नेपाली महावाणिज्यदूत निरौला र सिजाङ अध्यागमनका महानिर्देशक सिहोङबिच भेटवार्ता
०६ साउन २०८२
•
३ मिनेट पाठ
नेपाली महावाणिज्यदूत निरौला र सिजाङ अध्यागमनका महानिर्देशक सिहोङबिच भेटवार्ता
चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले आज चीनको सिजाङ स्वायत्त क्षेत्रको अध्यागमन कार्यालयका महानिर्देशक तथा चिनिया कम्युनिस्ट पार्टीका सचिव वाङ सिहोङसँग महावाणिज्यदूतावास कार्यालयमा शिष्टाचार भेट गरेका छन्। भेटका अवसरमा नेपाल र चीनबिच कायम ऐतिहासिक सम्बन्ध, दुई देश बिचका सीमा नाकालाई थप व्यवस्थित बनाउने र एक आपसको सम्बन्धलाई थप सुदृढ बनाउन दुवै पक्षबाट आगामी दिनमा थप पहल गर्ने विषयमा कुराकानी केन्द्रित भएको थियो। 




भेटमा महावाणिज्यदूत निरौलाले नेपाल र चीन बिचमा भौगोलिक सीमा मात्र जोडिएको नभई शताब्दीऔंदेखि सामाजिक र सांस्कृतिक सम्बन्ध समेत स्थापित रहेको उल्लेख गर्दै महावाणिज्यदूतावास र अध्यागमन कार्यालयले त्यही मर्ममा आधारित रहेर काम गरिरहेको बताए।

उनले सो अवसरमा रसुवागढी क्षेत्रमा असार २४ गते गएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल भत्काएको, दर्जनौँको ज्यान गएको, दर्जनौँलाई बाढीले बगाएर बेपत्ता पारेको, करोडौँको क्षति भएको दुःखद घटना सम्झँदै त्यसबाट पीडित भई चीनतर्फ अलपत्र परेका नेपालीहरूको तत्काल उद्धार गरी सुरक्षित बसोबासको व्यवस्था मिलाएको, कैलाश मानसरोवर दर्शनमा गएर अलपत्र परेका नेपाली र विदेशी नागरिकहरूलाई तातोपानी झाङ्मु नाकाबाट नेपाल फिर्ता पठाई त्यसपछिको कैलाश यात्रा तातोपानी नाकाबाटै गर्ने व्यवस्था मिलाएको र सो नाका सञ्चालनका लागि विशेष चासोका साथ काम अगाडि बढाएकोमा चीन सरकारलाई धन्यवाद ज्ञापन गर्दै सो घटनाबाट बेपत्ता भएका चिनियाँ नागरिकहरूको डिएनए प्रोफाइल सहितको विवरण यथाशक्य चाँडो उपलब्ध गराइदिन अनुरोध गरेका थिए। साथै उनले आगामी दिनमा पनि चीन सरकारबाट अझ बढी सहयोगको अपेक्षा गरेका थिए।

उक्त अवसरमा महानिर्देशक सिहोङले सिजाङको अध्यागमन कार्यालय र महावाणिज्यदूतावास बिचको समन्वयमा वर्षौँदेखि विभिन्न कार्यहरू भइरहेका छन् भन्दै आगामी दिनमा यसलाई थप बलियो बनाउने बताए। उनले हालसम्म महावाणिज्यदूतावासका तर्फबाट भएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै मितेरी पुलको निर्माण कार्य जतिसक्दो चाँडो सम्पन्न गर्न हरसम्भव प्रयास गरिने बताएका थिए।

सो अवसरमा उनले नेपाल र चीन कूटनैतिक संबन्ध स्थापना भएको ७० औँ वर्षका उपलक्ष्यमा यस वर्ष सांस्कृतिक आदानप्रदान सहित विशेष कार्यक्रमहरू आयोजना गरिने बताए ।

भेटघाटले नेपाल चीन संबन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने भन्दै महावाणिज्यदूत निरौला र महानिर्देशक सिहोङले आगामी दिनमा यस प्रकारका भेटघाटहरू निरन्तर जारी राख्ने बताउँदै सीमा नाका व्यवस्थापन, एक आपसका सुरक्षा चासो, भन्सार र अध्यागमनका साझा चुनौतीहरूको दुई पक्षको संयुक्त र समन्वयात्मक प्रयासमा सामना गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

रसुवा बाढीका कारण चीनमा फसेका नेपालीहरू नेपाल ल्याइँदै

गत असार २४ गते नेपाल चीन सीमाको ल्हेन्दे खोलामा गएको विनाशकारी बाढीले त्यहाँ रहेको मितेरी पुल बगाए पछि चीन तर्फ केरुङमा अलपत्र परी चीन सरकारका तर्फबाट सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाइएका सहित २०३ जना नेपाली नागरिकहरूलाई निरन्तरको कूटनैतिक पहलपछि चीन सरकारसँगको समन्वय र सहयोगमा यही जुलाई २३ तारिख (साउन ७ गते) का  दिन तातोपानी नाका हुँदै नेपाल ल्याइने ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले बताएका छन्। 

उनका अनुसार यसरी अलपत्र नेपाली नागरिकहरू मध्ये कतिपयसँग नेपाल जाने भाडा र खाना खर्च समेत नभएको सन्दर्भमा  चीनको सिजाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयसँगको निरन्तर समन्वय र चीन सरकारका विविध निकायहरू समेतको संलग्नतामा उनीहरूलाई चीन सरकारकारतर्फबाट तातोपानी सीमा नाकासम्म पुर्याइने र त्यहाँबाट नेपाली पक्षले नेपाली नागरिकहरूलाई सुरक्षित तवरले नेपाल लगिने कार्यक्रम तय भएको छ। 

उक्त जानकारी उपलब्ध गराउँदै महावाणिज्यदूत निरौलाले बाढी पीडित नेपाली नागरिकहरूलाई तत्काल उद्धार गरी सुरक्षित बसोबासको व्यवस्था मिलाउनुका साथै सीमा नाकासम्म लैजाने व्यवस्था मिलाएकोमा चीन सरकारलाई तथा निरन्तरको पहल र प्रयासका लागि नेपाली महावाणिज्यदूतावासलाई निर्देशन र सहजीकरण गर्ने नेपाली अधिकारीहरूलाई धन्यवाद समेत ज्ञापन गरे।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस