कांग्रेस डराए लोकतन्त्र नै संकटमा पर्छ: प्रदीप पौडेल
१० घण्टा अघि
•
३ मिनेट पाठ
कांग्रेस डराए लोकतन्त्र नै संकटमा पर्छ: प्रदीप पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारका अलोकतान्त्रिक गतिविधि र बेथितिविरुद्ध कांग्रेस निडर भएर उभिनुपर्ने बताएका छन्।




पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै उनले कांग्रेस डराए मुलुकको लोकतन्त्र नै संकटमा पर्ने चेतावनी दिए।

मंसिर ८ गतेदेखि जारी बैठकमा महामन्त्री पौडेलले वर्तमान सरकारको कार्यशैली, सुशासन, संवैधानिक अंगमाथिको हस्तक्षेप, प्रेस स्वतन्त्रता, आर्थिक मन्दी र पार्टीको आन्तरिक संगठन सुदृढीकरणका विषयमा विस्तृत धारणा प्रस्तुत गरे।

उनले सरकारले संसद्लाई हेपेको, महँगीको भार थोपरेर नागरिकलाई बेवास्ता गरेको र राष्ट्रियतामाथि नै प्रहार गरिरहेको आरोप लगाए।

सरकार गठन भएयता मन्त्रीहरू तथा प्रधानमन्त्री कार्यालयको सचिवालय नै विभिन्न विवादमा मुछिँदै गएको र सुनकोशी मरिन डाइभर्सनदेखि पासपोर्ट काण्डसम्मका अनियमिततामा सरकार जोडिएको भन्दै उनले ती विषयमा निष्पक्ष छानबिन र जवाफदेहिताको माग गरे।

न्यायपालिका, सुरक्षा निकाय र संवैधानिक आयोगहरूको स्वायत्ततामाथि सरकारबाट भइरहेको हस्तक्षेप तत्काल रोकी विधिको शासन कायम गर्नुपर्नेमा पौडेलले जोड दिए।

समाचार लेखेकै आधारमा पत्रकार तथा आलोचकहरूलाई तर्साउने र प्रतिशोध साँध्ने सरकारी प्रवृत्तिको विरोध गर्दै उनले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि कांग्रेस स्पष्ट अडानका साथ उभिने बताए।

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न र देशभित्रै रोजगारी सिर्जना गरी युवा पलायन रोक्न ठोस आर्थिक सुधारका कार्यक्रम ल्याउन उनले सरकारको ध्यानाकर्षण गराए।

वैकल्पिक व्यवस्थाबिना होल्डिङ सेन्टर तथा बस्तीहरूबाट सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई हटाउने कदमको विरोध गर्दै उनले संविधानप्रदत्त आवासको हक सुनिश्चित गर्न माग गरे।

रसुवाको भोटेकोशी बाढीलगायत प्राकृतिक विपद्मा बेपत्ता भएकाहरूको खोजी गर्न र पीडित परिवारलाई घोषणा गरिएको राहत तत्काल उपलब्ध गराउन उनले आग्रह गरे।

राजनीतिक दलहरूबीच भएका पछिल्ला छलफलको समीक्षा गर्दै समयमै स्थानीय तहको निर्वाचन सुनिश्चित गर्न सरकारलाई दबाब दिनुपर्ने कांग्रेसको आधिकारिक धारणा रहेको उनले सुनाए।

पार्टीलाई नागरिकसँग प्रत्यक्ष जोड्न तल्लो तहका बैठकमा स्थानीय मुद्दा अनिवार्य एजेन्डा बन्नुपर्ने महामन्त्री पौडेलको भनाइ छ।

मञ्चमा गएर एकै प्रकारको भाषण गर्ने पुरानो शैली बदल्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘वडाको बैठक बस्दै गर्दा कम्तीमा पनि त्यो वडाको तीनवटा मुद्दा बैठकको एजेन्डा बनोस्। एउटा बैठकमा कुनै किशोर वा किशोरीले मेरो मुद्दा कांग्रेसको बैठकको विषय बन्यो भनेर गर्व गर्ने अवस्था बनोस्। ज्येष्ठ नागरिकहरूले कांग्रेसले मेरो बारेमा बोल्यो भनेर महसुस गरून् र समाजका सबै समुदाय, वर्ग तथा जातिले कांग्रेसले हाम्रो बारेमा आफ्नो एजेन्डा बनायो भन्ने अनुभूति गर्न सकून्।’

कांग्रेस नेपालको राजनीतिको विश्वविद्यालय भएको र यसको विधान मुलुककै सबैभन्दा समावेशी रहेकाले यसलाई जनस्तरमा प्रचार गर्नुपर्ने उनले बताए।

आगामी मंसिर १५ गतेदेखि सुरु हुने ‘हामी तयार छौं’ अभियानलाई प्रभावकारी बनाउँदै भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई आगामी निर्वाचनका लागि गाउँ-टोलसम्म परिचालन गर्नुपर्नेमा उनले जोड दिए।

पार्टीभित्रका विगतका असन्तुष्टि संवादमार्फत् समाधान गर्न आग्रह गर्दै पौडेलले सामाजिक सञ्जालमा हुने गुटगत टीकाटिप्पणी तत्काल रोक्न सार्वजनिक आह्वान गरे। कांग्रेससँग प्रतिस्पर्धा गर्न कठिन छ भन्ने बुझेर नै चौतर्फी प्रहार भइरहेको जिकिर गर्दै उनले आन्तरिक एकता बलियो बनाउनुपर्ने बताए।

केवल सत्ताकेन्द्रित राजनीति नगरी आम नागरिकका दैनिक जीविकाका सवाल संसद् र अन्य माध्यमबाट सशक्त रूपमा उठाउन पार्टीका सांसदहरूलाई उनले अपिल गरे।

‘जनताका वास्तविक मुद्दा बोकेर रचनात्मक र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सके मात्र लोकतन्त्र जोगिन्छ र कांग्रेस थप बलियो शक्तिका रूपमा उभिन्छ।,’ उनले भने।
अर्को समाचार
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
७ घण्टा अघि
•
१ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।




पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।

अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।

साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।

कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस