विधेयकबाट ‘वे’श्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग
०३ मंसिर २०८३
•
४ मिनेट पाठ
विधेयकबाट ‘वे’श्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग
सांसदहरूले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विद्येयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्द हटाएर मर्यादित तथा समावेशी शब्दावली राख्न माग गरेका छन्।




उनीहरूले शोषणको परिभाषामा बालबालिकामाथि हुने श्रम शोषण, बाध्यकारी श्रम तथा अन्य शोषणका स्वरूपसमेत स्पष्ट रूपमा समेट्न प्रस्ताव गरेका छन्।

महिला तथा सामाजिक मामिला समितिमा आज मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा संशोधनकर्ता सांसदहरूले ‘वेश्यावृत्ति’ शब्दले विशेषगरी महिलालाई सामाजिक कलङ्क र विभेदको भार बोकाउने भन्दै त्यसको सट्टा ‘जबर्जस्ती यौन व्यवसाय’, ‘देहव्यापार’ र ‘यौन शोषण’ जस्ता वैकल्पिक शब्द प्रयोग गर्नुपर्ने धारणा राखेका हुन्।

संशोधनकर्ता इन्दिरा राना मगरले विधेयकमा रहेको ‘वेश्यावृत्तिमा लगाउने’ भन्ने शब्दावलीको सट्टा ‘जबर्जस्ती यौन व्यवसायमा’ भन्ने शब्द राख्न प्रस्ताव गरिन्।

गरिबी, भौगोलिक अवस्था र चेतनाको अभावको फाइदा उठाउँदै महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाइने गरेको उल्लेख गर्दै उनले उद्धार तथा पुनःस्थापनापछि पनि पीडित महिला र उनीहरूका पुस्ताले सामाजिक कलङ्क बोक्नुपर्ने अवस्था रहेको बताइन्।

विभिन्न देशबाट उद्धार गरेर ल्याइएका महिलाले समेत जीवनभर उक्त शब्दसँग जोडिएको सामाजिक कलङ्क भोग्नुपरेको उल्लेख गर्दै उनले बाध्यतामा यौन व्यवसायमा लगाइएका महिलालाई सम्बोधन गर्दा ‘वेश्यावृत्ति’ शब्द प्रयोग गर्न नहुने बताइन्।

त्यस्तै, सांसद मनमाया विश्वकर्माले ‘वेश्यावृत्ति’ शब्दको सट्टा ‘देहव्यापार’ राख्न संशोधन प्रस्ताव गरिन्। उक्त शब्दले लैङ्गिक रूपमा महिलालाई मात्र बढी सङ्केत गर्ने र महिलामाथि दुव्र्यवहार तथा शोषणको अवस्था सिर्जना गर्ने उनको भनाइ थियो।

कानुनले सबैलाई समान रूपमा सम्बोधन गर्नुपर्ने भएकाले लैङ्गिक रूपमा एउटै समूहलाई लक्षित गर्ने शब्द हटाउनुपर्ने उनले बताइन्।

सांसद गणेशबहादुर विश्वकर्माले भने ‘वेश्यावृत्ति’ वा ‘यौन कार्य’ का रूपमा नभई ‘यौन शोषण’ का रूपमा परिभाषित गर्नुपर्ने प्रस्ताव गरे।

विशेषगरी दलित समुदायका बादी महिलामाथि हुने शोषणलाई यौन व्यवसाय वा वेश्यावृत्तिका रूपमा व्याख्या गर्न नहुने भन्दै उनले त्यसलाई यौन शोषणका रूपमा कानुनमा समेट्नुपर्ने बताए।

उनले शोषणको परिभाषामा दास तुल्याउने, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बाँधा बनाउने, श्रम शोषण गर्ने, प्रचलित कानुनबमोजिम बाहेक मानिसको अङ्ग झिक्ने, मानव तन्तुको बेचबिखन गर्ने तथा जबर्जस्ती श्रममा लगाउने कार्य समेट्न प्रस्ताव गरे।

साथै, आक्रमण, धम्की, कैद वा अन्य मानसिक तथा शारीरिक दबाबमार्फत व्यक्तिको स्वतन्त्र इच्छाविपरीत काममा लगाउने अवस्थालाई समेटेर बाध्यकारी श्रमको छुट्टै परिभाषा राख्नुपर्ने उनको प्रस्ताव थियो।

उनले कमैया, कमलरी, हलिया, हरुवाचरुवा र झुमा प्रथाबाट हुने श्रम शोषणलाई समेत त्यस परिभाषामा समेट्नुपर्ने बताए।

सांसद पार्वती बिकले शोषणको परिभाषामा बालबालिकामाथि हुने जबर्जस्ती श्रम शोषण स्पष्ट रूपमा समेट्नुपर्ने बताए।

विधेयकमा शोषणको परिभाषा उल्लेख भए पनि बालबालिकामाथि हुने श्रम शोषण छुटेको उल्लेख गर्दै उनले ‘वेश्यावृत्तिमा लगाउने’ भन्ने शब्दावलीपछि बालबालिकामाथि हुने जबर्जस्ती श्रम शोषणलाई समेट्ने वाक्यांश थप्न प्रस्ताव गरे।

उनले ‘वेश्यावृत्ति’ शब्दले विगतमा एउटा समुदायलाई अपमानित गर्ने गरी प्रयोग भएको र त्यसको सामाजिक प्रभाव अहिले पनि कायम रहेको उदाहरण दिँदै कानुनमा प्रयोग हुने शब्दले समाजमा पार्ने प्रभावलाई समेत ध्यान दिनुपर्ने बताए।

कानुनमा लेखिएका शब्दले कार्यान्वयन गर्ने निकाय र समाजमा फरक प्रभाव पार्न सक्ने भएकाले उक्त शब्द हटाउनुपर्ने उनको धारणा थियो।

सांसद भूमिका श्रेष्ठले पनि ‘वेश्यावृत्ति’ शब्द हटाएर मर्यादित तथा समावेशी शब्दावली प्रयोग गर्नुपर्ने बताइन्। संविधानको धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले महिला, पुरुष तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक  सबैको गरिमालाई कानुनको भाषाले सम्मान गर्नुपर्ने बताइन्।

यौनजन्य कार्यमा संलग्न व्यक्तिलाई सुरुदेखि नै नकारात्मक पहिचान दिने शब्द प्रयोग गर्न नहुने भन्दै उनले ‘यौन व्यवसाय’ वा ‘यौनजन्य कार्यमा संलग्न व्यक्ति’ जस्ता उपयुक्त शब्दावली प्रयोग गर्नुपर्ने धारणा राखिन्।

उनले स्वेच्छाले यौन व्यवसायमा संलग्न हुने अवस्था र बाध्यतामा पारेर यौनजन्य गतिविधिमा लगाइने अवस्थालाई फरक रूपमा बुझ्नुपर्नेमा जोड दिए।

जबर्जस्ती, शोषण र बाध्यताको अवस्थालाई छुट्टै सम्बोधन गर्ने शब्दावली कानुनमा आवश्यक रहेको उनको भनाइ थियो।

विधेयकमा के छ ?

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकको दफा ३ को उपदफा ४ को खण्ड (ङ) मा ‘शोषण’ भन्नाले दास वा बाँधा बनाउने वा त्यस्तो हैसियतमा राख्ने, वेश्यावृत्तिमा लगाउने, विद्युतीय वा अन्य कुनै माध्यम प्रयोग गरी वा नगरी यौन शोषण गर्ने, प्रचलित कानूनबमोजिम बाहेक मानिसको अङ्ग झिक्ने वा जबरजस्ती श्रममा लगाउने कार्य सम्झनु पर्छ।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
४ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस