सरकारी संवाद समितिको टोली दलहरुको कार्यालयमा
०९ पौष २०८२
•
२ मिनेट पाठ
सरकारी संवाद समितिको टोली दलहरुको कार्यालयमा
नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन विभिन्न राजनीतिक दलको कार्यालय पुगेर छलफल गरेको छ ।




समितिका संयोजक र सदस्यसहितको टोलीले आज जनमत पार्टीको कार्यालय अनुगमन गरी निर्वाचनसम्बन्धी छलफल गरेको हो । छलफलपछि उद्योग, पर्यटन र कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री अनिल सिन्हाले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचन समयमा गर्नैपर्ने र त्यसका लागि सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिए । 

समितिका संयोजकसमेत रहेका उनले भने, ‘सरकारले के तयारी गरेको छ भन्ने कुराको हामीहरुले जानकारी दिएका छौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पनि बृहत् रुपमा छलफल भयो । निर्वाचनको तयारी भइरहेको बारेमा हामीले स्पष्ट रुपमा उल्लेख गरेका छौँ । उहाँले चुनाव गर्दा केही सुरक्षाका विषय उपायको बारेमा र केही अन्य ‘लजिस्टिक्स’हरुको बारेमा पनि सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ । त्यसलाई सरकारले गहन रुपमा लिने छ भन्ने कुराको मैले जानकारी गराए ।’

यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं समितिका सदस्य जगदीश खरेलले चुनावको वातावरण तयार गर्नका लागि सरकारको तर्फबाट मुख्य राजनीतिक दलहरुको पार्टी कार्यालयमै पुगेर छलफल प्रारम्भ गरेको बताए । नेपाल सरकारका प्रवक्तासमेत रहेका उनले सरकारले चुनावको आवश्यक तयारी गरिरहेको उल्लेख गर्दै निर्वाचनमा दलहरुको सहयोगका लागि आभार व्यक्त गरे । 

मन्त्री खरेलले भने, ‘जति राजनीतिक दलहरुका कार्यालयमा पुग्यौँ, चुनावका लागि वातावरण बनिसकेको र चुनावका लागि उहाँहरु तयार भएको सन्देश हामीले पाएका छौँ र अब हामी सबै चुनावमा होमिनुपर्छ भन्नेमा सरकार उत्साही भएर अगाडि बढेको यहाँहरुलाई जानकारी गराउँछु ।’

छलफलपछि अध्यक्ष राउतले सरकारको यो कदम सकारात्मक भएको उल्लेख गर्दै निर्वाचनको विषयमा जनमत पार्टीले सुरुदेखि नै भाग लिने भनेर निर्णय गरेको अवगत गराए । ‘त्यसका लागि आवश्यक तयारी जनमत पार्टीले गर्दै आएको छ । हामीले मेचीदेखि महाकालीसम्म एक चरण तयारी गरिसकेका छौँ । हामीले निर्वाचनको क्रममा हुनुपर्ने केही सुरक्षाका कुराको विषयमा  सरकारसँग कुरा राखेका छौँ र त्यसका लागि पनि हामीले सरकारबाट राम्रै आश्वासन पाएका छौँ ।’  

निर्वाचनमा सुरक्षादेखि हतियारका कुरा र कैदीबन्दी बाहिर भएको विषयमा कुरा उठाएको र सरकारबाट त्यसका लागि सकारात्मक आश्वासन पाएको अध्यक्ष राउतले बताए । 
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
४१ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस