‘दाहाल’ को अनावश्यक महत्वाकांक्षा तथा चरम अस्थिरताका कारण बाम गठबन्धन टिक्न सकेन: भट्टराई
०१ मंसिर २०७९
•
२ मिनेट पाठ
‘दाहाल’ को अनावश्यक महत्वाकांक्षा तथा चरम अस्थिरताका कारण बाम गठबन्धन टिक्न सकेन: भट्टराई
नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभाका एमाले उम्मेदवार योगेश भट्टराईले माओवादी नेता पुष्पकमल दाहालको अनावश्यक महत्वाकाँक्षा तथा चरम अस्थिरताका कारण बाम गठबन्धन टिक्न नसकेको बताएका छन्। तर उनले जनताको बहुदलिय जनवादको मूल सिद्धान्तको आधारमा निकट भविष्यमै माओवादीसहितका कम्युनिष्ट शक्तिहरु एमालेको नेतृत्वमा वृहत्त बाम एकतामा आएरै छाड्ने दाबी गरे।  




एमाले फुङलिङ नगर कमिटीले ताप्लेजुङ सदरमुकाम फुङलिङमा बिहीबार आयोजना गरेको अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै नेता भट्टराईले भने ‘पार्टी भित्रै समस्याको हल खोज्न नसकेर पार्टी विभाजन गर्नुमा दाहाल आफैं दोषी हुन्’। पार्टी एकता किन टिकेन,सरकार निक ढल्यो यि सबै प्रश्न नेपाली समाजमा रहेपनि पार्टीभित्रका समस्या हल गर्नुको सट्टा पार्टीलाई विभाजनको तहसम्म पुर्‍याउनु राम्रो विषय नभएको भट्टराईको भनाइ थियो।  

अध्यक्ष केपी शर्मा ओली र एमाले पार्टीलाई गाली गर्ने हक दाहालमा नभएको भट्टराईले जिकिर गरे। ‘दाहाल जी हिजोमात्र हाम्रै जिल्लाको तोक्मेमा आएर भाषण गरेर फर्किनु भएछ,हाम्रो जस्तो दुर्गम जिल्लामा देशको शीर्षस्थ नेतृत्व आउनु स्वागतयोग्य कुरा हो’ भट्टराईले भने ‘तर संसद विगठनको सतही बहसको आवरणमा एमाले र हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गरिएका नकारात्मक टिप्पणी बेकुत मात्र हुने छ’। कुनैपनि कालखण्डको संसद विगठन सुखीको कुरा नहुने स्मरण गर्दै अब कहिल्यै त्यस्तो नहोस् भन्नका लागि सुद्रिढ राष्ट्रियता अनिवार्य भएको बताए।

सार्वभौम नेपालीको शिर ठाडो पार्न,सीमाको रक्षा गर्न,मिचिएको सीमाक्षेत्र फिर्ता ल्याउन सकेमा सुद्रिढ राष्ट्रियता सम्भव हुने बताउँदै त्यो कार्य एमालेको नेतृत्वमा मात्र सम्भव हुने भएकोले मंसिर ४ गतेको निर्वाचनमार्फत जनताले एमालेलाई मत दिनुपर्ने भट्टराईको भनाइ थियो।  

गठबन्धन सरकार बनेपछि धराशायी भएको देशको अर्थतन्त्र माथि उठाउन,शान्ति र समृद्धिको प्रकट चाहना पूरा गर्न,श्रम बजारमा जाने लाखौं युवायुवतीलाई स्वामीमनलाई माथि उठाई स्वदेशमै रोजगारी सृजना गर्न,सबै जाति जनजाति सामाजिक एकतामा आवद्ध गराउँदै बलियो राष्ट्रियताको आधार तयार गर्न एमालेलाई जनताले मत दिनुपर्ने भट्टराईको भनाइ थियो।  

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तिलकुमार मेन्याङ्वो,एमालेका प्रदेश कमिटी सदस्य तथा प्रदेशसभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार गोपाल थोप्रा सहितका नेताहरुले सम्बोधन गरेका थिए।  
अर्को समाचार
योगेश भट्टराई र बिना मगरलाई स्पष्टीकरण
१६ कार्तिक २०७९
•
२ मिनेट पाठ
योगेश भट्टराई र बिना मगरलाई स्पष्टीकरण
योगेश भट्टराई र बिना मगर
निर्वाचन आयोगले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका नेकपा (एमाले) का उम्मेदवारका उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बिना मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ। 




निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा “स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने” र खण्ड (ण) मा ‘निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने’ व्यवस्था छ।

एमालेका सचिव भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्घा गाउँपालिका–३ सिकैचामा आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाटसमेत सार्वजनिक भएको भनी उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो। माओवादी केन्द्रकी मगरले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा आचारसंहिता विपरीत हुनेगरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको भनी उजुरी परेको थियो। ‘निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार भएको छैन भन्ने आधार कारण के छ?’ स्पष्टीकरणमा भनिएको छ,।

‘तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारबाही किन हुनु नपर्ने हो? यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालयमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्नुहुन निर्णयानुसार अनुरोध छ।’
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस