सहमित-पत्रमा हस्ताक्षार गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालसहितका नेताहरु । तस्बिर: माओवादी केन्द्रका अध्यक्ष दाहालको सचिवालय
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीसहित विभिन्न आठ दलबीच कार्तिक १९ गते एकता घोषणा हुने भएको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष महेन्द्र राय यादवसहित सबै दलका शीर्ष नेताहरुबीचको बैठकले आइतबार पार्टी एकता सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमित पत्रमा नयाँ पार्टीको चुनाव चिन्ह पाँचकुने तारा हुने उल्लेख भएपनि पार्टीको नाम भने खाली राखिएको छ ।
सहमित-पत्रमा हस्ताक्षार गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालसहितका नेताहरु ।नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्कवाद लेनिनवाद रहने, नेपाली क्रान्तिको कार्यक्रम वैज्ञानिक समाजवाद हुने सहमति गर्दै दलहरुले पुँजिवादी जनवादी क्रान्तिका उपलब्धिहरुको रक्षा, राष्ट्रिय स्वाधिनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने सहमति गरेका छन् । आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने बताउँदै दलहरुले पार्टीका हरेक आन्दोलन शान्तिपूर्ण हुने प्रतिबद्धता जनाएका छन् ।
नयाँ बन्ने पार्टीको केन्द्रीय समितिको संख्या आपसी सहमतिमा तय गर्ने बताउँदै उनीहरुले केन्द्रीय समितिदेखि तल्लो तहसम्मका समितिमा संयोजक र सहसंयोजक रहने सहमति गरेका छन् ।
सहमति पत्रमा दाहाल, नेपाल र यादवसहित नेकपाका महासचिव चिरन पुन, नेकपा (समाजवादी)का अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेकपा (माओवादी)का अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा (माम्यवादी)का अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।
विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।
कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।
यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...