नेपाल मजदुर किसान पार्टीका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपाली कांग्रेस र नेकपा (एमाले) अवसरवादी भएको आरोप लगाएका छन्। मङ्गलबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सुवालले यस्तो आरोप लगाएका हुन्।
योग्य नेता र अर्थशास्त्रीको नेतृत्वमा देश नचल्दा नेपालीलाई दु:ख भएको उल्लेख गर्दै उनले भने, ‘सरकारमा गएका प्रजातन्त्रवादी र गणतन्त्रवादी दलहरू अवसरवादी र गन्तव्यहीन भए। नेपाली कांग्रेसका नेतृत्वले आफ्नो जहाजलाई कुन बन्दरगाहमा बिसाउने हो, मध्यरातमा हराएको जस्तो अन्योल अवस्थामा छ। नेपाली कांग्रेस के चाहन्छ, अत्तोपत्तो छैन। सरकारको नेतृत्व गरेको एमाले के वामपन्थी एकताको पटाका बोकेर काकाकुल जस्तै आकाशमा हिँडिरहेको हो र ? राजनीति कुनै खेल र हाँसो होइन।’
उनले शासक दलहरू गन्तव्यहीन हुँदै जाने हो भने नेपाल युवाविहीन हुने दाबी गरे। ‘विश्वविद्यालय र अन्य शिक्षण संस्था बुद्धिजीवीहरू भिक्षापात्रो अङ्ग्रेजी भाषामा बोकेर अमेरिकी काका त्यहाँ ठाउँ पाउँ भन्ने विलाप गरिरहेका हुने छन्,’ उनले भनेका छन्।