कांग्रेस विभाजनको अन्तिम डिलमा : महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा
०४ असोज २०८३
•
६ मिनेट पाठ
कांग्रेस विभाजनको अन्तिम डिलमा : महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा
नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा भइरहेको कांग्रेसको महाधिवेशन प्रक्रियामा आफ्नो सहभागिता नरहेको र नरहने स्पष्ट पारेका छन्।




सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमितिको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफू महाधिवेशनमा सहभागी नभएको स्पष्ट पारेका हुन्।

'सम्बन्धित सबैमा प्रष्ट हाेस कि याे महाधिवेशनकाे कुनै पनि प्रकृयामा मेराे सहभागिता छैन-रहने छैन!' उनले भनेका छन्। 

खड्काले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्नुको मुख्य कारण पनि यही विवाद रहेको बताए। विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमिति कानुन, पार्टी विधान, राजनीतिक दलसम्बन्धी ऐन र निर्वाचन आयोगले विगतमा राजनीतिक दलका विवाद निरुपण गर्दा स्थापित गरेको नजिरविपरीत रहेको दाबीसहित आफूहरू सर्वोच्च अदालत गएको उनले उल्लेख गरेका छन्।

गगन थापाको हस्ताक्षरमा प्राप्त टिकटबाट निर्वाचन लड्नु आफूलाई ‘चरम अनैतिक’ हुने विश्वासका कारण निर्वाचनमा उम्मेदवारी नदिएको खड्काको भनाइ छ। खड्काले भने, 'मुद्दा हाल सर्वाेच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाे छ, यस्ताे अवस्थामा सभापति गगन थापाकाे नेतृत्वमा प्राम्भ भएकाे कांग्रेसकाे महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने मेराे विश्वासकाे कारणले म महाधिवेशनमा सहभागी नभएकाे व्यहाेरा सम्बन्धित सबैमा प्रष्ट पार्न चाहान्छु।'

उनले अहिले पनि त्यही अवस्था सिर्जना भएको बताएका छन्। उनका अनुसार सर्वोच्च अदालतको डिभिजन बेन्चबाट आफूहरूको दाबीविपरीत निर्णय आएपछि कानुनी व्यवस्थाअनुसार त्यसविरुद्ध पुनरावलोकनका लागि सर्वोच्च अदालतमा निवेदन दिइएको थियो।

खड्काले सर्वोच्च अदालतको पूर्ण इजलासले निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी आफूहरूलाई निस्सा दिएको दाबी गरेका छन्। उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको उनले बताए।

पुनरावलोकनको निस्सा पाएपछि पनि महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय भएपछि मुद्दाको अन्तिम टुंगो नलागेसम्म महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै आफूहरू सर्वोच्च अदालत गएको उनको भनाइ छ।

तर, सर्वोच्चले महाधिवेशन रोक्न आवश्यक नदेखिएको भन्दै रिट जारी नगरेको खड्काको भनाइ छ। त्यसको परिणामस्वरूप कांग्रेसको नाममा अलग–अलग दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भएको उनले बताएका छन्।

'अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ,' खड्काले भनेका छन्।

यद्यपि पार्टी विभाजन रोक्न आफूहरू अन्तिम प्रयास गरिरहेको उनले जिकिर गरे। कांग्रेस विभाजन भए त्यसको असर कांग्रेसजनमा मात्र सीमित नरहने उनको भनाइ छ।

देशको वर्तमान विषम परिस्थितिमा राजनीतिक परिवर्तनका विभिन्न आन्दोलन र अभियानको नेतृत्व गरेको ऐतिहासिक पार्टी विभाजन भए त्यसले नेपालको लोकतन्त्रमा समेत बहुआयामिक प्रभाव पार्न सक्ने संकेत देखिएको खड्काले उल्लेख गरेका छन्।

यसैबीच खड्काले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई विचाराधीन पुनरावलोकन मुद्दाको गम्भीरता मूल्यांकन गरी अग्राधिकार दिन सकिने अवस्था भए मुद्दाको अन्तिम फैसला यथाशीघ्र गरिदिन आग्रह गरेका छन्।

'सर्वोच्च अदालतको अन्तिम फैसला हाम्रा लागि स्वीकार्य हुनेछ,' उनले भनेका छन्।

यस्तो छ उनको स्टाटस:

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाजिको नेतृत्वमा रहेको नेपाली कांग्रेसको महाधिवेशन प्रारम्भ भई रहेको सन्दर्भमा मेरा बारेमा सामाजिक संजाल र केही संचार माध्यममा विभिन्न टिप्पणी आएको सन्दर्भमा केही कुरा प्रष्ट पार्नु मेरो कर्तव्य ठान्दछु ।

सम्बन्धित सबैमा प्रष्ट होस कि यो महाधिवेशनको कुनै पनि प्रकृयामा मेरो सहभिगिता छैन - रहने छैन !  

 कारण = -  स्मरण गराउन चाहान्छु , गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा मेरो उम्मेदवारी  भएन ,   - त्यसको मुल कारण थियो विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति र कार्यसमिति कानुनतः, पार्टीको विधानको प्रबन्ध, राजनितीक दल सम्बन्धि ऐेन , निर्वाचन आयोगको विगतमा राजनीतिक दलको बिबाद निरुपण गर्दा स्थापित नजिर को बिपरित भएको दाबि सहित हामी  सर्वोच्च अदालतमा न्यायका लागि गएको अबस्थामा सभापति गगन थापाको हस्ताक्षरको टिकट बाट चुनाव लड्नु चरम अनैतिक काम हुन्छ भन्ने मेरो बिश्वासकम कारणले म चुनावमा लडिनँ।

आज फेरि अधिवेशनको बारेमा ठ्याक्कै त्यहि परिस्थित सृजना हुन गयो !  

सर्वोच्च अदालतको डिभिजन बेन्चबाट हाम्रो माथिको दाबिको बिपरित निर्णय आयो , त्यसपछि हामी फेरि कानुनि प्रबन्ध बमोजिम डिभिजन बेन्चको निर्णयको बिरुद्धमा सर्वोच्च अदालतमा पुनरावलोकनको लागि गयौ र सर्वोच्च अदालको पूर्ण इजलासले निर्वाचन आयोगले अपनाएको प्रकृया र डिभिजन बेन्चको निर्णयमा त्रुटी देखाउदै मुद्दा पुनरावलोकन गर्ने गरि हामीलाई निस्सा दियो र साे मुद्दा हाल सर्वोच्च अदालतमा बिचाराधिन अबस्थामा रहेको छ, यस्ताे अबस्थामा सभापति गगन थापाको नेतृत्वमा प्राम्भ भएको कांग्रेसको महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने मेरो बिश्वासको कारणले म महाधिवेशनमा सहभागी नभएको ब्यहोरा सम्बन्धित सबैमा प्रष्ट पार्न चाहान्छु  

यसै प्रसङ्गमा सम्मानित सर्वोच्च अदालत प्रति मेरो आस्था र बिश्वास रहदा रहँदै पनि सर्वोच्च अदालत बाट अपनाईएको प्रकृयाका बारेमा केही लेख्नै पर्ने अबस्था मेरा सामु उपस्थित भयो।

पुनरावलोकनको लागि निस्सा दिएको अवस्थामा सभापति गगन थापाको नेतृत्वमा महाधिवेशन प्रकृया अगाडि बढाउने निरर्णय भए संगै बिचाराधिन पुनरावलोनको मुद्दाको अन्तिम टुङ्गाे नलागे सम्म महाधिवेशनको सबै प्रकृया रोकि पाउ भनी  कानुनि प्रबन्ध बमोजिम सर्वोच्च अदालतमा रोक्काको निबेदन लिएर गयौ , हाम्रो बुझाईमा सामान्यःतया रोक्का हुने नजिरको अबस्थाको प्रतिकुल पूर्ण ईजलासले सम्माननिय प्रधानन्यायाधीश रहेको पूर्ण ईजलासबाट दिइएको पुनरावलोकनको आदेशलाई समेत सेन्सरनै गर्ने गरि महाधिवेशन रोक्का गर्न आबश्यक नदेखिएको भन्दै रिट जारि गरि दिएन जसको परिणाम नेपाली कांग्रेसको नाममा अलग अलग दुईवटा  महाधिवेशन हुने अबस्था सृजना भयो !  

अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी  बिभाजनको अन्तिम डिलमा पुगेको अबस्था छ !  

पार्टीका आदर्णिय सबै साथीहरू, तै पनि हामी सम्भावित पार्टी बिभाजन लाई रोक्न अन्तिम प्रयास गरिरहेका छाै।

मेरो बुझाईमा,  इतिहासमै आजको देशको अतिनै बिसम परिस्थितिमा यदि उपरोक्त कारणले नेपालको राजनीतिक परिबर्तनका सबै आन्दाेलन र अभियानको नेतृत्व गरेको सबै भन्दा पुरानाे ऐतिहासक पार्टी बिभाजन भयो भने यसबाट केवल हामी कांग्रेसजनको क्षति मात्र हुने छैन यसले नेपालको लोकतन्त्र संग संगै पार्ने बहुआयामिक दुष्प्रभाव भयानक हुन सक्ने सम्भावना लाई नजरअन्दाज गर्न नमिल्ने खालका संकेतहरु देखिदै छन्  

यश परिवेशमा  

 ---------=---------=----------

सम्मानित सर्वोच्च अदालतका सम्माननिय प्रधानन्यायाधीशज्यु  र माननीय न्यायाधीशज्युहरु संग हाम्रो बिनम्रता पूर्बक आग्रह, अनुरोध र अर्जि छ कि सर्वोच्चमा बिचाराधिन नेपाली कांग्रेसको पुनरावलोकनको मुद्दा लाई यहाहरुको मुल्यांकनमा परिस्थितिको गंभीरताको आकलन गर्नु भई मुद्दा लाई अग्राधिकार राख्ने प्रबन्ध गर्न मिल्छ भने अन्तिम फैसला कृपया यथासिघ्रगरि दिनु होस।

सर्वोच्च अदालतको अन्तिम फैसला हाम्रा लागि स्वीकार्य हुनेछ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस