देउवा समूहमा सभापतिको रस्साकस्सी, निधिले समर्थन माग्दा शशांक मौन
१० मंसिर २०८३
•
७ मिनेट पाठ
देउवा समूहमा सभापतिको रस्साकस्सी, निधिले समर्थन माग्दा शशांक मौन
क्याप्शन
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले यही मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा आयोजना गर्न लागेको समानान्तर १५औं नियमित महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको विषय पेचिलो बन्दै गएको छ।




पूर्वसभापति देउवाले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने चाहना राख्दै महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालालाई अघि सार्ने संकेत गरे पनि पूर्वउपसभापति विमलेन्द्र निधिले सभापतिमा दाबेदारी प्रस्तुत गरेपछि प्रतिस्पर्धाको सम्भावना देखिएको छ।

निधिले बुधबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा महाधिवेशन तयारी समितिको बैठकअघि कोइरालालाई भेटेर सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।

स्रोतका अनुसार १४औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरी दोस्रो चरणमा सघाएको, विगतमा कोइरालालाई महामन्त्री र अहिले महाधिवेशन तयारी समिति संयोजक बनाउन सहयोग गरेकाले यसपटक सभापतिमा आफ्नो उम्मेदवारी स्वाभाविक हुने धारणा निधिले राखेका थिए।

निधिले समर्थन माग्दा कोइरालाले भने कुनै प्रतिक्रिया जनाएको छैनन्। निधिले सार्वजनिक रूपमा भने उम्मेदवारीबारे खुल्न चाहेनन्।

देउवा पक्षले गत साउनको राष्ट्रिय सम्मेलनबाट पूर्वमहामन्त्री कोइरालालाई १५औं नियमित महाधिवेशन तयारी समितिको संयोजक बनाएपछि उनैलाई भावी सभापतिका रूपमा हेरिएको थियो।

कोइरालानिकट नेताहरूका अनुसार सर्वोच्च अदालतबाट आधिकारिकता नपाएको अवस्थामा समेत कांग्रेस र कोइराला परिवारप्रतिको भावनात्मक सम्बन्ध जोगाइराख्न देउवाले शशांकलाई नै राजनीतिक उत्तराधिकारीका रूपमा अघि सार्न खोजेका हुन्।

बिहीबार बिहान महाराजगन्जस्थित देउवा निवासमा भेटिएका नेताहरूका अनुसार देउवाले सर्वसम्मत नेतृत्व चयनको चाहना राखे पनि सहमति नभए लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचन हुने बताएका छन्। प्रदेश अधिवेशन सम्पन्न भएपछि देउवाकै उपस्थितिमा औपचारिक छलफल गरी नेतृत्व टुंग्याउने तयारी रहेको देउवानिकट नेताहरूको भनाइ छ।

राजनीतिक विरासत बोकेका बीपीपुत्र कोइराला र महेन्द्रनारायणपुत्र निधिसँगै पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच १३औं महाधिवेशनदेखि नै एक जना सभापतिको उम्मेदवार बन्ने विषयमा लन्च मिटिङ सहित पटक-पटक संवाद हुँदै आएको थियो।

तर, २०७८ मंसिर २४-२८ मा सम्पन्न १४औं महाधिवेशनमा निधि र सिंह दुवै प्रतिस्पर्धामा उत्रिँदा कोइरालाले देउवालाई सघाएका थिए।

उक्त महाधिवेशनको पहिलो चरणमा चार हजार ७४३ प्रतिनिधिमध्ये चार हजार ६७९ जनाले मतदान गर्दा देउवाले दुई हजार २५८, डा. शेखर कोइरालाले एक हजार ७०२, सिंहले ३७१, निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए। दोस्रो चरणमा सिंह, निधि र गुरुङले देउवालाई समर्थन गरेका थिए।

यसपटक सिंहले उम्मेदवारीबारे औपचारिक धारणा सार्वजनिक नगरे पनि कोइरालालाई सभापति स्वीकार गर्न सकारात्मक रहेको उनीनिकट नेताहरूको दाबी छ।

यता १३औं महाधिवेशनमा सभापतिका प्रत्याशी रहेका पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले आफू कुनै पनि पदमा उम्मेदवारी नदिने स्पष्ट पारेका छन्। ‘मैले कुनै पनि पदमा उम्मेदवारी दिन्नँ। अब नयाँ पुस्ताका लागि हामीले बाटो छोडिदिनुपर्छ,’ सिटौलाले भने। देउवा समूहमा सिटौला, निधि र सिंहलाई वरिष्ठ नेता बनाएर व्यवस्थापन गर्ने चर्चासमेत छ।

दोस्रो पुस्ताका नेताहरू डा. प्रकाशशरण महत र एनपी साउदको नाम पनि सभापतिका लागि चर्चामा छ। महतले आफू सहमतिकै पक्षमा रहेको तर सहमति नभए सभापतिमा उम्मेदवारी दिन तयार रहेको बताएका छन्।

यता साउदले पदको बाँडफाँटभन्दा समझदारीमा जोड दिइएको उल्लेख गर्दै भने, ‘सकभर १५औं महाधिवेशन सर्वसम्मतिले नै सम्पन्न होस् भन्ने गृहकार्य भइरहेको छ। सहमति भएन भने निर्वाचन हुन्छ। सहमतिको अवस्थामा जुनसुकै जिम्मेवारी स्वीकार गर्न तयार छु।’

१४औं महाधिवेशनमा देउवाका प्रतिद्वन्द्वी रहेका शेखर कोइराला र पूर्वउपसभापति पूर्णबहादुर खड्का भने यो महाधिवेशन प्रक्रियामा सहभागी छैनन्। यद्यपि, शेखरनिकट केही नेताहरू महाधिवेशनमा जोडिएका छन्।

सभापतिमा कोइरालाको नाममा सहमति जुटाउने प्रयास भइरहँदा उपसभापति र महामन्त्री पदमा आकांक्षीको व्यवस्थापन देउवाका लागि चुनौतीपूर्ण देखिएको छ। अहिले १४औं महाधिवेशनकै पदाधिकारी संख्या कायम राख्ने र महाधिवेशनपछि विधान संशोधनमार्फत मनोनयन गरी पदाधिकारी तथा कार्यसमितिको आकार विस्तार गर्ने तयारी देउवा पक्षको छ।

सहमतिमा नेतृत्व चयन भए नेता बालकृष्ण खाँणलाई वरिष्ठ उपसभापतिको जिम्मेवारी दिने चर्चा चले पनि औपचारिक सहमति भएको छैन। देउवाले महत र साउदलाई उपसभापतिमा व्यवस्थापन गर्ने योजना बनाएको नेताहरू बताउँछन्।

यसैगरी, सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले उपसभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्। पूर्वसहमहामन्त्री उमाकान्त चौधरी, मोहनबहादुर बस्नेत र मदनकृष्ण अमात्य पनि उपसभापतिका आकांक्षी देखिएका छन्।

सबैभन्दा कडा प्रतिस्पर्धा दुई महामन्त्री पदमा देखिएको छ। सभापतिपछिको शक्तिशाली कार्यकारी पद मानिने महामन्त्रीका लागि पूर्वगृहमन्त्री रमेश लेखक, नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेत, नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्ले, तरुण दलका पूर्वमहामन्त्री भूपेन्द्रजंग शाही, गुरु बराल र किरण पौडेललगायत आधा दर्जनभन्दा बढी नेता दौडमा छन्।

काफ्लेले सामाजिक सञ्जालमा कुन्दन फर महामन्त्री अभियान नै चलाएका छन् भने शाही र बस्नेत पनि खुलस्त तयारीमा जुटेका छन्।

जेन-जी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकको तत्कालीन महामन्त्री गगन थापासँग राम्रो सम्बन्ध रहे पनि हाल उनी देउवा समूहबाट महामन्त्रीको तयारीमा छन्। यस्तै, आठ सहमहामन्त्रीमा अधिकांश युवा पुस्तालाई ल्याउने तयारी भइरहेको देउवा समूहका नेताहरूको भनाइ छ।

देउवा पक्षले हालसम्म ६० भन्दा बढी जिल्ला, १३९ क्षेत्रीय र दुई प्रदेशको अधिवेशन सहमतिमै सम्पन्न गरिसकेको जनाएको छ। ‘१५औं नियमित महाधिवेशन तयारी समिति’ अन्तर्गतको सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलका अनुसार महाधिवेशन व्यवस्थापनका लागि १० वटा समिति गठन गरिएको छ।

कुइँकेलका अनुसार महाधिवेशनमा आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। जसमा हरेक निर्वाचन क्षेत्रबाट ३८ जना, ७५३ पालिकाबाट प्रतिनिधि, ३०० मनोनीत, भ्रातृ संस्थाबाट २००, जनसम्पर्क समितिबाट २०० तथा निर्वाचित जनप्रतिनिधिहरू रहनेछन्।

देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्राचार गर्दै पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यहरू स्वतः आ-आफ्नो निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने जानकारी गराइसकेका छन्।

महाधिवेशन प्रतिनिधि शुल्क तीन हजार रुपैयाँ तोकिएको छ भने केन्द्रीय नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय भएको कुइँकेलले बताए।

अर्कोतर्फ, कांग्रेस सभापति गगन थापाले समानान्तर गतिविधिमा संलग्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी दिएका छन्। देउवा पक्षमा रहेका जनप्रतिनिधिहरूले भने कारबाही गरेर देखाउन थापालाई चुनौती दिएका छन्।

सर्वोच्च अदालतमा कांग्रेसको आधिकारिकता विवाद विचाराधीन रहँदा पार्टीमा दुईवटा महाधिवेशनको अवस्था बनेको छ। गत पुसमा भएको विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका गगन थापाले जिल्ला र प्रदेश अधिवेशन बाँकी राखेर गत असोज १८-२३ मा १५औं महाधिवेशन सम्पन्न गरिसकेका छन्। थापा समूहले जिल्ला र प्रदेश अधिवेशन पुस पहिलो साता गर्ने तयारी गरेको छ।

असोजको महाधिवेशनबाट निर्वाचित २३१ सदस्यीय कार्यसमितिको विवरण महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र सचिव कृष्णप्रसाद काप्रीलाई बुझाए पनि निर्वाचन आयोगले अझै अद्यावधिक गरेको छैन।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ (३) अनुसार एक महिनाभित्र विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था भए पनि संशोधित विधानअनुसार प्रक्रिया पूरा भए-नभएको अध्ययन जारी रहेकाले समय लागेको आयोगका पदाधिकारी बताउँछन्।

आयोगको ढिलाइलाई आधिकारिकता विवादसँग जोडेर हेरिएको छ। विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आयोगले गत माघ २ गते मान्यता दिएपछि देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चले वैशाख ४ गते रिट खारेज गरेपछि देउवाले साउन ६ र खड्काले साउन १२ गते पुनरावलोकन निवेदन दिएका थिए। साउन २१ गते सर्वोच्चले पुनरावलोकनको निस्सा दिएपछि विवाद पुनः अदालतमा विचाराधीन छ।

यसबीच, देउवा पक्षले मंसिर २१-२३ को महाधिवेशन कार्यतालिका निर्वाचन आयोगमा अभिलेख गराइसकेको छ। सर्वोच्च अदालतबाट आधिकारिकता नपाएमा वा स्थानीय निर्वाचनअघि मुद्दा नटुंगिएमा नयाँ पार्टी दर्ता गरेर चुनावमा जाने विकल्पमा देउवा पक्ष पुगेको छ।

‘हामी महाधिवेशन गरेर निर्वाचन आयोगमा विवरण पेस गर्छौं,’ देउवा पक्षीय नेताले भने, ‘सर्वोच्च अदालतबाट मुद्दा टुंगिएन भने स्थानीय निर्वाचनका लागि दल दर्ता गर्दा नयाँ पार्टी बन्छ। सर्वोच्चको फैसला आए पनि नआए पनि कांग्रेस दुई हुने अवस्था बनिसकेको छ।’
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
५ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
यो पनि पढौँ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस