बागमती प्रदेशको आगामी १० वर्षको विकास खाका तयार गरिने
१० मंसिर २०८३
•
३ मिनेट पाठ
बागमती प्रदेशको आगामी १० वर्षको विकास खाका तयार गरिने
बागमती प्रदेश सरकारले प्रदेश स्थापनादेखि हालसम्म भएका कामको समीक्षा गरी आगामी दश वर्षको विकास खाका तयार गर्ने भएको छ।




प्रदेश मन्त्रिपरिषद्को आज बसेको १८औँ बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले प्रदेशका १३ वटै जिल्ला, ११९ वटै स्थानीय तह र सबै वडामा प्रदेश सरकारको उपस्थिति, हालसम्म सम्पादन भएका काम तथा तिनको प्रभावबारे समीक्षा गरिने जानकारी दिए।

समितिले प्रदेश स्थापनादेखि हालसम्म भएका कामको लेखाजोखा गरी आगामी दश वर्षका लागि रणनीतिक योजना तथा गुरुयोजना तयार गर्ने उनले बताए।

बैठकले भोटेकोशीको बाढीबाट बाबु वा आमामध्ये कुनै एक अभिभावक गुमाएका बालबालिकालाई पनि अभिभावकत्व ग्रहण गरी अध्ययन तथा व्यवस्थापनको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ।

यसअघि प्रदेश सरकारले बाबु र आमा दुवै गुमाएका बालबालिकालाई मात्र यस्तो सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो।

त्यसैगरी, स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधनसम्बन्धी विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय बैठकले गरेको छ। स्थानीय सेवामा चौथो तहका कर्मचारीको पदपूर्ति गर्न सकिने व्यवस्था मिलाउन ऐन संशोधन गर्न लागिएको प्रवक्ता केसीले जानकारी दिए।

पाँचौँ तहदेखि मात्र पदपूर्तिका लागि विज्ञापन गर्ने विद्यमान व्यवस्थाका कारण स्थानीय तहमा अहेव, अनमी र असिस्टेन्ट सबइन्जिनियरलगायत चौथो तहका जनशक्ति पदपूर्तिमा समस्या देखिएकाले ऐन संशोधन गर्न लागिएको उनले बताए।

बैठकले प्रदेशमा व्यवस्थित बस्ती विकास तथा जग्गा एकीकरणका कार्यक्रम सञ्चालन गर्न बस्ती विकास तथा जग्गा एकीकरणसम्बन्धी ऐन, २०८३ तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ।

रामेछापको मन्थली नगरपालिका–६ मा निर्माण गरिने फोहरमैला व्यवस्थापन केन्द्रका लागि आवश्यक जग्गा प्राप्त गर्न उक्त आयोजनालाई प्राथमिकताप्राप्त आयोजनाका रूपमा तोक्ने निर्णयसमेत बैठकले गरेको छ।

प्रदेश सरकारले मालपोत कार्यालयको स्रेस्ता व्यवस्थापनलगायत कार्यका लागि विभिन्न सङ्घीय कार्यालयलाई करिब चार करोड ७० लाख बजेट उपलब्ध गराउने निर्णय गरेको छ।

घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट सङ्कलित राजस्व प्रदेश सरकारलाई समेत प्राप्त हुने भएकाले सम्बन्धित कार्यालयको व्यवस्थापनका लागि बजेट उपलब्ध गराउन लागिएको प्रवक्ता केसीले बताए।

बैठकले पशु वधशाला र मासु जाँच ऐन, २०५५ को दफा ७ को उपदफा (१) बमोजिम प्रदेशका सबै जिल्लाका लागि मासु सुपरिवेक्षक तोक्ने तथा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

त्यस्तै, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको कार्यबोझ व्यवस्थापन र कार्यसम्पादनलाई व्यवस्थित बनाउन एघारौँ तहको एक प्राविधिक पद थप गर्ने निर्णय भएको छ।

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत उद्योगतर्फका सचिव सङ्घमा सरुवा भएपछि उक्त जिम्मेवारी साविककै सचिव दीपेन्द्र सुवेदीलाई दिने निर्णय बैठकले गरेको छ।

बैठकले रिक्त सुपरिटेन्डेन्ट इन्जिनियर पदमा तल्लो तहमा कार्यरत इन्जिनियरलाई तथा प्रदेश निजामती किताबखानाको एघारौँ तहको निर्देशक पदमा तल्लो तहमा कार्यरत कर्मचारीलाई कायममुकायम मुकरर गर्ने निर्णयसमेत गरेको प्रवक्ता केसीले जानकारी दिए।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
२८ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
यो पनि पढौँ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस