खोटाङका अनसनरत नगर प्रमुख तीर्थराज भट्टराईको जीवन रक्षाको माग
१६ साउन २०८२
•
२ मिनेट पाठ
खोटाङका अनसनरत नगर प्रमुख तीर्थराज भट्टराईको जीवन रक्षाको माग
जिल्ला समन्वय समिति खोटाङ र राष्ट्रिय मानव अधिकार आयोगले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै अनसनरत नगर प्रमुख तीर्थराज भट्टराईको जीवन रक्षाको माग गरेका छन्।




जिल्ला समन्वय समिति खोटाङका अध्यक्ष सनबहादुर राई र राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले प्रेस विज्ञप्तिमार्फत साे कुराकाे माग राखेका हुन्।

सात बुँदे माग राखेर तीन दिनको सत्याग्रहपछि साउन १४ गतेदेखि माइतीघर मण्डलामा आमरण अनशनमा बसेका नगर प्रमुख भट्टराईलाई स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको सल्लाह अनुसार उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो।

आमरण अनसनबाट स्वास्थ्यस्थिति गम्भीर बन्दै गएकाले उनको जीवनरक्षाका लागि सरकारसमक्ष अपिल गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘दिगो विकासका लागि नागरिकको सुरक्षित भविष्य निर्माणमा राज्यलाई सहयोग पुग्ने संवेदनशील विषयहरूमा बेवास्ता गर्नु लोकतन्त्रको उपहास नै हो। सङ्घीयता कार्यान्वयनको सिलसिलामा सङ्घ, प्रदेश र स्थानीय सरकारहरूको सहकार्यात्मक प्रयासबाट मात्र उपर्युक्त सवालहरूले निकास पाउँछ र सहजीकरणमा सङ्घीय सरकारको प्रमुख भूमिका हुनुपर्दछ।’

नगर प्रमुखले सत्याग्रह, आमरण अनसन हुँदै मागको सुनवाइ नभए देहत्याग गर्ने सङ्कल्प लिएका छन्। उनले उठाएका मागप्रति ऐक्यबद्धता जाहेर गर्दै सवालहरूको समयमै सम्बोधन गर्न सङ्घीय सरकार समक्ष आग्रह गरेका छन्।

स्वास्थ्यमा एकाएक समस्या देखिएपछि अनशनस्थल माइतीघरबाट उपचारका लागि वीर अस्पतालमा लगिएको उनलाई प्रेसर लाे, सुगर लो, रिँगटा लाग्ने जस्ता समस्या देखिएको थियो।

उपचारमा संलग्न चिकित्सकले स्वास्थ्यमा अझैं समस्या देखापर्न सक्ने भन्दै डिस्चार्ज दिन नमानेपछि भट्टराईले आफ्नो स्वास्थ्यको जिम्मा आफैं लिने कागज गरेका हुन्। डिस्चार्ज भएर पुनः माइतीघरमै आमरण अनशन बस्ने उनको तयारी छ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेल, नेतृ सरस्वती बजिमय र मानवअधिकारकर्मीले भेटेर उनका स्वास्थ्य स्थिति बुझेका थिए।

उनको सात बुँदे मागमा जलवायु परिवर्तनको असरलाई जोगाउन सरकारले ठोस कानून बनाउनुपर्ने, बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार गरी कानून बनाउनुपर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त कर लिन पाउने कानून बनाउनुपर्ने लगायत रहेको छ।

अस्पताल भर्ना भए पनि उनले अनशनलाई निरन्तरता दिइरहेको प्रमुख भट्टराईको सचिवालयले जनाएको छ।

आमरण अनसन सिंगो देशको प्रकृति, संस्कृति र भूँईमान्छेको हितका लागि भएको बताउँदै उनले माग सम्बोधन नभए देहत्याग गर्ने संकल्प लिएका छन्।

पारिवारिक स्रोतको अनुसार उनको स्वास्थ्यमा अझै सुधार आएको छैन र उनको सचिवालयले अस्पतालबाट डिस्चार्ज भएपछि निरन्तर रूपमा अनसनमा रहने बताएका छन्।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
३ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
यो पनि पढौँ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस