सरकारले दलित समुदायको हकअधिकार सुनिश्चित गर्न विभिन्न माग राख्दै माइतीघर मण्डलामा धर्ना दिइरहेका पक्षलाई धर्ना अन्त्य गरेर संवादमा आउन आह्वान गरेको छ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै दलित समुदायका मागप्रति सरकार गम्भीर रहेको जनाएको छ। मागको समाधान संवाद र छलफलबाट खोज्न पनि मन्त्रालयले आग्रह गरेको छ।
तर, माइतीघरमा लामो समयदेखि धर्ना दिँदै आएकी दीपा नेपालीले मन्त्रालयको विज्ञप्तिबारे आफूलाई कुनै जानकारी नभएको बताइन्। विज्ञप्तिमा आफ्नो नाम र धर्नाबारे उल्लेख नभएको भन्दै उनले प्रश्न उठाइन्।
‘प्रेस विज्ञप्ति रहेछ। आह्वान हो कि धम्की? खै, कसलाई दिएको हो? मेरो नाम र मैले गरेको धर्नाको नाम त्यहाँ उल्लेख छैन। मलाई र मैले गरेको धर्नालाई सम्बोधन गरिएको छैन। कुन स्तरको वार्ता हो भन्ने पनि उल्लेख छैन। मलाई व्यक्तिगत रूपमा यसबारे कुनै जानकारी छैन,’ उनले नागरिकन्युजसँग भनिन्।
दीपा काठमाडौंमा जातका आधारमा कोठा भाडामा नपाएको र अपमान सहनुपरेको भन्दै न्यायको मागसहित धर्नामा बसेकी हुन्।
मन्त्रालयले जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ संशोधन गर्न सरकार सकारात्मक रहेको जनाएको छ। जातीय विभेदका घटनामा प्रभावकारी कानुनी कारबाहीका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि मन्त्रालयले व्यक्त गरेको छ।
दलित समुदायको अधिकार संरक्षण र विकासका लागि ‘दलितको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ को मस्यौदा तयार गरी कानुन निर्माण प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। प्रस्तावित विधेयकमा दलित विकास प्राधिकरण गठन, शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच विस्तार तथा कला, सीप र क्षमताको सम्मान गर्ने विषय समेटिएका छन्।
त्यसैगरी, दलित तथा ऐतिहासिक रूपमा बहिष्करणमा परेका समुदायमाथि भएको विभेद स्वीकार गर्ने, राज्यका तर्फबाट क्षमायाचना गर्ने र सामाजिक न्यायका कार्यक्रम सञ्चालन गर्ने अवधारणापत्र मन्त्रिपरिषबाट स्वीकृत भएको मन्त्रालयले जनाएको छ।
उक्त अवधारणापत्रमा आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास, निःशुल्क स्वास्थ्य बिमा, विशेष छात्रवृत्ति, सुरक्षित आवास, भूमिहीनलाई जग्गा उपलब्ध गराउने र राज्यका निकायमा प्रतिनिधित्व बढाउने कार्यक्रम प्रस्ताव गरिएको छ।
मन्त्रालयका अनुसार दलितको परिभाषा र थर सूचीकरणसम्बन्धी निर्णय मन्त्रिपरिषबाट स्वीकृत भई राजपत्रमा प्रकाशित भइसकेको छ। दलित ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता निरन्तरता दिइएको र दलित बालबालिकाको बालपोषण भत्ता वृद्धि गरी कार्यान्वयनमा ल्याइएको पनि विज्ञप्तिमा उल्लेख छ।
जातीय विभेदका घटनामा छिटो अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी महानिरीक्षकसहित सम्बन्धित अधिकारीसँग छलफल गरिएको मन्त्रालयले जनाएको छ। नेपाल प्रहरीको दलित सहायता कक्षलाई सुदृढ बनाउने, उजुरीमाथि शीघ्र अनुसन्धान गर्ने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको पनि मन्त्रालयको भनाइ छ।
आन्दोलनरत पक्षका मागबारे कानुन, गृह तथा भूमिसम्बन्धी निकाय, दलित सांसद, राष्ट्रिय दलित आयोग र संसदीय समितिसँग विभिन्न चरणमा छलफल तथा समन्वय गरिएको मन्त्रालयले जनाएको छ।
आन्दोलनरत पक्षका कतिपय माग प्रस्तावित विधेयक र मन्त्रिपरिषदबाट स्वीकृत अवधारणापत्रमा समेटिएको मन्त्रालयको दाबी छ। बाँकी मागको औचित्य र कार्यान्वयन सम्भावनाका आधारमा आवश्यक पहल गर्ने पनि मन्त्रालयले जनाएको छ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण रूपमा माग राख्न पाउने अधिकारको सम्मान गर्दै मन्त्रालयले धर्ना अन्त्य गरी रचनात्मक संवादमा सहभागी हुन आग्रह गरेको छ।
मन्त्रालयका सहसचिव विपिन आचार्यले जारी गरेको विज्ञप्तिमा दलित समुदायको अधिकार संरक्षण, जातीय विभेद अन्त्य र सामाजिक न्यायका लागि नीतिगत तथा कानुनी सुधारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि सारिएको बताएका छन्।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग पनि संयुक्त मोर्चा निर्माण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।
शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उनको भनाइ छ।
देशभरबाट सामूहिक पहल गर्न सके त्यस्ता शक्तिबीच पनि एउटा मोर्चा निर्माण गर्न सकिने प्रचण्डले बताए।
नेपालका सबै कम्युनिष्ट शक्तिबीच एकताको प्रयास जारी रहेको उल्लेख गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई अझै तीव्र बनाउने बताए।
‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रक्रिया चलिरहेको छ। हामीले अहिले पनि यति भए पुग्यो भन्ने छैन। अझै पनि नेपालका साना, ठूला कम्युनिष्ट समूहहरूलाई एकताको झण्डामुनि ल्याउने हाम्रो कसरत जारी छ,’ प्रचण्डले भने।
विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको भनाइ छ। यद्यपि, एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने दाहालले बताए।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...