सरकारको कामले जनतामा आशा जागिसक्यो: सञ्चारमन्त्री
०९ जेष्ठ २०८३
•
३ मिनेट पाठ
सरकारको कामले जनतामा आशा जागिसक्यो: सञ्चारमन्त्री
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार गठन भएको छोटो अवधिमा गरिएको नवीनतम कार्यबाट जनतामा आशा जगाएको बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) लिखु गाउँपालिकाको प्रथम अधिवेशनलाई आज लिखु–६ छहरेमा सम्बोधन गर्दै मन्त्री डा. तिमिल्सिनाले देश र जनतालाई हितमा राखेर सरकारले गरेका कार्यबाट सरकारी सेवा र सामाजिक न्यायको क्षेत्रमा भएका सुधारले सकारात्मक प्रभाव पैदा हुँदै आएको बताएका हुन्।

‘जनताको अभिमतबाट काम गर्न प्राप्त जिम्मेवारीमा अहिलेको सरकारले इमान्दार भएर जनतालाई केन्द्रमा राखेर योजनाबद्ध रुपमा काम गर्दै आएको छ,’ उनले भने, ‘पाँच वर्षका लागि काम गर्न प्राप्त जिम्मेवारीमा सरकारले एक सय दिन, छ महिना, एक वर्ष हुँदै पाँच वर्षमा के–के गर्ने भनेर लक्ष्य लिएको छ। सोही लक्ष्य पूरा गर्दै अघि बढ्ने भएकाले पाँच वर्षमा जनताले महसुस गर्ने गरेर मुलुकमा परिवर्तन हुनेछ।’

सञ्चारमन्त्री डा. तिमिल्सिनाले विगतका दिनमा राजनीतिले राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहलाई बिचौलियाले नियन्त्रणमा लिएर जनतामाथि गरिएका अन्यायलाई उन्मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

सरकार गठन भएको छोटो अवधिमै भएका कामकारबाहीबाट सामान्य नागरिकले समेत राहत पाउने गरेर सुधार गरिएको उनको भनाइ छ।

‘देशको विकास र परिवर्तनका लागि अहिलेका जनता निकै सचेत रहेका छन्। जनताको चाहना र भावनाअनुसार सकारात्मक परिवर्तन गर्न सरकारले काम गरिरहेको छ। सरकारका लागि देश र जनताभन्दा कुनै अर्को ठूलो प्राथमिकता छैन,’ मन्त्री तिमिल्सिनाले भने।

देशमा विगतदेखिका विभिन्न समस्या र युवा वर्गको नैराश्यता अन्त्य गर्दै जनताको मुहारमा खुसी ल्याउन दिनरात नभनी सरकारले काम गरिरहेकाले परिवर्तन हुनेछ भन्नेमा आशावादी हुन उनले आग्रह गरे।

सञ्चार मन्त्रालयअन्तर्गतका नेपाल टेलिकम, हुलाकलगायत नवीनतम काम गर्दै जनतालाई राहत दिन आफूले योजनाबद्ध रूपमा काम गर्दै आएको उनले जानकारी दिए।

अगामी पाँच वर्षमा रचनात्मक काम गरेर जनतालाई परिवर्तनको महसुस गराई जनताको मुहारमा खुसी ल्याउन अहिलेको सरकार सफल हुने उनले विश्वास दिलाए।

सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले आगामी आर्थिक वर्षका लागि तयार भइरहेको बजेटमा नवीन योजना र जनतालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमसहितको समावेश गर्न लागिएको जानकारी दिए।

विगतका वर्षका बजेटमा राजनीति र शक्तिको पहुँच हाबी हुने गरेकाले आगामी वर्षको बजेटमा सामाजिक न्याय, जनताको माग र सरकारको लक्ष्यअनुरूप देश विकासको मुहार झल्कने ‘नयाँ भिजन’ को हुने उनले उल्लेख गरे।

योजनाका लागि राजनीतिक दल, नेता, सांसद र मन्त्रीको ढोका चहानुपर्ने बाध्यता अन्त्य गर्दै पछि परेका वर्ग, समुदाय र भूगोलको प्रतिनिधित्वसहितको बजेट सरकारले तयार गरिरहेको उनले जानकारी दिए।

सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले जनतालाई केन्द्रमा राखेर राजनीतिक गर्न पार्टीपङ्क्तिलाई सुझाव दिए।

नयाँ नेतृत्व चयनका लागि सौहार्द्रपूर्ण वातावरणमा निर्णय गर्न सुझाव दिँदै उनले अहिलेको राजनीतिक नयाँ मोडमा रहेकाले सोहीअनुसार अघि बढ्न सचेत गराए।

‘देशमा लामो समयदेखि राजनीतिलाई कमाउने भाँडो, आफ्ना मान्छेलाई जागिरमा लगाउने माध्यम र पहुँचमा भएका व्यक्तिको चाहनाअनुसार प्रयोगमा ल्याइयो,’ उनले भने, ‘रास्वपाको राजनीति जनताको सेवा गर्ने माध्यम हो। जिम्मेवारीमा पुग्ने एउटा साधन हो, साध्यका रुपमा लिनु हुँदैन।’

देश र जनतालाई निश्चित ठाउँमा पुर्‍याउने औजारका रूपमा राजनीतिलाई रास्वपाले लिएको उल्लेख गर्दै उनले पार्टीमा जोडिने र जिम्मेवारीमा रहने व्यक्तिले जनताको सेवालाई केन्द्रमा राखेर काम गर्नुपर्ने स्मरण गराए।

मन्त्री तिमिल्सिनाले पदलाई प्राप्तिका रूपमा नलिई राजनीतिक जिम्मेवारीका रुपमा लिएर सङ्गठनलाई अघि बढाउन, विगतका बिग्रँदो राजनीतिलाई सुधार गर्न र आगामी स्थानीय तहको चुनावको तयारीमा ध्यान दिन अनुरोध गरे।

पार्टीका विभिन्न तहमा अहिले भइरहेका निर्वाचनमा पदको प्राप्तिभन्दा देश निर्माणमा आफ्नो जिम्मेवारीका रूपमा लिएर सौहार्द्रपूर्ण वातावरणमा नयाँ नेतृत्व चयन गर्न उनले सुझाव दिए।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
२८ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
यो पनि पढौँ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस