दुर्गमलाई प्राथमिकता दिँदै मतपत्र ढुवानी माघ २८ देखि
२६ माघ २०८२
•
२ मिनेट पाठ
दुर्गमलाई प्राथमिकता दिँदै मतपत्र ढुवानी माघ २८ देखि
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आवश्यक पर्ने समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको जनक शिक्षा सामग्री केन्द्र प्रालिले जनाएको छ।




निर्वाचन आयोगले जनकलाई यस पटकको निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताका लागि कुल मतपत्र ४ करोड ११ लाख थान छपाइ कार्यको जिम्मेवारी दिएको थियो। जनकका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जनकले सोमबारसम्म समानुपातिक तर्फका आवश्यक पर्ने २ करोड ८ लाख थान मतपत्र पूर्ण रूपमा छपाइ कार्य सम्पन्न गरी ढुवानीको तयारी गरिरहेको बताए।

‘समानुपातिकतर्फको छपाइ कार्य समपन्न भएको छ। अब माघ २८ गतेदेखि दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर ढुवानीको कार्य सुरु गर्ने कार्यतलिका छ,’ प्रबन्ध निर्देशक पौडेलले नागरिकसँग भने, ‘जनक र निर्वाचन आयोगबिच समन्वय र सहकार्य गरी ढुवानीका लागि हेलिकप्टर र गाडी दुवै प्रयोग गरिने छ।’ उनले थपे, ‘प्रत्यक्ष निर्वाचन तर्फका लागि कुल २ करोड ३ लाखमध्ये १ करोड २५ लाख थान छपाइ कार्य सम्पन्न भएको छ। बाँकी रहेको ८३ लाख थान पनि एक साताभित्र सम्पन्न गर्ने जनकको तयारी छ।’  

मतपत्र छपाइबाट जनकले २४ करोड रुपैयाँ बराबरको कारोबार गर्ने जनकका प्रबन्ध निर्देशक पौडेलले बताए। जनकले नेपाली सेनाको सुरक्षा घेरामा दैनिक १५ लाख थान मतपत्र छपाइ कार्य गरिरहेको बताउँदै उनले मतपत्र छपाइ कार्यका लागि जनकका ३ सय कर्मचारीले चार वटा छपाइ मेसिनमा १५० जना नेपाली सेनाको सुरक्षा घेरामा छपाइ कार्य गरिरहेको उनले बताए।

‘मतपत्र छपाइ निकै संवेदनशील कार्य हो। यस कारण छपाइ र ढुवानी कार्य निकै संवेदनशीलतापूर्वक जनकले गर्छ,’ प्रवबन्ध निर्देशक पौडेलले भने, ‘मतपत्र जिल्लाको मतदाताको संख्याको आधारमा प्याकेजिङ गरी पठाउने हो।’ उनले जोड दिए, ‘जिल्लाको सुरक्षाकर्मीको रोहवरमा मतदान केन्द्रका मतदान अधिकृतले मात्र उक्त मतपत्रको प्याकेज खोल्ने हो।’

फागुन मसान्तभित्र जनकले १ करोड ७० लाख थान विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पनि समानान्तर रूपमा पूरा गरिरहेको उनको दाबी छ। ‘विद्यालय तहको पाठ्यपुस्तक मध्ये १० प्रतिशत छपाइ कार्य मात्र बाँकी छ,’ उनले भने, ‘फागुन मसान्तभित्र पाठ्यपुस्तकको छपाइ कार्य सम्पन्न हुन्छ।’

यसका साथै जनक शिक्षाले पछिल्लो समय सरकारी काम पाउन थालेको छ। सरकारले समेत विश्वास गरेकै कारण जनक सक्षम बन्दै गएको उनको भनाइ छ। ‘गत साता प्रधानमन्त्री सुशीला कार्कीज्यु पनि जनकमा निरीक्षण गरी समयमै मतपत्र छपाइ कार्य सम्पन्न गरेकोमा धन्यवाद दिनु भयो,’ उनले भने, ‘एसइई, सिभिइभिटी, मेडिकल आयोगको प्रश्नपत्रलगायत सबै तहसम्मको प्रश्नपत्र छपाइ र त्यसको संवेदनशीलता कायम गर्दै आएको छ। हाल जनकले नेपाल टेलिकमको ५ करोड थान रिचार्ज कार्ड छपाइको समेत काम गरिरहेको छ।’ उनले थपे, ‘हाल मासिक ५० लाख थान रिचार्ज कार्ड छपाइ कार्य भइरहेको छ।’
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
११ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस