गृहमन्त्री तथा रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालकृष्ण खाँणले मंसिर ४ गते पछि केन्द्र र प्रदेशमा पाँच दलिय गठबन्धनकै सरकार बन्ने बताएका छन्।
पाँच दलीय गठबन्धनले आज (बिहीबार) भैरहवामा आयोजना गरेको बृहत चुनावी सभालाइ सम्बोधन गर्दै उनले मतदाताले प्रतिगगमनलाइ परास्त गर्दे अग्रगमनकारी गठबन्धनलाइ जिताउने बताएका हुन्।
मंसिर ४ पछि गठबन्धनकै सरकार बन्ने र त्यही सरकारले गरीबी हटाएर जनताको अवस्था बदल्ने बताए। रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार खाणले पाँच दलिय गठबन्धनले नै मुलुकबाट गरिबी हटाउने दावी गरका हुन्। उनले शिक्षा,स्वास्थ्य,कृषि,औधोगिक तथा पर्यटकीय पुर्वधार निर्माण गरी देशलाइ आर्थिक समृद्धिको मार्गमा लैजाने र्संकल्प गठबन्धनले लिएको बताए।
गृहमन्त्री खाणले चर्को व्याजदरका कारण आम सर्वसाधारण,किसान देखि व्यवसायी प्रताडित भएको भन्दै निर्वाचन लगत्तै व्याजदर घटाएर जनतालाइ राहत दिइने बताए। व्याजदर घटाउने बिषयमा सरकारको निर्देशन नटेरे कडा कमद चाल्ने पनि उनले बताए।
नेता खाणले जिल्ला सदरमुकाम भैरहवालाई अन्तर्राष्ट्रिय सहरका रुपमा विकसित गरिने बताए। त्यसका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, बेलहिया नाकालाइ पर्यटकीय नाकाको रुपमा विकास गर्ने,सेजलाइ पुर्ण क्षमतामा संचालन गर्ने, भैरहवाको एकीकृत जाँच चौकी (आईसीपी) को निर्माण अगाडि बढाउने बताए्। सिद्धार्थ चक्रपथ निर्माण,खानेपानी, बिजुली, नाला र सडकको अवस्था सुधार गर्ने उनले बताए। गृहमन्त्री खाणले क्षेत्र नं. ३ संगै सिंगो रुपन्देहीलाइ नै विकसित र समृद्ध जिल्लाको रुपमा स्थापित गर्ने प्रतिबद्धता दोहोर्याए।
रुपन्देही ३(१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार सन्तोषकुमार पाण्डेले वर्षौपछि रुपन्देहीले राष्ट्रिय नेता पाउन लागेको उल्लेख गर्दै प्रतिनिधिसभा उम्मेदवार खाँण सहित गठबन्धनका उम्मेदवारलाइ मत दिन आग्रह गरे। ३(२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार रामचन्द्र ढकालले संविधान र लोकतन्त्रिक गणतन्त्रको रक्षाका गर्दै जनतालाइ विकासको अनुभुति दिलाउन गठबन्धनका उम्मेदवारले जित्नु पर्ने बताए।
उनले बहुदल र राजतन्त्र फाल्न गरिएको आन्दोलन दवाउन लागेकाहरु नै अहिले उम्मेदवार भएको भन्दै त्यस्तालाई जनताले चिनेर पराजित गर्नु पर्ने बताए। उनले रुपन्देहीको विकासका लागि गठबन्धनले जित्नु पर्ने र त्यसको नेतृत्व बालकृष्ण खाँणले गर्ने जनाए। कार्यक्रममा बोल्ने नेताहरुले अहिलेको निर्वाचन प्रतिगमनकारी र अग्रगमनकारीबीच भएकाले अग्रगमनका पक्षधरलाई जिताउन आग्रह गरेका थिए। आमसभा अघि बुद्धचोकबाट बृहत् र्याली निकालिएको थियो।

‘निर्वाचनपछि गठबन्धनको सरकार बन्छ, र त्यही सरकारले जनताको अवस्था बदल्ने गरी विकास गर्छ। त्यसैले यसपटक विवेकपूर्ण तरिकाले मतदान गर्न सबैलाइ आग्रह गर्दछु’ गृहमन्त्री खाणले भने।उनले हिजो पंचायत र राजतन्त्र फाल्छौं भन्दा नपत्याउने प्रतिगमनकारीहरुले अहिले गठबन्धनले केही गर्न सक्दैन भनेर गलत प्रचार गरिरहेको भन्दै गठबन्धनले बोलेको कुरा पूरा गरेरै छाडने दावी गरे।