टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध
२७ कार्तिक २०८३
•
१ मिनेट पाठ
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध
परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।




गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नेपाली नागरिकलाई कन्सुलर सेवा सहज बनाउन अवैतनिक वाणिज्यदूतमार्फत सेवा प्रदान गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

टर्कीमा नेपाली राजदूतावास स्थापना गर्ने वा दक्षिणपूर्वी युरोपका देशलाई समेत समेट्ने गरी कन्सुलर सेवा विस्तार गर्ने विषयमा सरकारले अध्ययन गरिरहेको उनले बताए।

बिचौलियाको प्रलोभनमा परी ठूलो रकम खर्च गरेर रोजगारीका लागि टर्की पुग्ने नेपाली श्रमिक समस्यामा पर्ने गरेको उल्लेख गर्दै मन्त्री खनालले सुरक्षित र वैधानिक वैदेशिक रोजगारीका लागि टर्की सरकारसँग द्विपक्षीय श्रम सम्झौता गर्ने सम्भावनाबारे अध्ययन गरिने बताए।

समस्यामा परेका नेपालीको उद्धार तथा सहयोगमा एनआरएनएले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उहाँले श्रमिकका समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

ज्ञापनपत्र बुझाउँदै एनआरएनए टर्कीका अध्यक्ष विनोद पौडेलले टर्कीमा नेपाली राजदूतावास वा नियमित कन्सुलर सेवा स्थापना गर्न, व्यक्तिगत श्रम स्वीकृति बन्द गरी संस्थागत माध्यमबाट मात्र श्रमिक पठाउने व्यवस्था गर्न, श्रम शोषण र ठगी नियन्त्रण गर्न तथा घरेलु महिला श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग गरेका थिए।

उनले अलपत्र श्रमिकको उद्धारका लागि स्थायी सरकारी संयन्त्र निर्माण गर्न पनि आग्रह गरेका थिए।

मन्त्री खनाल कोप–३१ सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीमा छन्।
अर्को समाचार
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध
२७ कार्तिक २०८३
•
१ मिनेट पाठ
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध
परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।




गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले  नेपाली नागरिकलाई कन्सुलर सेवा सहज बनाउन अवैतनिक वाणिज्यदूतमार्फत सेवा प्रदान गर्ने प्रक्रिया अघि बढाइएको बताए।

टर्कीमा नेपाली राजदूतावास स्थापना गर्ने वा दक्षिणपूर्वी युरोपका देशलाई समेत समेट्ने गरी कन्सुलर सेवा विस्तार गर्ने विषयमा सरकारले अध्ययन गरिरहेको उनले बताए।

बिचौलियाको प्रलोभनमा परी ठूलो रकम खर्च गरेर रोजगारीका लागि टर्की पुग्ने नेपाली श्रमिक समस्यामा पर्ने गरेको उल्लेख गर्दै मन्त्री खनालले सुरक्षित र वैधानिक वैदेशिक रोजगारीका लागि टर्की सरकारसँग द्विपक्षीय श्रम सम्झौता गर्ने सम्भावनाबारे अध्ययन गरिने बताए।

समस्यामा परेका नेपालीको उद्धार तथा सहयोगमा एनआरएनएले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले  श्रमिकका समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

ज्ञापनपत्र बुझाउँदै एनआरएनए टर्कीका अध्यक्ष विनोद पौडेलले टर्कीमा नेपाली राजदूतावास वा नियमित कन्सुलर सेवा स्थापना गर्न, व्यक्तिगत श्रम स्वीकृति बन्द गरी संस्थागत माध्यमबाट मात्र श्रमिक पठाउने व्यवस्था गर्न, श्रम शोषण र ठगी नियन्त्रण गर्न तथा घरेलु महिला श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग गरेका थिए। उनले  अलपत्र श्रमिकको उद्धारका लागि स्थायी सरकारी संयन्त्र निर्माण गर्न पनि आग्रह गरेका थिए।

मन्त्री खनाल कोप–३१ सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीमा छन्।
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस