नेकपा एमालेको भावी विधान महाधिवेशनमा दलित समुदायको मुद्दालाई समेट्न माग गरिएको छ । दलित समुदायका मुद्दा नीति तथा योजनामा समेट्ने योजनाका साथ काम गर्न मुक्ति समाज नेपालले सुझाएको हो ।
दलित मुक्ति संघर्षको लामो अवधि र नेपालमा पटक–पटक भएका राजनीतिक परिवर्तनपछि पनि दलित समुदायका धेरै समस्या यथावत रहेको उल्लेख गर्दै अबको विधानमा दलितको समस्या हल हुने गरी समावेश गर्न माग गरिएको हो ।
मुक्ति समाज नेपालका महासचिव सोमनाथ पोर्तेलले राजनीतिक परिवर्तनको लामो समयपछि पनि दलित समुदायमा विद्यमान गरिबी, शिक्षा, भूमिहिनता, जातीय विभेद र छुवाछुतको स्थितिमा खास सुधार आउन नसकेको सूचाङ्क प्रस्तुत गरे ।
पछिल्लो जनगणनाअनुसार दलित समुदायको जनसंख्या ४९ लाख ९८ हजार भन्दा बढी जनसंख्या रहेकोमा ५२ प्रतिशत साक्षर, ४१ प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि रहेकोले उनीहरुको गरिबी घट्ने दर न्यून रहेको औल्याए ।
७७ प्रतिशत दलित समुदाय कृषि पेशामा रहेकोमा ९५ प्रतिशत दलित किसान भूमिविहीन रहेको, निजामती सेवामा २ प्रतिशत, न्याय सेवामा १ प्रतिशत, नीति निर्माण तहमा ६.८ प्रतिशत, प्रदेश सरकारमा ४.५ प्रतिशत र स्थानीय तहमा २३ प्रतिशत दलित समुदायको उपस्थिति उल्लेख गर्दै अब एमालेले विधानमै समावेश गरेर दलितको उपस्थिति बढाउन माग गरिएको हो ।
अन्तर्क्रियामा सांसद ईश्वरी रिजालले राजनीतिक दल व्यावहारिक रुपमै जवाफदेही हुने गरी अवको विधान बन्नु पर्ने बताए । दलित माथिको विभेद अन्त्यको लागि बनेको संविधान कार्यान्वयन गर्ने र सबै खालको विभेद अन्त्य गर्न स्पष्ट नीति तथा कार्ययोजना समावेश गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा दलित नेता तिर्थ बर्मा र तेज सुनारले विद्यमान जातीय विभेदको अन्त्य नेकपा एमालेको नीति र नियत दुवैमा हुने गरी विधानमा समावेश गर्न सुझाएका छन् । ‘ जातीय विभेदको अन्त्यको लागि संविधानमा व्यवस्था भएका कुरालाई लागू गर्ने विषयमा गम्भिर भएमा धेरै समस्या समानधान हुन्छ’ नेता सुनारले भने ।
कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेका उप–महासचिव प्रदिप ज्ञवालीले दलित समुदाय माथ विद्यमान समस्या जातीय र वर्गीय दुवै भएकोले जातीय विभेदको अन्त्यको लागि नेकपा एमालेले राष्ट्रिय अभियानको रुपमै अघि बढाउनु पर्ने बताए । नेकपा एमालेको आउँदो विद्यमान महाधिवेशलाई लक्षित अन्तर्क्रिया सञ्चालन गरिएको हो ।