फक्ताङलुङ र केसीएएमसीबीचको विवादः समस्या समाधानका लागि फक्ताङलुङद्वारा सरकारको ध्यानाकर्षण
१४ कार्तिक २०८२
•
३ मिनेट पाठ
फक्ताङलुङ र केसीएएमसीबीचको विवादः समस्या समाधानका लागि फक्ताङलुङद्वारा सरकारको ध्यानाकर्षण
फक्ताङलुङ गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐनसंग बाझिएका दफाहरु कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०६४ बाट हटाई काम गर्ने सहज वातावरण बनाईदिन सरकारको ध्यानाकर्षण गराएको छ।  




पालिका अध्यक्ष राजन लिम्बूले प्रधानमन्त्री सुशीला कार्की र कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीलाई सम्बोधन गरी १३ औं गाउँसभा अधिवेशनबाट पारित ५ बुँदे निर्णय कार्यान्वयन गरी स्थानीय सरकार मातहत रहेर संरक्षण सम्वन्धी कार्यहरु सञ्चालन गर्नेगरी नियमावली संशोधनको गरिदिन सरकारसंग माग गरेका हुन् । 

पालिका अध्यक्ष लिम्बूद्वारा नेपाल सरकारसँग प्रस्तुत ज्ञापनपत्रमा स्थानीय स्रोत साधन तथा प्राकृतिक उत्पादनका चिजबस्तुहरुको संरक्षण तथा व्यवस्थापनको दायित्व स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६४ तथा उपदफाहरुमा स्थानीय सरकारको हुने भनेर कानुनी प्रवन्ध गरेपनि कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०६४ ले उक्त कार्यको जिम्मेवारी प्रदान गरेको र उक्त जिम्मेवारी स्थानीय सरकार सञ्चालन ऐनसंग बाझिन गएकोले बाझिएको हदसम्मको कानुनी अलमल हटाइदिन आग्रह गरिएको छ ।

पालिकाले १३ औं गाउँ अधिबेशनमार्फत् नेपालको संबिधान २०७२ बमोजिमको आर्थिक अधिकारको प्रयोग तथा राजश्व बाँडफाँडमा संघ तथा प्रदेश सरकारबाट आवश्यक कानुन तर्जुमा तथा स्थानीय तहको अधिकार प्रयोगमा पूर्ण स्वतन्त्रता प्राप्त गर्नका लागि नेपाल सरकार समक्ष उक्त बिषय राख्ने निर्णय लिएको थियो । पालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७२ बमोजिम स्थानीय कर,सेवा शुल्क तथा दस्तुर सम्वन्धी अधिकार प्रयोग गर्नका लागि गाउँपालिका भित्रको ढुङ्गा, गिटी, बालुवा, काठ, दाउरा, जडिबुटीजस्ता प्राकृतिक एवम् खानीजन्य तथा नदीजन्य बस्तुको बिक्री तथा निकासी शुल्क दस्तुर संकलनमा कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाले रोक लगाईरहेको, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा नियमावली २०३०, संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०७७ लगायतका कानुनमा भएका स्थानीय सरकारका अधिकारलाई अंकुश लगाउने गरी जारी भएका कानुन संशोधनको माग समेत सरकारसंग गरेको छ ।  

फक्ताङलुङले संघीयताको मूल आधार सवल, सक्षम र अधिकार सम्पन्न स्थानीय सरकार भएकोमा जोड दिँदै स्थानीय सरकारको एकल अधिकारको रुपमा २२ वटा अधिकार मात्र रहेको र अन्य अधिकार साझा सूचीमा राखिएको हुँदा स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउने दिशामा नेपाल सरकारले आवश्यक कानुन बनाउने तथा संशोधन गर्ने प्रकृया अघि बढाउनुपर्ने बताएको छ । 

फक्ताङलुङले पालिका अन्तरगतका बिभिन्न वडामा सञ्चालित जलविद्युत आयोजनाहरुले स्थानीयबासीहरुका लागि स्थानीय सरकारमार्फत खर्च गर्नुपर्ने सामाजिक उत्तरदायित्व अन्तरगतको रकम कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्मार्फत कार्यान्वयन गर्नुपर्ने अन्यथा निर्माण प्रकृयाका लागि अनुमति नदिनेगरी संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जलविद्युत आयोजनाहरुलाई पत्राचार गरी स्थानीय सरकारलाई ‘बाइपास’ गरेको र एकल तथा मनोमानी ढंगले अघि बढेको भन्दै यसको उचित निकासका लागि नृेपाल सरकार र कोशी प्रदे्श सरकारको ध्यानाकर्षण गरेको छ ।

पालिकाले पालिकाका तीनवटा वडा कञ्चनजंघा संरक्षण क्षेत्रभित्र पर्दा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली तथा सो अन्तरगतका कानुनका कारण राजश्व संकलनमा समेत समस्या परेको भन्दै यसका कारणबाट पालिकाको आन्तरिक आय संकलन समेत कमजोर बनेको बिषय संघीय र प्रदेश सरकार समक्ष पेश गरेको छ ।  आन्तरिक आय कमजोर हुँदा आन्तरिक स्रोतबाट सञ्चालन गर्नुपर्ने विकासका कार्यमा समेत प्रत्यक्ष प्रभाव पारेको पालिकाको ठहर छ । 

कञ्चनजंघा संरक्षण क्षेत्रमा फक्ताङलुङ गाउँपालिकाको वडा नं ५ तापेथोक,६ लेलेप र ७ ओलाङचुङगोला तथा सिरिजङ्गा गाउँपालिकाको वडा नं ८ याम्फुदिन पर्दछन् ।
अर्को समाचार
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
१९ मिनेट अघि
•
१ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि सारिएको बताएका छन्।




काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग पनि संयुक्त मोर्चा निर्माण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उनको भनाइ छ।

देशभरबाट सामूहिक पहल गर्न सके त्यस्ता शक्तिबीच पनि एउटा मोर्चा निर्माण गर्न सकिने प्रचण्डले बताए।

नेपालका सबै कम्युनिष्ट शक्तिबीच एकताको प्रयास जारी रहेको उल्लेख गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई अझै तीव्र बनाउने बताए।

‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रक्रिया चलिरहेको छ। हामीले अहिले पनि यति भए पुग्यो भन्ने छैन। अझै पनि नेपालका साना, ठूला कम्युनिष्ट समूहहरूलाई एकताको झण्डामुनि ल्याउने हाम्रो कसरत जारी छ,’ प्रचण्डले भने।

विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको भनाइ छ। यद्यपि, एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने दाहालले बताए।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस