गण्डकीमा बजेटको सिद्धान्त तथा प्राथमिकता : आयोजना बैंकबाट योजना छनौट गर्ने
१२ जेष्ठ २०८३
•
३ मिनेट पाठ
गण्डकीमा बजेटको सिद्धान्त तथा प्राथमिकता : आयोजना बैंकबाट योजना छनौट गर्ने
गण्डकी प्रदेशले आगामी बजेटमा आयोजना बैंकबाट योजना छनौट गर्ने भएको छ।




गण्डकी प्रदेश सभामा मंगलबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आगामी आर्थिक वर्षको बजेटमा आयोजना बैंकबाट प्राथमिकताका आधारमा योजना छनौट गर्ने जानकारी दिएका हुन्।

हरेक बजेटमा पकेटका योजना र कनिका छराई बजेट ल्याएको भन्दै विरोध हुँदै आएको थियो। जसले समविकासमा बाधा पुग्नुका साथै बजेटको प्रभावकारी कार्यान्वयन नहुने गरेको आरोप लाग्दै आएको थियो।

सभामा बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले तयारी पूरा भएका आयोजनालाई मात्रै बजेट विनियोजन गर्ने बताए। ‘आयोजना बैंकमा सूचीकृत भएका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिनेछ’,उनले भने,‘स्रोत सुनिश्चितता भएका ढाँचाको निर्धारण र स्वीकृत परियोजनालाई प्राथमिकताका आधारमा क्रमशः कार्यान्वयनमा लगिनेछ।’

आर्थिक मामिला मन्त्री शेरचनले आगामी बजेट १६ औं पञ्च वर्षीय योजना र गण्डकी प्रदेशको दोस्रो पञ्च वर्षीय योजनालाई सफल बनाउने गरी ल्याउने बताए। उनले भने,‘उत्पादकत्व वृद्धि गर्दै रोजगारी सिर्जना गर्ने, आत्मनिर्भर प्रदेश, सुखी प्रदेशवासीको प्रादेशिक सोच कार्यान्वयनमा सहयोग पुग्ने गरी आगामी बजेट ल्याइनेछ।’

मन्त्री शेरचनले बजेट सङ्घीयताको सुदृढीकरणमा केन्द्रित हुने पनि उल्लेख गरे। त्यस्तै, बजेट अनुशासन तथा सार्वजनिक वित्तको उपयोग, आर्थिक अनुशासन कायम गर्न, आर्थिक क्षेत्र सुदृढीकरण, राजश्व क्षेत्रको सुदृढीकरणलगायतमा जोड दिएर ल्याइने बताए। 

साथै आर्थिक क्षेत्र सुदृढीकरण गर्न उत्पादन, उत्पादकत्व र रोजगारी बढाउने स्टार्टअप, नवप्रवर्तन र प्रविधिमैत्री कार्यक्रममा जोड दिइने उल्लेख गरे। उनले बजेटमा कृषिसँगै पर्यटनलाई पनि प्राथमिकता दिइने उल्लेख गरे। उनका अनुसार पर्यटक आगमनको तथ्याङ्क संकलनका लागि सूचना प्रणालीसहितको तथ्याङ्क संकलन केन्द्र स्थापना गरिनेछ।

प्रदेश सरकारले औद्योगिक तथा औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको कानुनी व्यवस्था गर्ने यसअघिको घोषणा दोहोर्याएको छ। पटक पटकको बजेटमा पर्ने तर कार्यान्वयन नगर्ने यो एजेण्डा आगामी बजेटमा पनि आउने मन्त्री शेरचनले स्पष्ट पारे। त्यस्तै, स्थानीय मदिरा उत्पादन तथा बिक्री वितरणलाई व्यवस्थित र नियमन गर्ने पुरानै नीति सरकारले आगामी बजेटमा पनि ल्याउने उनले बताए।

गण्डकी सरकारले शिक्षालाई प्रविधिमैत्री बनाउन तथा खोज अनुसन्धानमूलक शिक्षा प्रणालीको विकास गर्न पनि बजेट बढाउने जनाएको छ। ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि ‘सिक्दै कमाउँदैः अध्ययन तथा अनुसन्धान, विकास र सम्वद्र्धनका लागि प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरिनेछ’,उनले भने।

मन्त्री शेरचनले नवीनतम प्रविधिको प्रयोग गर्दै सेवा प्रवाहलाई छिटो, छरितो, प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन बजेट केन्द्रित हुने पनि उल्लेख गरे। उनले कर्मचारीको क्षमता अभिवृद्धि गर्दै मनोबल उच्च बनाउन पनि बजेटमा जोड दिइने बताए।

गण्डकी सरकारले दोहोरो कर हटाउने विषय बजेटको सिद्धान्त र प्राथमिकतामै राखेको छ। संघ, प्रदेश र स्थानीय तहले आफूखुसी कर लगाउँदा व्यवसायीदेखि पर्यटकसम्मले दोहोरो, तेहेरो कर तिर्नुपरेको व्यापक गुनासो आइरहँदा गण्डकी सरकारले त्यसलाई सम्बोधन गर्ने सङ्केत गरेको छ। मन्त्री शेरचनले भने,‘आगामी बजेटमार्फत संघ, प्रदेश र स्थानीय तहबाट एकै प्रकृतिका कामका लागि हुने गरेको दोहोरो कर हटाइनेछ।’

आन्तरिक स्रोतको परिचालनका लागि कर प्रशासनको क्षमता वृद्धि, राजस्वको दायरा बिस्तार, राजस्व चुहावट नियन्त्रण, राजश्वको नयाँ स्रोतहरूको पहिचान गरेर आन्तरिक आयमा वृद्धि गर्ने लक्ष्य पनि बजेटले लिने उनले बताए।
अर्को समाचार
गण्डकीमा बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता : आयोजना बैंकबाट योजना छनौट, दोहोरो कर हटाईने
१२ जेष्ठ २०८३
•
२ मिनेट पाठ
गण्डकीमा बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता : आयोजना बैंकबाट योजना छनौट, दोहोरो कर हटाईने
गण्डकी प्रदेशले आगामी बजेटमा आयोजना बैंकबाट योजना छनौट गर्ने भएको छ । गण्डकी प्रदेश सभामा मंगलबार आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आगामी आर्थिक वर्षको बजेटमा आयोजना बैंकबाट प्राथमिकताका आधारमा योजना छनौट गर्ने जानकारी दिएका हुन् । हरेक बजेटमा पकेटका योजना र कनिका छराई बजेट ल्याएको भन्दै विरोध हुँदै आएको थियो । जसले समविकासमा बाधा पुग्नुका साथै बजेटको प्रभावकारी कार्यान्वयन नहुने गरेको आरोप लाग्दै आएको थियो ।




सभामा बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले तयारी पूरा भएका आयोजनालाई मात्रै बजेट विनियोजन गर्ने बताए । आयोजना बैंकमा सूचीकृत भएका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिनेछ,उनले भने,‘स्रोत सुनिश्चितता भएका ढाँचाको निर्धारण र स्वीकृत परियोजनालाई प्राथमिकताका आधारमा क्रमशः कार्यान्वयनमा लगिनेछ ।’

आर्थिक मामिला मन्त्री शेरचनले आगामी बजेट १६ औं पञ्च वर्षिय योजना र गण्डकी प्रदेशको दोस्रो पञ्च वर्षिय योजनालाई सफल बनाउनेगरी ल्याउने बताए । उनले भने,‘उत्पादकत्व बृद्धि गर्दै रोजगारी सिर्जना गर्ने, आत्मनिर्भर प्रदेश, सुखी प्रदेशवासीको प्रदेशिक सोंच कार्यान्वयनमा सहयोग पुग्ने गरी आगामी बजेट ल्याईनेछ ।’

मन्त्री शेरचनले बजेट संघीयताको सुदृढिकरणमा केन्द्रीत हुने पनि उल्लेख गरे । त्यस्तै, बजेट अनुशासन तथा सार्वजनिक वित्तको उपयोग, आर्थिक अनुशासन कायम गर्न, आर्थिक क्षेत्र सुदृढिकरण, राजश्व क्षेत्रको सुदृढिकरणलगायतमा जोड दिएर ल्याईने बताए । उनले बजेटमा कृषिसँगै पर्यटनलाई पनि प्राथमिकता दिईने उल्लेख गरे । उनका अनुसार पर्यटक आगमनको तथ्याङ्क संकलनका लागि सूचना प्रणालीसहितको तथ्याङ्क संकलन केन्द्र स्थापना गरिनेछ ।

गण्डकी सरकारले शिक्षालाई प्रविधीमैत्री बनाउन तथा खोज अनुसन्धानमूलक शिक्षा प्रणालीको विकास गर्न पनि बजेट बढाउने जनाएको छ । ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि ‘सिक्दै कमाउँदै’ः अध्ययन तथा अनुसन्धान, विकास र सम्वद्र्धनका लागि प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गरिनेछ’–उनले भने ।

मन्त्री शेरचनले नवीनतम प्रविधिको प्रयोग गर्दै सेवा प्रवाहलाई छिटो, छरितो, प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन बजेट केन्द्रीत हुने पनि उल्लेख गरे । उनले कर्मचारीको क्षमता अभिवृद्धि गर्दै मनोबल उच्च बनाउन पनि बजेटमा जोड दिईने बताए ।

गण्डकी सरकारले दोहोरो कर हटाउने विषय बजेटको सिद्धान्त र प्राथमिकतामै राखेको छ । संघ, प्रदेश र स्थानिय तहले आफूखुशी कर लगाउँदा व्यवसायीदेखि पर्यटकसम्मले दोहोरो, तेहेरो कर तिर्नुपरेको व्यापक गुनासो आईरहँदा गण्डकी सरकारले त्यसलाई सम्बोधन गर्ने संकेत गरेको छ । मन्त्री शेरचनले भने,‘आगामी बजेटमार्फत संघ, प्रदेश र स्थानिय तहबाट एकै प्रकृतिका कामका लागि हुने गरेको दोहोरो कर हटाईनेछ ।’ आन्तरिक स्रोतको परिचालनका लागि कर प्रशासनको क्षमता बृद्धि, राजस्वको दायरा बिस्तार, राजस्व चुहावट नियन्त्रण, राजश्वको नया स्रोतहरुको पहिचान गरेर आन्तरिक आयमा बृद्धि गर्ने लक्ष्य पनि बजेटले लिने उनले बताए ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस