नेपाली कांग्रेसले सरकारबाट बाहिरिने तयारी गरेको छ। पार्टीका प्रभावशाली नेता तथा पदाधिकारीले पार्टी सरकारबाट बाहिरिनेगरी छलफल सुरु गरेका छन्।
‘बिहान पदाधिकारी र कार्यसम्पादन समितिको बैठक राखेर निर्णय गर्ने तयारी थियो, त्यो सम्भव भएन,’ नागरिकसँग कुराकानी गर्दै कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने, ‘महामन्त्री ज्युहरू(गगन थापा र विश्वप्रकाश शर्मा), पार्टीका सिनियर नेताहरूसँग एक किसिमले छलफल भइरहेको छ। जसमा पार्टी अब सरकारमा बसिरहनुको औचित्य रहेन भन्ने निष्कर्ष छ।’ अब त्यही अनुसार पार्टीले आधिकारिक निर्णय लिएर सरबारबाट बाहिरिने तयारीमा रहेको उनले बताए।
सभापति शेरबहादुर देउवा पनि यसमा तयार हो त? भन्ने नागरिकको प्रश्नमा विश्वकर्माले भने, ‘उहाँ पार्टीको नेता हो, पार्टीले नै सामूहिक निर्णय गर्छ।’ विश्वकर्मा संस्थापन पक्षकै नेता हुन्।
यस्तै कांग्रेसले तत्कालको स्थिति समाधानका लागि तीन बुँदामा विकल्पको प्रस्तावमा छलफल गरिरहेको पनि विश्वकर्माले बताए। ‘पहिलो अब कांग्रेस सरकार छाड्ने, दोस्रो आन्दोलनरत् पक्षसँग सार्थक वार्ता गर्ने र तेस्रो प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार गठनको वातावरण बनाउने भन्नेबारे हामी छलफल गरिरहेका छौं,’ विश्वकर्माले भने।
कांग्रेसले सरकार छाडे प्रधानमन्त्री ओलीले आफै मार्ग प्रशस्त गर्ने कांग्रेसको विश्वास छ। ‘यस्तो विषम परिस्थितिमा उहाँले निकास दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘मुलुकको हितका लागि उहाँले त्यो गर्नुहुन्छ।’
यसअघि सोमबार साँझको पार्टी पदाधिकारी बैठकमा महामन्त्री शर्माले कांग्रेसले सरकार छाड्नुपर्ने प्रस्ताव राखेका थिए। अर्का महामन्त्री थापाले बिहानै फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गरेर अब कांग्रेस सरकारमा फर्किनुपर्ने र पार्टीको निर्णय गराउन आफू लाग्ने बताएका थिए।
डा. शेखर कोइरालाले आफू पक्षका मन्त्रीहरूलाई राजीनामा दिन सुझाइसकेका छन्। सोहीअनुसार कृषि मन्त्री रामनाथ अधिकारीले राजीनामाको घोषणा पनि गरिसकेका छन्।