निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आचारसंहिता लागू गर्ने अन्तिम तयारी थालेको छ। आयोगले राजनीतिक दलसगँको छलफल पछि माघको २ वा ३ गतेभित्र पूर्णरूपमा आचारसंहिता कार्यान्वयनमा ल्याइने जनाएको छ ।
विगतमा निर्वाचनभन्दा करिब १२० दिन अगावै आचारसंहिता लागू गरिँदै आए पनि यसपटक निर्वाचनको समय तालिका छोटो भएकाले आचारसंहिता केही ढिला लागू गर्न लागिएको आयोगको भनाइ छ। यसअघि ८६ दिन बाँकी रहँदा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गरिएको उदाहरण रहेको आयोगले जनाएको छ।
आयोगका अनुसार यसपटक निर्वाचनको लागी करिब ६ महिनाको समय मात्रै हुदाँ अन्तर्राष्ट्रिय अभ्यास र विगतको अनुभवका आधारमा कार्यतालिका तयार गरिएको बताएको छ । आयोगले प्रचार–प्रसारको अवधि लामो हुँदा खर्च बढ्ने र आचारसंहिता उल्लंघनको सम्भावना पनि बढ्ने भन्दै घरदैलो अभियानको अवधि तोकेर छलफल भइरहेको आयोगले जानकारी दिएको छ ।
साथै हालसम्म आचारसंहिता छोट्याइएको वा ढिला गरिएको नभई निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्न आवश्यक योजना अनुसार काम भइरहेको दाबी आयोगको छ ।
आयोगले राजनीतिक दलहरूलाई माघ ९ गते निर्वाचन चिन्ह प्रदान गर्ने र फागुन २१ गते मतदान गर्ने कार्यतालिका तयार गरेको छ ।