काठमाडौं क्षेत्र नम्बर ७ प्रदेश ‘ख’ बाट नेपाली काँग्रेस उम्मेदवार सविन तामाङले बहुदलिय व्यवस्थामा दलहरुको विकल्प नरहेको भन्दै दलभित्रबाटै राम्रा मान्छे खोज्नु पर्ने बताए।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका तामाङले भने, ‘मैले पनि प्रदेशकै हितको लागि दलबाट उम्मेदवारी दिएको छु। इमान्दारीका साथ काम गर्ने हो भने अगाडी बढ्न कसैले रोक्न सक्दैन।’ यस पटक आफ्नो क्षेत्रमा गठबन्धनले यूवाहरुलाई नै प्राथमिकता दिएर उम्मेदवार बनाएको बताउँदै उनले विस्तारै सबै कुरा सुधार हुँदै जाने उनले सुनाए।
दलहरुबाट हामी आएपनि पुराना गल्तीहरुलाई नदोहोर्याउने उनले बताए। ‘जनताले मात्र हैन, हामी आफैले पनि परिवर्तन खोजिरहेका छौ,’ उनले भने, ‘हामीले दलभित्रै पनि राम्राकुराको वकालत गरेको मतदाताले बुझेका हुनाले हामी आशावादी छौ।’ काठमाडौं ७ मा सत्ता गठबन्धनबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमीकी छोरी मानुषी चुनावी प्रतिस्पर्धा छिन्।
मानुषीको प्रवेसले त्यसक्षेत्र चर्चामा भने एमाले नेता एवं निवर्तमान संसद रामवीर मानन्धरको विद्रोहले पनि अझ धेरै चर्चामा ल्याएको छ। रामवीर, मानुषीसँगै नेकपा एमालेबाट श्यामप्रसाद घिमिरे, बुद्धिमान लामा, किरण केसी आकर्षण पोखरेलसहित त्यहाँ चुनावी प्रतिस्पर्धा छन्।
वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतलाई आधार बनाउने हो भने काँग्रेस सबैभन्दा ठूलो दल हो। उसले १४ हजार १६७ मत पाउँदा एमालेले १२ हजार २०२ मत ल्याएको थियो। एकीकृत समाजवादीले भने ३ हजार ८३९ मत पाएको थियो। स्वतन्त्रले २ हजार २०६, राप्रपाले २ हजार २७, माओवादी केन्द्रले ५७६ र जसपाले १६२ मत मात्र पाएका थिए।