काठमाडौं, फागुन ६ (नागरिक) - प्रधानमन्त्री माधबकुमार नेपालले माओवादी आफ्नो सन्तानको भविष्य पनि चौपट बनाउनेतिर लागेको आरोप लगाएका छन्। 'माओबादीले यो मुलुकको समस्या अहिले समाधान गर्नेतर्फ सहयोग गर्नु त कता हो कता भोली पनि समाधान नहुनेगरी अवरोध गर्न सुरु गरेका छन्,' नेपालले भने।
उनले ठूला जलविद्युत आयोजनाको निर्माणमा माओवादीले अनावश्यक रुपमा अवरोध गरेर मुलुक र आफ्नो सन्तानको भविष्य चौपट बनाएको वताए।
माओवादी जिम्मेवार दलको रुपमा प्रस्तुत हुन नसकेकोमा प्रधानमन्त्रीले आश्चर्य प्रकट गरे। माओवादी देशको आर्थिक विकासको लागि सबैभन्दा ठूलो वाधक भएको टिप्पणी प्रधानमन्त्रीको थियो।
व्यापारीसँग जवरजस्ती चन्दा माग गर्ने, जिउज्यानको धम्की दिने, विकास निर्माणको काममा अवरोध गर्ने काममा माओवादी लगातार लागिरहेको भनाई प्रधानमन्त्रीको थियो। ...मुलुकको आर्थिक विकासमा राजनीति घुसाउने काम नगरौं,' प्रधानमन्त्रीले भने।
आठौं हस्तकला व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले हत्या, अपहरणमा संलग्न अपराधीहरु खाल्डा मुनि लुकेपनि, सुरुङ भित्र पसेपनि सरकारले नछाड्ने प्रतिवद्धता जनाए। उनले प्रहरीको कामको प्रशंसा गर्दै नेपाल प्रहरीको क्षमता कमजोर नभएको वताए।