राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आलोचना गरेका छन्। रास्वपाले पार्टी सभापति रवि लामिछानेको पक्षमा गरिरहेको हस्ताक्षर सङ्कलन अभियानको विषय झिक्दै आइतबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा केसीले आलोचना गरेका हुन्।
‘स्वयम् सत्तामा, सरकारमा बसेका मन्त्रीहरू भ्रष्टाचार गर्न, देश लुट्न, घुस खान लाजै नमान्ने भएपछि नेपाली जनतालाई यो लोकतन्त्र, गणतन्त्र आवश्यक छैन भनेर देशव्यापी रूपमा प्रचार गर्ने तत्त्वहरूलाई मलजल भएको छ कि छैन ? अहिले पनि सत्तामा, शक्तिमा बस्नेहरूको काम राष्ट्र र जननताको काम होइन कि विशुद्ध घुस खाने, भ्रष्टाचार गर्ने र केही बहानामा कति दिनदेखि यहाँ संसद्मा चाहिँ होहल्ला भइरहेको छ। लोकतन्त्र, गणतन्त्र विरोध दलहरूले त संसद् बहिष्कार गर्नु स्वाभाविक कुरा हो, पुराना पार्टीले देश बिगारे, घुस खाए भनेर घण्टी बजाउँदै आएकाको हालत हामीले देखिरहेका छौँ। अब गर्दा गर्दाचाहिँ हस्ताक्षर अभियान पो चलिरहेको छ देशभरि। हस्ताक्षर अभियान किन चल्या अरे भने अर्बौँ सहकारीको रकम हिनामिना गरेको होइन, यी सत्ताधारीहरूले लगाएको आरोप भनेर अभियान हेर्नुस् त,’ उनले भने।
उनले पुराना पार्टीहरू चोखा छन् भन्ने जिकिर आफ्नो नरहेको उल्लेख गर्दै थप भने, ‘उनीहरूले जतिसुकै बदमासी गरे पनि चोखा छन् भनेको होइन, त्यो किन भनिएको हो भने उनीहरूको बारेमा थाहा पाइ पाइ पनि त्यो बीस सिटको मायाले। उनीहरूसँग बीस सिट छ, उनीहरूले जस्तोसुकै कुकर्म गरे पनि बीस सिटका मायाले अहिलेका सत्ताधारीहरूले बदमासी गरेका हुन्। लोकतन्त्र, गणतन्त्र सिद्धियो भने मुलुकमा ठूलो अनिष्ट हुनेछ,’ उनले भनेका छन्।
केसीले मुलुकमा लोकतन्त्र, गणतन्त्र सकियो भने देश ठूलो अनिष्टमा फस्ने दाबी गरे। ‘आज जसरी प्यालेटाइनी जनताले ७५ वर्षदेखिको भूमि छाडेर ठूला शक्तिहरूको विरुद्धमा लड्न परिरहेको छ, मर्न परिरहेको छ। नेपाल त्यो स्थितिमा जान सक्छ। नेपाललाई गाजाको स्थितिमा पुर्याउन सक्छन्। त्यसैले शक्तिमा बस्ने साथीहरूले सीमित आफ्नो स्वार्थलाई केन्द्रमा राखेर होइन, आफ्नै पार्टीको छ, आफ्नै साथी छ भने पनि त्यसले गल्ती कमजोरी गर्छ भने नेपाली जनताको अगाडि सार्वजनिक रूपमा कारबाही गरेर प्रमाणित गरेर देखाउनुपर्छ,’ उनले भने।