आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार अस्मिन कुमार विष्टले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेलाई समर्थन गरेका छन्।
शुक्रबार साझ सार्वजनिक गरिएको समर्थन पत्रमा विष्टले न्यौपानेलाई समर्थन गर्नुको मुख्य उद्देश्य कालीकोट जिल्लाका जनताको दीर्घकालीन हित, समावेशी विकास, सामाजिक न्याय, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि वैकल्पिक इमानदार र परिणाममुखी राजनीतिक अभ्यास अपरिहार्य भएको स्वीकार गर्दै, दुवै पक्ष आपसी सम्मान, सहकार्य र सहमतिका आधारमा अघि बढ्न प्रतिबद्ध भएका जनाएका छन्।
सहमतिका बुँदाहरु:- १. जेनजी कालिकोटको वैचारिक अस्तित्व, पहिचान, उद्देश्य र अभियानलाई पूर्ण रुपमा सम्मान गरिनेछ। जेनजी भ्रष्टाचारविरुद्ध, सुशासन र नैतिक राजनीतिका पक्षमा रहेको अभियानलाई रा.स्व.पा. कालिकोटले आफ्नो साझा एजेन्डाका रुपमा स्वीकार गर्दै जेनजी आन्दोलनको अपनत्व लिने छ। २. विशेष कालीकोट जिल्लामा व्याप्त भ्रष्टाचार, कुशासन, अनियमितता र शक्ति दुरुपयोगको अन्त्यका लागि दुवै पक्ष संयुक्त रुपमा अभियान सञ्चालन गर्नेछन्। पारदर्शी, जवाफदेही र कानूनसम्मत शासन प्रणाली स्थापना गर्न साझा पहल गरिनेछ। ३. जनताको जीवनस्तर सुधार हुने कार्यक्रम र नीतिमा संयुक्त रूपमा काम गरिनेछ। ४. आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचन तथा जनसरोकारका मुद्दामा आपसी छलफल, सहमति र समन्वयका आधारमा साझा रणनीति तय गरिनेछ। ५. जनप्रतिनिधि तथा राजनीतिक नेतृत्व जनताप्रति जवाफदेही हुने, सार्वजनिक सम्पत्ति र स्रोतको सदुपयोग गर्ने तथा निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्न प्रतिबद्धता व्यक्त गरिन्छ। ६. संगठनात्मक सहकार्य सम्मानजनक रुपमा गरिने छ। ७. जेनजी उम्मेदवार अस्मिन कुमार विष्टको टिमले रास्वपा उम्मेदवार प्रकाश न्यौपानेलाई चुनावको लागि समर्थन गर्ने र अस्मिन कुमार विष्टलाई पार्टीको कालिकोट जिल्ला संगठन विभाग प्रमुखको जिम्मेवारी दिई केही जेनजी युवाहरुलाई थप पार्टीको जिम्मेवारी दिने भनी सहमति गरी संयुक्त रुपमा चुनावमा होमिने निर्णय गरियो।
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
देउवा समूहले चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले बैठकका निर्णय सार्वजनिक गरे।
पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि सञ्चालन भइरहेकोप्रति केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण भएको पौडेलले बताए।
‘यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान् सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ,’ महामन्त्री पौडेलले भने।
पार्टीको आग्रह र अपिलविपरीत अनधिकृत गतिविधि सञ्चालन गरे विधान तथा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउने निर्णय बैठकले गरेको छ।
‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,’ बैठकको निर्णयमा उल्लेख छ।
पौडेलका अनुसार बैठकले कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न-नगराउन र आधिकारिक गतिविधिका रूपमा प्रचारप्रसार नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै बैठकले त्यस्ता कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुकहरूमा हार्दिक अपिलसमेत गरेको छ
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...