काठमाडौं–७ का चुनावी ‘आकर्षण’
३० कार्तिक २०७९
•
३ मिनेट पाठ
काठमाडौं–७ का चुनावी ‘आकर्षण’
काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ७ मा वाम लोकतन्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की मानुषी यमी भट्टराई र नेकपा एमालेबाट श्यामकुमार घिमिरे मुख्य प्रतिस्पर्धी देखिए पनि अन्य उम्मेदवार पनि उत्तिकै सशक्त देखिएका छन्।




स्वतन्त्र उम्मेदवारको रूपमा उठेका एमालेका पूर्व सांसद रामवीर मानन्धरका कारण एमालेका श्याम घिमिरे संकटमा छन् भने जनता समाजवादी पार्टीबाट उठेका राजेन्द्र श्रेष्ठका कारण मानुषीको अवस्था सहज नदेखिएको जानकार बताउँछन्।

‘एकैखाले भोट पाउने उम्मेदवारहरू फरक पार्टीबाट उठेका कारण यहाँको चुनावी माहोल खिचडी जस्तो देखिन्छ,’ काठमाडाैं नरदेवीका सुमन ताम्राकार भन्छन्, ‘विगतका चुनावभन्दा यसपटकका चुनाव बुझिनसक्नु देखिएको छ।’

जनता अन्योलमा देखिए पनि घर दैलोमा व्यस्त उम्मेदवार आफूहरू विजयी हुनेमा ढुक्क रहेको सुनाउँछन्। ‘जनताले हामीलाई माया गरेको पायाैं,’ मानुषी भन्छिन्, ‘हाम्रो जितको बाटामो बढेका छौ।’ उनको जस्तै धारणा राख्छन् एमालेका उम्मेदवार श्याम घिमिरे पनि। एमालेको संगठित भोट र सर्वसाधारणको मायाँे आफू जित्ने उनी सुनाउँछन्। ‘मुलुकलाई माया गर्नेले एमालेलाई माया गर्ने छ,’ उनी भन्छन्, ‘ यही मायाले हामीलाई विजयी बनाउने छ।’

त्यस्तै यो क्षेत्रबाट गठबन्धनबाट प्रदेशसभा (क) मा नेकपा (एकीकृत समाजवादी)का वसन्त मानन्धर र प्रदेशसभा (ख) मा कांग्रेसका सविन तामाङ उम्मेदवार रहेका छन्।

गठबन्धनमा रहेका दललाई प्रदेश सभा सदष्यका उम्मेदवारका कारण केही सहज देखिएको कतिपयको बुझाई छ। ‘युवामाझ लोकप्रिय सविन तामाङका कारणपनि मानुषीले पनि बढी भोट पाउने देखिन्छ, ‘नागार्जुन नगरपालिकाका दीपक सिंखडा भन्छन्, ‘सामाजिक काममा सधैं सक्रिय रहेका तामाङ कुनै विशेष पार्टीभन्दा पनि जनतामाझ प्रिय छन्।’ नेपाली कांग्रेसका युवा नेता सविन प्रदेश ७ ‘ख’ का उम्मेदवार हुन्।

झट्ट हेर्दा बामलोकतान्त्रीक गठबन्धन र एमालेबीच प्रतिस्पर्धा देखिए पनि जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठले पाउने मत पनि उत्तिकै चासोका साथ हेरिएको छ। लामो सयमसम्म वामपन्थी आन्दोलनमा सक्रिय रहेका श्रेष्ठ समाजवादी पार्टीमा लागे पनि ‘लोकल वामपन्थी’ भोट तान्ने कतिपयको बुझाई छ।

क्षेत्र नम्बर ७ मा प्रदेशसभा (क) अन्तर्गत काठमाडौं महानगरपालिकाका वडा नम्बरहरू १६, १७, १८, २५ र प्रदेशसभा (ख) अन्तर्गत नागार्जुन नगरपालिकाका १, २, ३ नम्बर वडाहरू र तारेकेश्वर नगरपालिकाको वडाहरू ३, ४ र ५ रहेका छन्।

यहाँ क्षेत्रबाट विभिन्न राजनीतिक दलका १६ र स्वतन्त्र १६ गती २९ उम्मेदवार प्रतिनिधिसभा सदस्यका लगि उम्मेदवार रहेका छन्। दलप्रतिको वितृष्णाले स्वतन्त्र उम्मेदवार पनि मजबुत देखिएका हुन्।

स्वतन्त्र उम्मेदवार मध्ये पनि आकर्षण पोखरेलको अवस्था भने केही मजबुत देखिएको स्थानीय सुनाउँछन्। ‘उनी पार्टीलाई गालि गर्ने भन्दा पनि मतदाता समक्ष आफ्नो योजना प्रष्ट सुनाउने गर्छन्,’ काभ्रेस्थलीका महेश अर्याल भन्छन्, ‘कृषि र पर्यटनको क्षेत्रमा उनले सुनाएका कुराले मन छोएको छ।’

लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध रहेका इन्जिनियर आकर्षण पोखरेल दललाई गाली गर्नुभन्दा चुनावमा उठेर मुलुकका विकास गर्नु निको लागेको सुनाउँछन्। ‘मैले सरकारी नियकासँग पनि मिलेर काम गरँे,’ उनी भन्छन्, ‘नेतृत्वमा रहेका मान्छेले के गर्ने के नगर्ने मेसो नपाउँदा समस्या परेको देखेँ।’

राज्यले चाहे पर्यटन मार्फत मुलुकलाई समृद्धिको बाटोमा डो¥याउन सक्ने उनले सुनाए। त्यस्तै कृषीलाई आधुनिकीकरण गरेर व्यापार घाटा कम गर्न सक्ने उनको बुझाइ छ। ‘किसानलाई मल बिउ दिएर उत्पादन गरेको किन्ने जिम्मा राज्यले लिनुप¥यो,’ उनी थप्छन्, ‘राज्य जिम्मेवार भए किसानका खेत बाँझो रहँदैन।’
अर्को समाचार
काठमाडौँ,भक्तपुर र ललितपुरमा मतगणना सुरु
०५ मंसिर २०७९
•
४ मिनेट पाठ
काठमाडौँ,भक्तपुर र ललितपुरमा मतगणना सुरु
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुरमा मतगणना सुरु भएको छ। भक्तपुर क्षेत्र नं २ को मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिक केन्द्रमा आज राति १ बजेर ५० मिनेटदेखि मतगणना सुरु भएको हो।  




आइतबार राति १० बजेसम्म विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी ल्याइएको थियो। त्यसलगत्तैको सर्वदलीय बैठकपछि मतगणना शुरु भएको हो। निर्वाचनमा भक्तपुरमा कूल एकलाख ९४ हजार चार सय ३९ जना मतदाता रहेकोमा एक लाख ३९ हजार नौ सय ३८ अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए।  

जसमा क्षेत्र नं १ मा एक लाख दुई हजार पाँच सय २८ मतदाता रहेकोमा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको र क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ मतदाता रहेकोमा ६५ हजार नौ सय १९ मत अर्थात् ७१ दशमलव ७२ प्रतिशत मत खसेको उनले जानकारी दिए।  

भक्तपुर क्षेत्र नं २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएको नेपाली कांग्रेसका सभापति दुर्लभ थापा र नेकपा ९एमाले०कातर्फबाट एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतबीच कडा प्रतिस्पर्धा रहेको छ।  

भक्तपुर क्षेत्र नं १ को आज बिहान ७ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ। कार्यालयका प्रमुख न्यौपानेका अनुसार आइतबार साँझ बसेको सर्वदलीय बैठकमा आज मतगणना सुरु गर्ने सहमति भएको जानकारी दिए। चाँगुनारायण नगरपालिका खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा त्यस क्षेत्रका मतपेटिका राति ११ बजेसम्म ल्याएर कर्मचारीबाट बुझाई रुजु गर्ने काम सम्मपन्न भएको थियो।  

निर्वाचन क्षेत्र नं १ मा भक्तपुर र चाँगुनारायण तथा क्षेत्र नं २ मा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका रहेका छन्। प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा १० वटालाई अपाङ्गतामैत्री मतदान केन्द्रसहित दुई सय २२ वटा मतदान केन्द्रबाट मतदान गरिएको थियो। कर्मचारीको लागि समानुपातिकतर्फको मात्रै मतदान गर्ने गरी भक्तपुरमा एउटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको थियो।  

भक्तपुरका सबै मतदान केन्द्रमा शान्ति पूर्णरुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।

ललितपुर ३ मा मतगणना सुरु

ललितपुर निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालय रहेको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना थालनी गरिएको हो।  

ललितपुर महानगरपालिका वडा नं २०, २१ र २२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए। मतगणनालाई तीव्र बनाउन चार स्थानमा गणना गर्ने तयारी गरिएको छ। अहिले एक ठाउँबाट मात्र गणना शुरु गरिएको छ।  

सो क्षेत्रमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का पम्फा भुसाल, नेकपा (एमाले)का अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीको डा तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा छन्।  

काठमाडौँका १० वटै क्षेत्रमा बिहानदेखि मतगणना

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ। काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ।  

काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए। काठमाडौँ क्षेत्र नं १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा मावि, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवन र क्षेत्र नं ५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा हुनेछ। 

निर्वाचन क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थली, क्षेत्र नं ७ को बालाजुस्थित जुडो हल, क्षेत्र नं ८ को स्वयम्भूस्थित गीतामाता विद्यालय, क्षेत्र नं ९ को रविभवनस्थित न्याथम कलेज र काठमाडौँ क्षेत्र नं १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गरिनेछ।  

यद्यपि, काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को मत गणना सुरु गरिसकिएको छ। निर्वाचन अधिकृत उषा श्रेष्ठले चार स्थानमा मतगणना सुरु गरिएको जानकारी दिइन्। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइएको छ।  

यस्तै ललितपुर निर्वाचन क्षेत्र नं २ र ३ को पनि मतगणना आज बिहान २ बजदेखि सुरु भइसकेको छ। ललितपुर क्षेत्र नं २ को सातदोबाटोस्थित राष्ट्रिय खेदकूद परिषद् परिसर र क्षेत्र नं ३ को जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना जारी छ।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस