बिपी स्मृति दिवस: दुई कोइराला दुईतिर
०७ साउन २०८२
•
६ मिनेट पाठ
बिपी स्मृति दिवस: दुई कोइराला दुईतिर
‘यस राष्ट्रिय संकटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ। हाम्रो कार्यक्रम राष्ट्र रहेन भने हामी रहन्नौं भन्ने भावनाले प्रेरित हुनुपर्छ। देशको उन्नति, जनताको सुख र समृद्धिको पुनीत कार्यमा हामी सबै एकमत भएर लागौं।’ २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीतिसहित भारत निर्वासनबाट स्वदेश फर्कनुअघि नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले गरेको अपिलको अंश हो यो।




बिपीसहितका नेताहरू मृत्युदण्डलगायत विभिन्न आठवटा मुद्दाको कुनै प्रवाह नगरी आफू र आफ्ना लागि होइन, पार्टी र पार्टीभन्दा माथि देश र जनतालाई केन्द्रमा राखेर स्वदेश फर्केका थिए। देश र जनताका खातिर पार्टीभित्र मात्र होइन, मुलुकका सबै शक्तिसँग एकता र मेलमिलापको नीति बिपीले लिएका थिए। तर अहिले राजनीतिमा लागेपछि देश, जनता र पार्टीलाई के दिने भन्ने होइन, आर्थिक उपार्जन र व्यवसाय सञ्चालन गर्ने मानसिकता नेता–कार्यकर्तामा हाबी भएको छ।

जनतासँगको सम्बन्ध सपार्ने मामिलामा कांग्रेसका नेताहरू कमजोर बन्दै गएका छन् भने नेता–कार्यकर्ताबिच आत्मीयता होइन, लेनदेनको सम्बन्ध हाबी भएको छ। पार्टी, नेता–कार्यकर्ता र जनताका लागि होइन, आफू र आफ्ना निम्ति मात्र भन्ने मानसिकता राजनीतिक दलहरूमा हाबी भएको आरोप लाग्दै आएको छ।  

व्यापारिक पृष्ठभूमिका कृष्णप्रसाद कोइराला राणा शासन विरोधी आन्दोलनमा सहभागी भए। उनैबाट प्रेरित छोराहरू मातृकाप्रसाद, विश्वेश्वरप्रसाद (बिपी), केशवप्रसाद, तारिणीप्रसाद र गिरिजाप्रसाद कोइराला राजनीतिमा होमिएका हुन्। कृष्णप्रसादका छोराहरू केशवप्रसाद र तारिणीबाहेक तीनैजना मुलुकको प्रधानमन्त्री बने। कृष्णप्रसादका नाती पुस्ता अहिले (बिपीका कान्छा छोरा शशांक, केशवप्रसादका कान्छा छोरा शेखर र गिरिजाप्रसादकी छोरी सुजाता) कांग्रेस राजनीतिमा सक्रिय छन्।  

देशभित्र र बाहिर बिपीले राजनीतिक, सामाजिक र साहित्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा अहिले पनि हुने गरेको छ। बहुलवादमा आधारित शासन प्रणालिभित्र सामाजिक न्यायसहित प्रजातान्त्रिक समाजवादको नीति र सिद्धान्तअनुसार नै मुलुकको सिंगो राजनीति अघि बढेको कुरा कांग्रेसका नेता–कार्यकर्ताले मात्र होइन, अन्य दलका नेताहरूले पनि स्विकारेका छन्।

बिपीको विचार र सिद्धान्तमा सिंगो मुलुक अघि बढेको भनिए पनि उनको परिवारका सदस्यबिच भने एकता र मेलमिलाप नरहेको गुनासो नेता–कार्यकर्ताको छ। कृष्णप्रसादका नाती पुस्ता बिपीको ४३औं स्मृति दिवसमा पनि एकै ठाउँमा उभिएनन्।

२०३९ साउन ६ गते क्यान्सरबाट निधन भएका बिपीको स्मृतिमा कांग्रेसले मंगलबार राजधानीसहित देशभर विभिन्न कार्यक्रम आयोजना ग¥यो। यसै क्रममा शशांक बिपीलाई स्मरण गर्न काठमाडौंको सुन्दरीजल पुगे। त्यहाँ पुगेर उनले पार्टीले बिपीको बाटोलाई छाडेको गुनासो गरे। बिपीले मुलुकको अप्ठेरो अवस्थामा पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढेको स्मरण गर्दै शशांकले भने, ‘उहाँमा सबैलाई समेट्न सक्ने क्षमता थियो। उहाँकैै पदचापमा कसरी हिँड्ने भन्ने चिन्ता छ।’  

आठ वर्षसम्म बिपी सुन्दरीजल जेलमा बस्दा र त्यसपछि उनले भोगेका समस्या स्मरण गर्दै शशांकले अहिले पनि आँखाबाट आँस आउने बताए। तर त्यस्तो कठिन अवस्थालाई आमा सुशीला (बिपी पत्नी) ले सम्हालेको स्मरण पनि उनले गरे। तत्कालीन पञ्चायत सरकारले बिपीसहितका नेताहरूलाई झन्डै आठ वर्ष सुन्दरीजल जेलमा राखेको थियो। अहिले सोही जेललाई संग्रहालयमा परिणत गरिएको छ। शशांक सुन्दरीजलमा आयोजित कार्यक्रममा सहभागी भइरहेका बेला शेखर भने बिपी स्मृति सामुदायिक सहकारी अस्पतालले बसुन्धरामा आयोजना गरेको कार्यक्रममा थिए। शेखरले बिपीको आदर्श, सिद्धान्त र कार्यक्रमबाट कांग्रेस टाढिएको बताए। बिपीले देखाएको बाटो कांग्रेसले छाड्दै गएको बताउँदै उनले भने, ‘हामीले पार्टीको कोर भ्यालु, सिद्धान्त र कार्यक्रम छाड्दै गएका छौं। त्यसमा हामी सबैको आआफ्नो ठाउँमा गल्ती छ। सबैले त्यसमा बोल्नु पर्छ।’ अलगअलग कार्यक्रममा शेखर र शशांक दुवैले बिपीको आदर्श, सिद्धान्तअनुसार नै पार्टी अघि बढ्नुपर्ने बताए।  

कोइराला परिवारमा पार्टी राजनीतिमा कसले स्थान बनाउने र कसलाई अघि बढाउने भन्ने होड र विवाद छ। यसले पारिवारिक बेमेल र तिक्तता निम्ताएको कांग्रेसका नेता–कार्यकर्ता बताउँछन्। पार्टीको आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्ने चाहना शेखर र शशांक दुवैमा छ। १४औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका शेखरले आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्न सोहीअनुसारको सक्रियता बढाएका छन्। शेखर जति महाधिवेशनकेपन्द्रत अभियान शशांकले चलाएका छैनन्। तर सभापति शेरबहादुर देउवासहितका नेताहरूको साथ र समर्थनसहित नेता–कार्यकर्ताको मन जित्ने र नेतृत्वमा पुग्ने रणनीति शशांकको छ। कोइराला परिवारको मात्र होइन, संस्थापन इतर र देउवा समूहलाई समेत विश्वासमा लिएर नेतृत्वमा पुग्न चाहन्छन् उनी। शेखर आफ्नै सक्रियता र पार्टीभित्रका सबै पक्षको मन जितेर नेतृत्वमा पुग्ने कसरतमा छन्।

‘भाइ फुटे गवार लुटे’ भनेजस्तै कांग्रेसको १४औं महाधिवेशनमा कोइराला परिवारका तीन नेता तीनतिर फर्कंदा नेतृत्वमा पुग्ने अवसर गुमेको कार्यकर्ताको बुझाइ छ। एकथरी शंशाक, शेखर र सुजातालाई एकै ठाउँमा उभ्याएर पार्टी नेतृत्व कोइराला परिवारमा फिर्ता ल्याउने प्रयासमा छन्। तर तीनजनाबिचको टकराव र औपचारिक मात्र सम्बन्धले कार्यकर्ताको प्रयास सफल भएको छैन। बिपी स्मृति दिवसमा पनि तीनजना अलग र फरक कार्यक्रममा सहभागी भएबाट आपसमा सौहार्दता नभएको पुष्टि हुन्छ।

कांग्रेस र कोइराला परिवारभित्रको विवाद नौलो होइन। २००९ सालमै एकाघरका दाजुभाइ बिपी कांग्रेस सभापति र मातृकाप्रसाद प्रधानमन्त्री भएदेखि नै विवाद सुरु भएको हो। दाजुभाइबिचको शक्ति संघर्षको होडले बिपीले मातृकालाई सरकारबाट फिर्ता मात्र बोलाएनन्, पार्टी निर्णय नमानेको भन्दै साधारण सदस्यसमेत नरहनेगरी हटाइदिए। बिपी र मातृकाको विवादलाई नजिकबाट नियालेको ‘इन्डियन नेसन’ ले २२ जुलाई १९५२ मा लेखेको थियो, ‘नेपाली कांग्रेसका प्रमुख नेताहरूलाई यो थाहै होला कि उनीहरूको कुनै ठुलो मतभेद नेपाली कांग्रेसका निम्ति मात्र हानिकारक छैन, अपितु संस्था र देशमा अहिले चलेको प्रजातान्त्रिक प्रणालीको प्रयोगका निमित्त पनि हानिकारक सिद्ध हुन्छ।’ यसैबिच सभापति देउवाले बिपीको आदर्श, मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशको मन्त्र भएको बताएका छन्। 

बिपी स्मृति सामुदायिक सहकारी अस्पतालले आयोजना गरेको कार्यक्रममा देउवाले बिपीको जीवन सधैं संघर्ष र आन्दोलनमा गुज्रिएको स्मरण गरे। उनले भने, ‘बिपी कोइरालाको राजनीतिक वा साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागिसमेत मार्गदर्शन हो।’ बिपीको सिद्धान्त र स्थापित मूल्य र मान्यताले नै कांग्रेस आजको स्थितिमा आएको धारणा राख्दै देउवाले भने, ‘राष्ट्रिय एकता, सामाजिक सद्भावलाई अझ बलियो बनाउन उहाँले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ।’ २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेपछि बिपीसहितका नेतालाई जेल हालेका थिए।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस