‘विधेयक प्रमाणीकरण नहुनु संविधान र कानुनको उल्लंघन होइन’
०२ मंसिर २०७९
•
४ मिनेट पाठ
‘विधेयक प्रमाणीकरण नहुनु संविधान र कानुनको उल्लंघन होइन’
राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर मुलुकको अभिभावकीय भूमिका निभाएको बताएको छ। सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै राष्ट्रपति कार्यालयले संसद्बाट पारित नागरिकता विधेयक मुलुकको हितमा नभएकाले विधेयक प्रमाणीकरण नगरेर अभिभावकीय भूमिका निर्वाह गरेको बताएको हो। राष्ट्रपतिको सन्देशलाई बेवास्ता गर्दै दोस्रोपटक संघीय संसद्बाट नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएकोमा गत असोज ३ गतेसम्म पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेकाले विधेयक निष्क्रिय हुन पुगेको थियो।




विधेयक प्रमाणीकरण नगरेको भन्दै गत असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो। उक्त विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गर्न माग गर्दै रिट दर्ता भएको थियो। यसको लिखित जवाफ पेस गर्दै राष्ट्रपति कार्यालयले राष्ट्रपतिले विधेयक अस्वीकृत नगरेको भन्दै यथास्थितिमा राखेको दाबी गरेको छ। २०७५ सालदेखि संसद्मा विचाराधीन नागरिकता विधेयक सरकारले फिर्ता लिई अभिभावकीय संस्थासँग छलफल परामर्श र संशोधन गर्नुपर्ने औचित्य, आधार स्पष्ट नगरी संशोधित विधेयक ल्याउनु संवैधानिक र उत्तरदायित्व एवं संसदीय सिद्धान्तको प्रतिकूल हो भन्दै यस्तो विधेयक प्रमाणीकरण नहुनु संविधान र कानुनको उल्लंघन नभएर संरक्षण भएको दाबी लिखित जवाफमा गरिएको छ। नागरिकतासम्बन्धी विधेयक अल्पमत र बहुमतबाट पारित हुने विषय नभई निश्चित विधि प्रक्रिया र सहमतिका आधारमा हुनुपर्ने राष्ट्रिय हितसँग गाँसिएको महत्वपूर्ण कानुन भएको उल्लेख छ।

जवाफमा विभिन्न मुलुकमा राष्ट्रपतिले मुलुकको हकहितका लागि विशेषाधिकार प्रयोग गरेको उदाहरण दिँदै राष्ट्रपति कार्यालयले नेपालमा पनि सो अधिकार हुने उल्लेख गरिएको छ।  

संघीय संसद्ले पारित गरी पहिलोपटक पेस गरेको विधेयक राष्ट्रपति कार्यालयले १५ बुँदे सन्देशसहित फिर्ता पठाएको थियो। संसद्को दुवै सदनमा ती विषयमा छलफल नभएकोमा राष्ट्रपतिको चित्तदुखाइ थियो। उनले कतिपय सरकारी अधिकारीहरू र अन्य व्यक्तिसँग भेटघाटकै क्रममा आफ्नो र संस्थाको पदीय मर्यादा कायम नगरिएको भन्दै गुनासो गरेकी थिइन्। राष्ट्रपतिबाट सन्देशसहित फिर्ता गरिएको नागरिकता विधेयक कुनै परिवर्तन नगरी पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुँदा नै विधेयक प्रमाणीकरण नगरिएको पनि जवाफमा बताइएको छ।

‘विधि र प्रक्रिया पूरा नगरी आएको विधेयकका सम्बन्धमा प्रमाणीकरण गरिएन भनी राष्ट्रपति संस्थालाई लगाइएको आरोप निराधार, कपोलकल्पित र दुराशययुक्त छ। नियम र प्रक्रियाविपरीत प्राप्त विधेयकको अप्रमाणीकरणका सन्दर्भमा संविधानको व्यवस्था लागु हुन सक्दैन,’ जवाफमा उल्लेख छ। पुनर्विचार गरेर मात्रै विधेयक फेरि पारित गरिनुपर्नेमा पुनर्विचार नै नगरिएको पनि भनिएको छ। संघीय संसद्मा राष्ट्रपतिको समेत स्थान हुने राष्ट्रपति कार्यालयको भनाइ छ। संविधानको धारा ८१ अनुसार संघीय संसद्मा पेस हुने विधेयकबारे सरकारले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने व्यवस्था भएको र त्यसको पालना नभएको जवाफमा भनिएको छ।

राष्ट्रपति कार्यालयका अनुसार संविधान, सर्वोच्च अदालतका नजिर, विश्वव्यापी मान्यता र परम्पराका आधारमा नागरिकता विधेयक प्रमाणीकरण नगरी यथास्थितिमा राख्ने काम भएको हो। राष्ट्रपति कार्यालयले प्रमाणीकरणका लागि आएको विधेयकलाई अस्वीकृत गरेको नभई विधि, प्रक्रिया र संविधानको भावना प्रतिकूल हुनेगरी फेरि आएकाले ‘यथास्थितिमा राखिएको’ दाबी गरेको छ। तत्कालीन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई प्रतिनिधिसभामा पेस भएको विधेयक अघि नबढाई अर्कै रूपमा विधेयक अघि बढेको राष्ट्रपति कार्यालयको दाबी छ।

संविधानले नै आफूलाई राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने र संविधानको संरक्षण गर्ने जिम्मेवारी दिएको जिकिर गर्दै राष्ट्रपति कार्यालयले त्यसको पालनाको सिलसिलामा नागरिकता विधेयक यथास्थितिमा राखिएको दाबी गरेको छ। संविधानको धारा १० मा प्रादेशिक पहिचानसहितको नागरिकताको प्रमाणपत्र जारी हुने व्यवस्था छ। धारा १५ मा प्रत्येक नागरिकको परिचय खुल्नेगरी अभिलेख राख्नुपर्ने उल्लेख छ। यसलाई विधेयकले सम्बोधन नगरेको पनि लिखित जवाफमा भनिएको छ।  

राष्ट्रपति कार्यालयले एकपटक विधेयक प्रमाणीकरण नगरिएका कारण कानुन बनाउने संघीय संसद्को अधिकार कटौती नभएको तर्क अघि सारेर राष्ट्रपतिको सन्देशलाई ध्यानमा राखी अर्को विधेयक ल्याउन सकिने संकेत गरेको छ।
अर्को समाचार
गलत समयमा नागरिकता विधेयक प्रमाणीकरण
१८ जेष्ठ २०८०
•
५ मिनेट पाठ
गलत समयमा नागरिकता विधेयक प्रमाणीकरण
१० महिनाअघि प्रतिनिधिसभाबाट शीतल निवास पुगेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेका छन्। २०७४ सालमा भएको निर्वाचनबाट आएको संघीय संसद्ले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको निर्णयलाई मुख्य आधार बनाउँदै प्रमाणीकरण गरेका हुन्। संघीय संसद्बाट दुईपटक पारित गर्दै प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयकमाथि तत्कालीन राष्ट्रपति विद्या भण्डारीले प्रश्न उठाउँदै प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।




संविधानको व्यवस्थाअनुसार संघीय संसद्ले दोस्रोपटक पारित विधेयक राष्ट्रपतिले रोक्ने प्रावधान छैन। तर संविधानले दिएको १५ दिनको समय सकिँदा पनि प्रतिनिधिसभाको पनि कार्यकाल सकिएको भन्दै राष्ट्रपति भण्डारीले त्यसलाई शीतल निवासमा थन्क्याएकी थिइन्। गत मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबाट संघीय संसद्को आकारसमेत परिवर्तन भएका बेला नयाँ राष्ट्रपतिले अघिल्लो संसद्ले पारित गरेको विधेयक प्रमाणित गरेका हुन्।

राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका अवसरमा टीकापुर घटनाका दोषी रेशमलाल चौधरीसहित केही कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्ने सरकारको सिफारिस कार्यान्वयन गरेको दुई दिन पछि नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। अझ प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी मुलुक भारतको चार दिने भ्रमणमा निस्कनुभन्दा केही घण्टाअघि मात्र नागरिकता विधेयक प्रमाणीकरण गरिएको हो। १० महिनाअघि पारित विधेयक राष्ट्रपति पौडेलले अहिले प्रमाणीकरण गरेपछि संविधानका साथै जनताको प्रतिनिधिमूलक संस्था संघीय संसद्को क्षेत्राधिकार र औचित्यमाथिसमेत विपक्षी एमालेलगायत दलहरूले प्रश्न उठाउँदै आएका छन्। प्रधानमन्त्री दाहाल भारतको भ्रमणमा निस्कने दिनमै नागरिकता विधेयक प्रमाणीकरण गर्नुलाई राष्ट्रपतिद्वारा गलत समयमा चालिएको कदम भनी विश्लेषण भइरहेको छ।

संविधानले दिएको १५ दिनको समय सकिँदा प्रतिनिधिसभाको पनि कार्यकाल सकिएको भन्दै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई शीतल निवासमा थन्क्याएकी थिइन्। मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबाट संघीय संसद्को आकारसमेत परिवर्तन भएका बेला राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो संसद्ले पारित गरेको विधेयक प्रमाणित गरेका हुन्।
जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले कानुनविद् र संवैधानिक व्यवस्थालाई देखाउँदै विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको जनाउँदै मन्त्रिपरिषद्को सोही निर्णयलाई आधार बनाउँदै संवैधानिक राष्ट्रपतिले आफ्नो भूमिका निर्वाह गरेको शीतल निवास स्रोतले जनाएको छ। ‘संवैधानिक राष्ट्रपतिले सरकार र मन्त्रिपरिषद्ले गरेको निर्णय मान्दिनँ र गर्दिनँ भन्न मिल्दैन,’निकट स्रोतले भन्यो, ‘मन्त्रिपरिषद्को निर्णयलाई संवैधानिक राष्ट्रपतिले दायाँबायाँ गर्न मिल्दैन। मन्त्रिपरिषद्ले विधेयक प्रमाणीकरण गर्न भन्यो भने गर्नुको विकल्प राष्ट्रपतिसँग हुँदैन।’

नागरिकतामाथि इतिहासले छाडेको प्रश्न र वर्तमानले उब्जाएका समस्या समाधान गरी अगाडि बढ्नुपर्ने तर्कसहित प्रतिनिधिसभा र राष्ट्रियसभाबाट ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’माथि तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। तीन वर्षदेखि संघीय संसद्मा विचाराधीन नागरिकता विधेयक पारित भएर २०७९ साउनमा राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पुगेको थियो। त्यसलाई तत्कालीन राष्ट्रपतिले ‘होल्ड’ गरेर राखेकी थिइन्। राष्ट्रपति कार्यालय पुगेको विधेयक फेरि फिर्ता आउन नसक्ने भन्दै प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष माग हुँदै आएको थियो। संघीय संसदले दुईपटक पारित गरेको विधेयकलाई फेरि सरकारले संसद्मा फिर्ता ल्याउन पनि नसक्ने र अघि बढाउन पनि संविधानको कुन धारा टेक्ने भन्ने अन्योल उत्पन्न भएको राष्ट्रपति कार्यालयले जनाउँदै आएको थियो।

 संविधानको धारा ११३ र १११ अनुसार अघिल्लो संसद्ले नागरिकता विधेयक प्रमाणीकरणका लागि शीतल निवास पठाएको थियो। तर नयाँ जनादेश प्राप्त हुनुअघि नै विधेयक प्रमाणीकरणका लागि शीतल निवास आइपुगेकाले त्यसलाई उल्लेख नगरिएको शीतल निवास स्रोतको दाबी छ।
संविधानमा राष्ट्रपतिले संघीय संसद्ले पारित गरेर पठाएको कुनै पनि विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ। दोस्रोपटक पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे के गर्ने भन्नेबारे स्पष्ट व्यवस्था संविधानमा छैन। दोस्रोपटक राष्ट्रपतिसमक्ष विधेयक पुगे त्यसमा प्रमाणीकरणको विकल्प छैन। तर राष्ट्रपतिले प्रमाणीकरण नगरे के गर्ने भन्ने विकल्प पनि संविधानले परिकल्पना गरेको छैन। संविधानको धारा ११३ मा विधेयकमा प्रमाणीकरणको व्यवस्था गरिएको छ।

राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गर्दा भने संविधानको धारा ६१ को उपधारा २ देखि ४ र धारा ६६ का साथै सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई आधार मानेको जनाएको छ। संविधानको धारा ११३ र १११ अनुसार अघिल्लो संसद्ले नागरिकता विधेयक प्रमाणीकरणका लागि शीतल निवास पठाएको थियो। तर नयाँ जनादेश प्राप्त हुनुअघि नै विधेयक प्रमाणीकरणका लागि शीतल निवास आइपुगेकाले त्यसलाई उल्लेख नगरिएको शीतल निवास स्रोतको दाबी छ। तर प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले अघिल्लो संसदले पारित गरेको नागरिकता विधेयक अहिले प्रमाणीकरण गरेर असंवैधानिक कदम चालिएको टिप्पणी गरेका छन्।

सत्तारूढ राजनीतिक दलका नेताहरूले संघीय संसद्ले दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपतिको नागरिकता विधेयक १५ दिनभित्र पनि प्रमाणीकरण नगर्दा असंवैधानिक कदम भनेको स्मरण गर्दै नेम्वाङले बुधबार सञ्चारकर्मीसँग भने, ‘उहाँहरूको भाषामा भन्दा असंवैधानिक काम भयो। समय नाघ्यो, संविधानविपरीत भयो, प्रमाणीकरण गर्ने काम भएन।’ राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणको म्याद कसले थप गर्यो भन्ने प्रश्न गर्दै उनले भने, ‘यसमा ब्लन्डर भएको छ। यो संसद्को अधिकार मार्ने काम भयो।’

राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि विरोध गरेका छन्। नयाँ संसदमा छलफलसमेत नगराई नागरिकता विधेयक प्रमाणीकरण गरिएकोप्रति असन्तुष्टि जनाउँदै उनले फेसबुकमा लेखेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसद्मा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमाविपरीत, लोकतान्त्रित संसदीय मूल्यमान्यता र राष्ट्रहितविरूद्ध छ।’ जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतले राष्ट्रपति कमदको स्वागत गरेका छन् भने कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिले पनि नागरिकता विधेयक प्रमाणीकरण भएकोमा स्वागत गर्दै त्यसलाई ऐतिहासिक कदमको संज्ञा दिएका छन्।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस