आगामि आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी मतदानस्थलतिर हिडेका छन्। निर्वाचन गराउन आवश्यक आवश्यक सबै सामाग्री बोकेर सुरक्षाकर्मी सहित कर्मचारी गन्तव्यतिर लागेका छन्।
जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार कास्कीमा १५० मतदातस्थल रहेका छन। ती मतदानस्थलमा ३४४ मतदान केन्द्र रहेका छन्। कास्कीमा ३ वटा निर्वाचन क्षेत्र छन्। प्रदेशसभाका लागि ६ वटा क्षेत्र रहेका छन्। कास्कीमा सबैगरि २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन्।
निर्वाचन कार्यालयका अनुसार प्रत्येक मतदान केन्द्रमा ८ जनाका दरले कर्मचारी खटिन्छन। ती मध्ये एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत र ५ जना सहायक कर्मचारी र १ जना सहयोगी हुन्छन्। २ वटा अस्थायी मतदान केन्द्रमा ३–३ जनाका दरले कर्मचारी खटिन्छन। सबैगरि कास्कीमा २७ सय ५८ जना कर्मचारी खटिएका छन्।सुरक्षा अधिकृतका अनुसार तीनस्तरका मतदानस्थल पहिल्याइएको छ। सामान्य ५०, संवेनदशील ५० र अति संवेदनशील ५० मतदानस्थल रहेको सुरक्षा श्रोतले बताएको छ। मतदानस्थलमा ८ देखि ३२ जनासम्म सुरक्षाकर्मी खटाइएको छ। निर्वाचनका लागि खटिएका कर्मचारी धमाधम गन्तव्यस्थलका लागि हिडेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।
रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’
उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’
तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...