महाधिवेशन विवाद : संकटमा कांग्रेस
११ कार्तिक २०८२
•
७ मिनेट पाठ
महाधिवेशन विवाद : संकटमा कांग्रेस
‘कांग्रेसको एकता आजको आवश्यकता हो। देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा हाम्रो बिचमा विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाती राखेर देशलाई साक्षी राखी एकताबद्ध हुनुपर्छ। अहिले हाम्रा बिचमा व्यक्तिगत वा समूहगत रुचि–अरुचि, हित–अहित वा लाभ–हानिका सबै विषय गौण हुन्।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असोज २८ गते पार्टी केन्द्रीय समितिमा दिएको वक्तव्यको एक अंश हो यो।




भदौ २३ गतेको हिंसा र २४ गतेको विध्वंसपछि पहिलो पटक केन्द्रीय समितिमा सार्वजनिक भएका देउवाले व्यक्तिगत वा समूहगत मतभेद थाती राखेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न पार्टीका नेता–कार्यकर्तालाई आह्वान त गरे तर कांग्रेसभित्रको आन्तरिक द्वन्द्व र विवाद थप पेचिलो बन्दै गएको छ। कांग्रेसको जारी केन्द्रीय समिति बैठकलाई पार्टीका नेता–कार्यकर्ताले मात्र होइन, देश र दुनियाँले चासोका साथ हेरिरहेका छन्। कांग्रेस केन्द्रीय समितिले लिने निर्णयबाट सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेको छ। 

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक तथा अलोकतान्त्रिक भनेको कांग्रेसले निर्वाचनलाई भने अस्वीकार गरेको छैन। तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका र संशय रहेका बेला कांग्रेस निर्णयको एक प्रकारले सिंगो देश प्रतीक्षामा छ। तर कांग्रेस र तिनका नेता भने भदौ २३ र २४ गते मुलुकमा उत्पन्न परिस्थितिका विषयमा भन्दा बढी पार्टीको १५औं महाधिवेशन कहिले गर्ने भन्ने विवाद र किचलोमा रुमलिन पुगेका छन्। भदौ २४ गते आक्रमणमा परेका सभापति देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। 

खड्कासहित सभापति देउवानिकट नेताहरू सरकारले फागुन २१ गतेका लागि निर्वाचन तोकिसकेको जनाउँदै त्यसमै सबै ध्यान केन्द्रित गर्नुपर्ने पक्षमा छन्। उनीहरू पार्टीको क्रियाशील सदस्यतासहित महाधिवेशनको पूर्वाधार निर्माणका लागि कामहरू पनि गर्दै जाने र चुनावपछि १५औं महाधिवेशनको पक्षमा छन्। 

पार्टी विधानको वैधानिक व्यवस्था चार वर्षको भए पनि एक वर्ष थप गर्ने व्यवस्थाअनुसार अर्को मंसिर अर्थात् २०८३ को मंसिरसम्म महाधिवेशन गर्दा पनि नियमित महाधिवेशन हुने तर्क उनीहरूको छ। २०४६ सालको राजनीतिक परिवर्तनपछिका सबै महाधिवेशन पाँच वर्षमा भएको जनाउँदै संविधानसभाबाट नयाँ संविधान जारी गर्ने बेलामा संवैधानिक व्यवस्था नै संशोधन गरेर अतिरिक्त ६ महिनाको समय लिएको तर्क पनि उनीहरूले गरेका छन्।

कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिले आम निर्वाचन र पार्टीको महाधिवेशनको तयारी एकैसाथ गर्न नसकिने बताउँछन्। लिकबाहिर गएको संविधान र संवैधानिक प्रक्रियालाई ठिक ठाउँमा ल्याउन पार्टीले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने निधि बताउँछन्। ‘मंसिरमा महाधिवेशन सम्भव छैन,’ निधि भन्छन्, ‘आम निर्वाचनलगत्तै पार्टीको महाधिवेशन गर्नुपर्छ।’ पार्टीभित्र बृहत् एकता कायम गरेर निर्वाचनमा जुट्नुबाहेक कांग्रेससँग अर्को विकल्प नभएको जनाउँदै उनले थपे, ‘द्वन्द्व बढाउने होइन, मुलुकलाई निकास दिन एकताबद्ध भएर अघि बढ्नुपर्छ।’

डा. शेखर कोइरालासहितका नेताहरू भने मंसिरभित्रै पार्टीको नियमित महाधिवेशनको पक्षमा छन्। बदलिएको परिस्थितिमा नयाँ नीति र नेतासहित निर्वाचनमा जानुपर्ने तर्क गर्दै उनीहरूले आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन्। डा. कोइरालाले कांग्रेस अघिल्लो केन्द्रीय समिति बैठकमै क्रियाशील सदस्यता वितरण र नवीकरणमा भएको विलम्ब र महाधिवेशन कार्यतालिका नल्याएकोमा असन्तुष्टि जनाएका थिए। जारी केन्द्रीय समितिको बैठकमा पनि मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने र त्यसको तयारीसहितको प्रस्ताव ल्याउन पदाधिकारीलाई आग्रह गरेका थिए। केन्द्रीय सदस्य प्रदीप पौडेलले पुसको दोस्रो साता १५औं महाधिवेशन गर्ने गरी बैठकमा कार्यतालिका नै पेस गरेका छन्।

पार्टी सभापति देउवानिकट नेताहरूले भनेजस्तो निर्वाचनपछि महाधिवेशन गर्ने र महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले भनेजस्तो मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशनबाट केन्द्रीय नेतृत्व मात्र परिवर्तनको विपक्षमा उनीहरू देखिएका छन्। निर्वाचनपछि महाधिवेशन र विशेष महाधिवेशनको समाधान नियमित महाधिवेशन भएको जनाउँदै केन्द्रीय सदस्य पौडेलले भने, ‘छिटो र छोटो बाटाबाटे नियमित महाधिवेशन गर्नुपर्छ। त्यसबाट नेता मात्र होइन, पार्टीका केही नीति पनि सुधारेर जान सकिन्छ।’

अहिलेकै नेतृत्व बोकेर निर्वाचनमा जाँदा जनतामा मात्र होइन नेता तथा कार्यकर्तामा पनि ऊर्जा नहुने र जनतालाई आकर्षित गर्न पनि नसकिने पौडेलको बुझाइ छ। महाधिवेशनले वडा तहदेखि केन्द्रसम्मै रूपान्तरण गर्ने जनाउँदै उनले भने, ‘कार्यकाल बाँकी रहेका प्रतिस्पर्धी दलहरू मंसिरमा महाधिवेशन गरेर चुनावको तयारीमा जुटिसके। कार्यकाल सकिन थालेको कांग्रेस अहिलेकै अवस्थामा निर्वाचनमा जान सुहाउने कुरा 
होइन र हुँदैन।’

बोझिलो बनेको संघीयतालाई छिटो र छरितो बनाउने, निर्वाचनमा जाँदा नै प्रधानमन्त्रीको उम्मेदवार तोक्नेजस्ता नीतिगत निर्णयका लागि पनि चुनावअघि महाधिवेशन आवश्यक रहेको पौडेलको बुझाइ छ। देशभरिका पार्टीका नेता तथा कार्यकर्ताको भावना र चाहना पनि नियमित महाधिवेशन होस् भन्ने रहेको जनाउँदै उनले भने, ‘विधानको व्यवस्थाअनुसार हस्ताक्षर गर्ने वा नगर्ने पार्टीका नेता तथा कार्यकर्ताको भावनालाई सम्मान गर्नुपर्छ र नियमित महाधिवेशन तत्काल गर्नेगरी कार्यतालिका ल्याउनुपर्छ।’

तर महामन्त्री थापासहितका नेताहरू मंसिरमा पार्टीको नियमित महाधिवेशन सम्भव नरहेको जनाउँदै विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। विशेष महाधिवेशनमार्फत छोटो समयका लागि केन्द्रीय समिति चयन गरेर अघि बढ्ने पक्षमा देखिन्छन्। देशभरिका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिसहित दुई दर्जनभन्दा बढी जिल्ला सभापति आफ्नो पक्षमा रहेको विशेष महाधिवेशन पक्षधरको बुझाइ छ।

विशेष महाधिवेशन बोलाउन केन्द्रीय समिति र नेतृत्वमा दबाब बढाउन थप हस्ताक्षर अभियान चलाउने र आसपासका जिल्लाका नेता तथा कार्यकर्तालाई काठमाडौं बोलाउने तयारी भइरहेको धादिङ कांग्रेसका पूर्वसभापति रमेश धमलाले जानकारी दिए। केन्द्रीय समिति बैठकमा भएको विलम्बले मंसिरमा नियमित महाधिवेशन अब सम्भव नरहेको बताउँदै धमला भन्छन्, ‘विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन हुन्छ। त्यसले नयाँ केन्द्रीय समितिको चयन गर्छ। अन्य तहको कार्यकाल त्यसले नै थप गरेर पार्टी फागुन २१ गतेको निर्वाचनमा जुट्नुपर्छ।’

तर जारी केन्द्रीय समितिले विशेष महाधिवेशनको निर्णय लिने सम्भावना देखिँदैन। बरु नियमित महाधिवेशनको कार्यतालिका नल्याएको भन्दै आलोचना खेप्दै आएका महामन्त्री थापा कात्तिक १३ गतेबाट फेरि सुरु हुने केन्द्रीय समितिको बैठक कार्यतालिका पेस गर्ने तयारीमा जुटेका छन्। त्यसलाई संशोधन गरेर केन्द्रीय समितिको बैठकले महाधिवेशनको एउटा कार्यतालिकासम्म बाहिर ल्याउने स्रोतको दाबी छ।

त्यस्तो अवस्थामा विशेष महाधिवेशन पक्षधर केही नेता पार्टी विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन बोलाउन माग गर्दै अदालत जाने तयारीमा छन्। कांग्रेस विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन लिखित माग गरे तीन महिनाभित्र बोलाउनुपर्ने व्यवस्था छ। विधानअनुसार कांग्रेसका सबै तहको कार्यकाल मंसिरमा सकिँदै छ। विधानको अतिरिक्त सुविधाको प्रयोग गर्दै कार्यकाल पनि नथप्ने, नियमित वा विशेष महाधिवेशन नबोलाउने अवस्थामा कांग्रेसको वैधतामाथि मात्र प्रश्न उठ्दैन पार्टी नै विवाद र विभाजनको घन चक्करमा फस्न सक्ने विश्लेषण गर्न थालिएको छ।

यद्यपि कार्यवाहक सभापति खड्काले पार्टीभित्रका समस्यालाई समाधान गर्दै अघि बढ्ने दाबी गरेका छन्। पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलको स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै खड्काले पार्टीभित्रका कतिपय विषयलाई थाती राखेर एकताबद्ध भएर अघि बढ्ने दाबी गरे। ‘नेपाली कांग्रेसभित्रका समस्यालाई समाधान गर्दै कतिपय विषयलाई थाती राख्दै एकताबद्ध भएर नेपाली जनता, नेपालको माटो, राष्ट्रले विगतको कालखण्डजस्तै कांग्रेसबाट अपेक्षा गरेको छ,’ उनले भने, ‘विगतका कमजोरीलाई स्विकार्दै हामी एकताबद्ध भएर अघि बढ्छौँ।’
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
४० मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस