दाहाल-डाेभाल भेट दिल्लीमा: नेपालमा स्थिर लोकतन्त्रका पक्षमा भारत
२३ पौष २०८२
•
४ मिनेट पाठ
दाहाल-डाेभाल भेट दिल्लीमा: नेपालमा स्थिर लोकतन्त्रका पक्षमा भारत
नयाँदिल्लीमा आयोजित ‘एकता सन्देशसभा तथा साक्षात्कार कार्यक्रम’ मा सहभागी हुन पुगेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सोमबार स्वदेश फर्किएसँगै नेपाली राजनीति तरंगित हुन पुग्यो। कारण थियो - आइतबार राती भारत सरकारको सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभलसँग दाहालको वान टु वान ‘डिनर मिटिङ’।




पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल दिल्ली पुगेका बेला उनी बसेकै होटलमा पुगेर डिनर मिटिङ गरेको भारतीय सञ्चारमाध्यमले खुलाएको छ। भेटका क्रममा नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे प्रचण्डले डोभाललाई बेलिविस्तार लगाएका थिए। फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनका विषयमा समेत उनले जानकारी गराएका थिए।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत आगामी निर्वाचनमा सहकार्यका लागि आफ्नो कुराकानी भइरहेको भेटका क्रममा उनले बताएको स्रोतको भनाइ छ।

दाहालले यति भनिसकेपछि डोभालले नेपालमा लोकतन्त्र मजबुत होस् भन्ने आफ्नो चाहना रहेको बताएका थिए। उनले लोकतन्त्रको अभिन्न अंग निर्वाचन भएकाले निर्वाचनमा सहभागी हुनुपर्ने विचार राखेका थिए। उनले नेपालमा लोकतन्त्र रक्षाका लागि सबै दल निर्वाचनमा सहभागी हुनुपर्ने धारणा दाहालसमक्ष राखेका थिए।

निर्वाचनमार्फत नेपालमा लोकतन्त्रलाई सुरक्षित गर्न र मजबुती दिने विषयले बैठकमा प्रमुखता पाएको स्रोतको भनाइ छ।

डोभालले विद्यमान राजनीतिक जटिलता समाधानका लागि निर्वाचन नै उत्तम विकल्प भएकाले दलहरू निर्वाचनमा जानुपर्ने सुझाएका थिए।

स्रोतका अनुसार डोभालमार्फत भारतले नेपालमा निर्वाचनमाबाटै लोकतन्त्रलाई मजबुती दिनुपर्ने मूल सन्देश दिएको स्रोतले बतायो। जनताका मतबाट प्राप्त जनादेश नै लोकतन्त्रलाई मजबुती दिने उपयुक्त विकल्प भएको डोभालले दाहालसँग विचार साझा गरेको स्रोतले बतायो। नेपालमा मजबुत र स्थायी लोकतान्त्रिक सरकारप्रति भारतको दृढ प्रतिबद्धता डोभालमार्फत व्यक्त भएको स्रोतले बतायो।

स्रोतका अनुसार डोभालले दाहाललाई निर्वाचन नै राजनीतिक प्रणाली जोगाउने एक मात्र उपाय भएको बताएका थिए र भारतीय पक्षले पनि आफूहरूले छिमेकी मुलुकमा राजनीतिक स्थायित्व चाहेको बताएको थियो।

निर्वाचनलक्षित भारतीय पक्षको धारणाप्रति प्रतिक्रिया जनाउँदै दाहालले नेपालमा राजनीतिक दलहरू निर्वाचनको विपक्षमा नरहेको सन्देश डोभालमार्फत भारतीय पक्षलाई दिएका छन्।

दिल्ली भ्रमणमा जानुअघि दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। डोभालसँगको भेटमा दाहालपुत्री गंगासमेत सहभागी थिइन्।

दिल्लीमा आयोजित एकता सन्देशसभा तथा साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा जेनजी आन्दोलनपछि अन्तरिम सरकार बनेको दाबी दोहोर्‍याएका थिए।

यस्तै फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिएसँगै प्रमुख दलका शीर्षनेताहरूको ‘दिल्ली दौडधुप’ बढेको छ।

विभिन्न कार्यक्रम एवं उपचार बहाना बनाउँदै नयाँदिल्ली पुगिरहेका उनीहरू भारतीय संस्थापन पक्ष भारतीय जनता पार्टी (विजेपी) का शीर्ष नेतासँग भेटघाट गर्दै फर्किरहेका छन्। दुईदिने नयाँदिल्ली भ्रमण सकेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल सोमबार काठमाडौं फर्किएकै दिन नेपाली कांग्रेस नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार नयाँदिल्ली पुगेकी छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी आरजु नयाँदिल्लीमा विशेष भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ।

दिल्ली पुग्ने नेताहरूलाई निर्वाचनमा सहभागी हुन सल्लाह सुझाव दिँदै फर्काइरहेको स्रोतको दाबी छ। ‘निर्वाचनमा तपाईंहरू मिलेर सहभागी हुनुस्। निर्वाचित भएर सरकार बनाउनुस्, हाम्रो साथ सहयोग सधैं रहने छ भन्दै नेपाली नेताहरूलाई दिल्लीले सन्देश दिने गरेको स्रोतको भनाइ छ।

दिल्लीका नेताहरूलाई सन्देश एउटै छ - यो अस्थिरता चाँडै अन्त्य होस्। नेपालमा बंगलादेशजस्तो परिस्थिति निर्माण नहोस् भन्ने दिल्लीको चाहना रहेको स्रोतले बतायो। नेपालका नेतालाई भारतीय पक्षले दिएको सुझावको निष्कर्ष सुनाउँदै स्रोतले भन्यो, ‘दाहालमार्फत नेपाली राजनीतिक दललाई दिल्लीले दिएको सन्देश भनेको निर्वाचनमार्फत नेपालमा लोकतान्त्रिक सरकार निर्माण नै हो।’

भारतको संयोजनमा भएको बाह्रबुँदे सहमति र त्यसको जगमा भएको २०६२/६३ को आन्दोलनले नेपालमा राजतन्त्र अन्त्यलाई भारतले आफ्नो उपलब्धिका रूपमा लिँदै आएको अवस्थामा आसन्न निर्वाचनका बेला पारेर त्यही पक्षधर दलका नेता पालैपालो नयाँदिल्ली जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यसअघि अघिल्लो साता पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराई चारदिने भ्रमण सकेर काठमाडौं फर्किएका छन्। भ्रमणमा डा. भट्टराईले मुम्बईको प्रतिष्ठित प्राविधिक संस्था भारतीय प्रौद्योगिकी संस्थानले आयोजना गरेको महोत्सवमा भाग लिएका थिए।

जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि नेपालमा राजनीतिक संक्रमणकाल चलिरहेको छ। यही अस्थिरता चिर्न नेपालमा आगामी फागुन २१ मा आमनिर्वाचन घोषणा गरिएको छ। नेपाललाई अहिले अस्थिरताबाट स्थिरतातर्फ लग्न निर्वाचन नै एक मात्र विकल्प हो। भारतको प्रमुख चासो नै नेपालमा जति सक्दो चाँडो स्थिर र लोकतान्त्रिक सरकारले बागडोर सम्हालोस् भन्ने हो।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
७ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस