको सर्वदलीय सभासद् टोलीको भ्रमण स्थगित गर्न सचिवालयका कार्यबाहक महासचिवमार्फत बुधबार आदेश दिएका छन्।
अष्ट्रेलिया सरकारले नेपाल-अष्ट्रेलिया दौत्य सम्बन्ध स्थापनाको स्वर्ण महोत्सव उपलक्ष्यमा संसदीय टोलीलाई पाँच दिने अष्ट्रेलिया भ्रमणको निमन्त्रणा गरेको थियो। आफ्नै नाममा आएको निमन्त्रणा भने नेम्बाङले केही महिना पहिल्यै 'संविधान निर्माणको चापका कारण' अस्विकार गरेका थिए।
भ्रमण टोलीमा प्रतिवेदन अध्ययन समितिका संयोजक एमालेका अग्नी खरेल, माओवादीका अग्नी सापकोटा, कांग्रेसकी निर्मला प्रसाईं, चुरे भावरका केशवप्रसाद मैनाली र नेपाली जनता दलकी गायत्री साह थिए। टोलीमा सचिवालयका दुईजना कर्मचारी पनि थिए।
'भ्रमणमा जानैपर्ने थियो तर प्रारम्भिक मस्यौदा निर्देशन र सुझाबसहित पारित गरी संविधानसभामा पठाउनुपर्ने कामका कारण अष्ट्रेलियाली दुताबासलाई भनेर सभासद्हरूको भ्रमण अहिलेलाई स्थगित गरिएको हो,' नेम्बाङले नागरिकसँग भने।
उक्त टोलीको भ्रमण गत मंसिर दोस्रो साता बजेट पारित गर्ने कार्यसूचिका कारण स्थगित भएको थियो। खरेलले भने, 'मैले आफ्नै समितिको बैठक यही फागुन ९ गतेका लागि बोलाइसकेको थिएँ, त्यसकारण जान सम्भव भएन।'
विषयगत समितिका प्रतिवेदनहरूमा रहेका मतभेद केलाएर संविधानसभामा पेस गर्ने जिम्मा यही समितिको हो। सविधानसभाले अहिलेसम्म एउटामात्र मस्यौदा निर्देशन र सुझावसहित पारित गरी संवैधानिक समितिलाई पठाएको छ। आर्थिक अधिकार तथा राजश्व बाँडफाँड समितिको प्रतिववेदन हो। फागुन २१ गतेभित्र संविधानसभाले सबै समितिका प्रतिवेदन सुझाव र निर्देशनसहित पारित गरी संवैधानि समितिमा पठाइसक्नुपर्छ।
खरेल संयोजकत्वमा संविधानसभाले गठन गरेको समितिले सबै समितिका प्रतिवेदनमा रहेका भिन्नता पहिल्याएर सभामुखलाई बुझाउने गर्छ।