प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा शुक्रबार गठन भएको सरकारमा संविधानको मर्मअनुसार पहिलो पटक ३३ प्रतिशत महिलाको प्रतिनिधित्व भएको छ। संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता शाह नेतृत्वमा गठित १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच महिला मन्त्री छन्। जसमा कानुनमन्त्री सोविता गौतम, स्वास्थ्यमन्त्री निशा मेहता, संघीय मामिलामन्त्री प्रतिभा रावल, कृषिमन्त्री गीता चौधरी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी छन्। उनीहरूले शुक्रबार पद तथा गोपनीयताको शपथसहित पदभार सम्हालेका छन्।
विद्यमान संविधानमा भएको समावेशिताको सिद्धान्तअनुसार रास्वपाले पहिलो पटक सरकारमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराएपछि त्यसको प्रशंसा भएको छ । संविधानसभाबाट संविधान जारी भएपछि बनेको सरकारमा पहिलो पटक यसरी ३३ प्रतिशत महिलाको प्रतिनिधित्व भएको हो। शाह नेतृत्वको सरकारमा सहभागी महिला मधेसी, दलित, थारु र खसआर्य समुदायका छन्।
अन्तरिम संविधान, २०६३ मा समावेशिताको व्यवस्था थियो । सो संविधानअनुसार २०६४ सालमा भएको संविधानसभाको निर्वाचनपछि गठित सरकारमा समावेशिताको सिद्धान्तअनुसार महिलाको प्रतिनिधित्व भए पनि ३३ प्रतिशत हुन सकेको थिएन। यसरी मुलुकले समावेशिताको सिद्धान्त अनुशरण गरेपछि अहिले आएर पहिलो पटक सरकारमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व भएको हो।
यसअघि २०७९ सालको निर्वाचनपछि बनेको २३ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना महिला मन्त्री थिए। एमाले र रास्वपाको समर्थनमा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बनेको उक्त सरकारमा ज्वालाकुमारी साह, रेखा शर्मा, भगवती चौधरी, विमला पौड्याल राई, सुशीला श्रीपाली ठकुरी र तोसिमा कार्की मन्त्री थिए। दाहाल नेतृत्वको उक्त सरकारमा महिलाको प्रतिनिधित्व करिब २६ प्रतिशत थियो।
बाबुराम भट्टराई नेतृत्वमा २०६८ साल भदौमा बनेको र २०६९ जेठमा हेरफेर भएको भएको मन्त्रिपरिषद्मा महिलाको प्रतिनिधित्व २४ प्रतिशत थियो। भट्टराई नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री र राज्यमन्त्री गरी १० महिला थिए। २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५३ सदस्यी हुँदा मन्त्री र राज्यमन्त्री गरी आठ महिला थिए।
समावेशिताको सिद्धान्तअनुसार संघीय संसद्मा पनि हरेक दलबाट ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने बाध्यकारी व्यवस्था छ।
नेपालको संविधानले राज्यका हरेक निकायमा समावेशिताको सिद्धान्तअनुसार ३३ प्रतिशत महिला हुनुपर्ने भने पनि महिलाको क्षमतामाथि शंका गर्दा यो व्यवस्था पूर्ण रुपमा कार्यान्वयन हुन सकेको थिएनन् तर अहिले शाह नेतृत्वको १५ सदस्यीय सरकारमा पाँच महिलासहित ३३ प्रतिशतको प्रावधान कार्यान्वयन भएको छ। सरकारमा लैंगिक र समुदायिक हिसाबले पनि प्रतिनिधित्व भएको छ।