त्रिभुवन अन्तर्राष्टिय विमानस्थल काठमाडौंमा शुक्रबार एउटा फरक प्रकारको कार्यक्रम भएको छ, त्यो हो विदेशबाट नेपाल आउने पर्यटकहरुलाई स्वागत ।
विदेशबाट नेपाल भित्रिएका पर्यटकहरुलाई स्वागत त धेरैले धेरैपटक धेरै हिसावले गरे होलान् तर शुक्रबारको स्वागतको अर्थ भने वेग्लै थियो । जेन-जी आन्दोलनपछि नेपाल घुम्न जानका लागि असुरक्षित छ भन्ने अन्तर्राष्टिय जगतमा व्याप्त भ्रमलाई चिर्न कार्यक्रम गरिएको थियो ।
पर्यटनलाई नेपालको गौरव र राष्ट्रिय पहिचानको रूपमा संरक्षण गर्ने उद्देश्यले जेन-जी २.० (सबै पस्ताको सारथी) राष्ट्रिय अभियानले कार्यक्रम गरेको हो । ‘नेपाल सधैं सबैका लागि खुला छ’ भन्ने सन्देशसहित विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा करिब ४० जनाभन्दा बढी सहभागीहरूलाई फूल, माला र स्वागत–स्मृति चिन्हहरू प्रदान गर्दै प्रतीकात्मक रूपमा स्वागत गरिएको थियो । यो स्वागत केवल औपचारिक नभई नेपालले हरेक आगन्तुकलाई आत्मीयतासाथ स्वागत गर्ने संस्कृतिको प्रतीक मानिएको छ ।
४० भन्दा बढी सहभागीहरूको स्वागत, उनीहरुलाई फूल, माला र प्ले–कार्डमार्फत ‘नेपाल ओपन फर अल’ सन्देश, जेन-जी, वाई र जेड पुस्ताको संयुक्त सहभागिता, सबै पुस्ताले सुरक्षा र स्वागतको साझा जिम्मेवारी लिने संकल्प कार्यक्रमको विशेषता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले एउटै आवाजमा सन्देश दिए, ‘नेपाल खुला छ, सुरक्षित छ, र सधैं स्वागतमा तयार छ ।’ यो अभियानले केवल पर्यटनको सन्देश होइन, राष्ट्रको एकता र विश्वसनीयताको पुनर्जागरणको प्रतीक बनेको आयोजकको विश्वास छ ।
जेन-जी २.० का परिकल्पनाकार तथा संरक्षक डा. हरि कार्कीले कार्यक्रममा भने, ‘यो केवल एक अभियान होइन, राष्ट्रिय चेतना हो । नेपाललाई विश्व समुदायमा सुरक्षित, खुला र सकारात्मक पहिचान दिने हाम्रो साझा जिम्मेवारी हो ।’
अहिलेको अभियानलाई उनले ‘एकता, सुरक्षा र गौरवको नारा’को रूपमा परिभाषित गरे । डा. कार्कीकै परिकल्पनामा यसअघि पनि चार वटा राष्ट्रिय आन्दोलनसमेत सफलतापूर्वक सम्पन्न भइसकेको कार्यक्रममा जनाइयो ।