सहयात्री बिच मुख्य प्रतिस्पर्धा हुँदै
३० कार्तिक २०७९
•
३ मिनेट पाठ
सहयात्री बिच मुख्य प्रतिस्पर्धा हुँदै
तस्विरः महेन्द्रबहादुर शाही, नगिन्द शाही (नेश्नल) कालिकोट प्रतिनिधिसभा सदस्यका उम्मेदवार।
२०७४ को निर्वाचनमा वाम–गठबन्धन हुँदा चुनावी सहयात्री बनेका एमालेका नगिन्द्र शाही (नेशनल) र नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।




एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कालिकोटमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तागठबन्धन दल र नेकपा एमालेका उम्मेदवार बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको हो। गठबन्धनदलबाट नेकपा (माओवादी केन्द्रका महेन्द्रबहादुर शाही र एमालेबाट नगिन्द्र शाही (नेशनल) उम्मेदवार छन्।

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र शाही तेस्रो पटक विजयी भएर ह्याट्रिक गर्ने दाउमा छन् भने नगिन्द्र शाही पहिलो पटक प्रतिनिधिसभामा प्रवेशगर्ने मौकाको पर्खाइमा छन्। विसं २०७४ को प्रदेशसभाको निर्वाचनमा विजयी भएका महेन्द्रले नेपाली कांग्रेसका कालीबहादुर सहकारीलाई पराजित गरेर कर्णालीका मुख्यमन्त्री बनेका थिए। नगिन्द्र शाही विसं २०७४ को निर्वाचनमा वाम–गठबन्धन हुँदा महेन्द्रको चुनावी सहयात्री थिए भने अहिले महेन्द्रलाई उनले नै चुनौती दिईरएका छन्।

महेन्द्रका सहयात्री माओवादी केन्द्रका केन्द्रीय लेखा आयोगका सदस्य काशीचन्द्र बरालले स्वतन्त्र उम्मेदवारी दिएर दुवैलाई चुनौती दिइरहेका छन्। त्योसँगै कांग्रेस बिपीबाट कालिकोट काँग्रेसका संस्थापक सभापति पङ्खबहादुर विष्ट, नेमकिपाबाट जिल्ला अध्यक्ष खड्कराज शाही, राप्रपाका धनबहादुर बुढा र स्वतन्त्र रुपमा कांग्रेसका पुराना नेता धनप्रसाद पाण्डेले चुनौती दिंदै मैदानमा उत्रिएका छन्।

कालिकोटको सुनथराली विमानस्थल,कर्णाली करिडोरको स्तरोन्नति,फुकोट कर्णाली जलविद्युत आयोजनाको निर्माणलगायतका अन्य सरोकारका विषयलाइ महेन्द्रबहादुर शाहीले अलपत्र पारेको बताउदै यस्ता गौरवका विषयलाइ र युवा रोजगारलाई आफ्नो चुनावी एजेण्डा बनाएको प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार काशीचन्द्र बरालले बताए।

विगत लामो सयमदेखि एउटै व्यक्तिले विकास गर्न नसक्ने त्यसका लागि युवाको काँधमा जिम्मेवारी दिनुपर्ने र अहिले आफूले नागरिकको न्यूनतम आधारभूत आवश्यकता पूर्ति गर्ने रोजगारी प्रमुख चुनावी एजेण्डा भएको एमालेका प्रतिनिधिसभाका उम्मेदवार नगिन्द्र शाहीको भनाइ छ।

‘अहिले ठूलाठूला नाराले मात्र कुनै पनि काम गर्न सकिन्न। मेरो चुनावी एजेण्डा भनेका घर घरमा खानेपानी धारा,सडक,विद्युत,सञ्चार र रोजगारी रहेका छन्’, उनले भने, ‘ठूलाठूला चुनावी नाराले केही पनि गर्न सकिन्न। पहिलो विषय नागरिकको आधारभूत आवश्यकता पूरा गर्नु हो।’  
यस्तै, कालिकोटमा दुई प्रदेश सभाका लागि १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। प्रदेश सभा (१) मा गठबन्धनको तर्फबाट दुर्गबहादुर रावत र एमालेका कुर्मराज शाहीबीच टक्कर हुने भएको छ। एमालेका शाही कर्णालीमा फ्लोर क्रस गर्ने नेता हुन्। उनी एमालेबाट टिकट पाउनु अघिल्लो दिनसम्म समाजवादीमा थिए। समाजवादीको कालिकोट इन्चार्जसमेत रहेका शाही समाजवादीलाई गठबन्धनले नमिसाउने भएपछि एमालेमा फर्केका थिए।

माओवादीका रावत र एमालेका शाहीसँगै प्रतिस्पर्धामा राप्रपाका सूर्यबहादुर शाही, नेमकिपाका रविन्द्र बहादुर शाही छन्। यस्तै, प्रदेश सभा (२)मा एमालेबाट वीरेन्द्रबहादुर बोगटी,गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट हिक्मतबहादुर विष्ट,समाजवादीबाट विश्वराज बम, नेमकिपाबाट जनकबहादुर विष्ट, नेपाली कांग्रेस (बिपी) बाट कर्णबहादुर विष्ट र स्वतन्त्रबाट लक्ष्मणबहादुर बम उम्मेदवार बनेका छन्।
अर्को समाचार
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
११ मिनेट अघि
•
१ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।




इनम सापकोटा प्रकरणमा सरकारले कृत्रिम प्रमाण सिर्जना गर्न खोजेको आरोप सार्वजनिक भएपछि सरकारको अनुसन्धान प्रणाली र राज्यशक्तिको दुरुपयोगमाथि गम्भीर प्रश्न उठेको भन्दै बस्नेतले यस्तो उक्त टिप्पणी गरेका छन्।

‘सत्ता स्थायी होइन तर राज्यले गरेको गैरकानुनी कामको जवाफदेहिता स्थायी हुन्छ। सरकारमा बस्नु भनेको संविधान र कानुनभन्दा माथि बस्नु होइन,’ उनले भने।

प्रहरी र प्रशासन सरकारका निजी संयन्त्र नभई संविधान र कानुनप्रति उत्तरदायी संस्था भएको उल्लेख गर्दै सरकार पनि कानुन र दवाफदेहिताको दायरमा बस्नुपर्ने उनको भनाइ छ।

बस्नेतले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘नागरिकले गल्ती गरे कानुन लाग्ने, तर सरकारी निकायका जिम्मेवार व्यक्ति र संयन्त्रले नै कानुन मिचेको आरोप लाग्दा छानबिन नहुने ? राज्यशक्तिको प्रयोग गरेर कसैलाई फसाउन पाइँदैन। सरकारका गतिविधि कानुनभन्दा माथि र बाहिर हुँदैनन्।’

विवादास्पद कार्यशैली र एकपछि अर्को गरी सार्वजनिक भइरहेका प्रकरणले बालेन्द्र शाह नेतृत्वको सरकारको चरित्र उदाङ्गो बनाउँदै लगेको उनको टिप्पणी छ। सरकार सुशासनको नारा दिएर राज्य आतंकको बाटोमा हिड्न खोज्नु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस