नेकपा एसले भन्यो: ओलीको चीन भ्रमणले लिपुलेक मुद्दा झन् गिजोलियो
१७ भदौ २०८२
•
४ मिनेट पाठ
नेकपा एसले भन्यो: ओलीको चीन भ्रमणले लिपुलेक मुद्दा झन् गिजोलियो
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले लिपुलेक–कालापानी मुद्दा झन् गिजोलिएको टिप्पणी गरेका छन्। प्रवक्ता ज्वालाले मंगलबार फेसबुकमा एक लामो समीक्षा सार्वजनिक गर्दै ‘कुराले चिउरा नभिज्ने’ उल्लेख गरेका छन्। 

‘प्रधानमन्त्रीको चीन भ्रमण नेपालका लागि उपलब्धिमूलक देखिएन,’ ज्वालाले लेखेका छन्, ‘चीन, भारत, रुसलगायतका सरकार प्रमुखहरूसँगको भेटमा नेपालको लागि फाइदा हुने कुनै पनि सहमति भएन। बरु केही सवालमा प्रधानमन्त्रीको यो भ्रमण विवादमा परेको छ।’ 

कुन कुन विषय विवादित?  

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग लिपुलेकको विषय राख्ने कामसम्म गरे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यो मुद्दा उठान पनि नगरिएको प्रवक्ता ज्वालाको भनाई छ। ‘लिपुलेक मुद्दा समाधान होइन, अझ धेरै जटिलताको भुमरीमा फस्न पुगेको छ,’ प्रवक्ता ज्वालाले लेखेका छन्। 

यस्तै नेपालले चीनको सुरक्षा रणनीति ‘जिएसआई’का समर्थन गरेको विषय विवादित बनेको पनि उनले लेखेका छन्। 

उता रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँगको भेटमा रुसी सेनामा भर्ती भएका नेपालीहरूको समस्याको विषयमा चर्चा नगरिएको प्रवक्ता ज्वालाको दाबी छ। 

‘यस अर्थमा प्रधानमन्त्रीको यो उच्चस्तरीय भ्रमण चिनियाँ सेनाको परेड अवलोकन गर्नेबाहेक उपलब्धि शून्य रूपमा सकिँदै छ,’ ज्वालाले अगाडि लेखेका छन्। 

लिपुलेक सहमतिका विषयमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिसँग कुरा राख्नु ठिक भएको ज्वालाको समीक्षा छ। ‘कुराले चिउरा भिज्दैन भनेझैँ कुराभन्दा पनि समस्या समाधानको पहल जरुरी हो,’ उनले अगाडि लेखेका छन्,‘तर चिनियाँ पक्षबाट समस्या समाधानमा चासो राख्नेभन्दा सकारात्मक जवाफसम्म पनि आएन ।’ 

बरु उल्टै राष्ट्रपति सिले ओलीलाई ‘लिपुलेक नाका चीन–भारतबिच परम्परागत रूपमै प्रयोग हुँदै आएको हो’ भनेर जवाफ दिएको खबर आएको ज्वालाले उल्लेख गरेका छन्। ‘लिपुलेक पास व्यापारिक प्रयोजनका लागि खुला गर्ने सहमति भारत र चीनबिच भएको छ। तर चीन यो नेपाल र भारतको मामिला हो भनेर पन्छिएको छ । चीनको विज्ञप्तिमा यो विषय ‘टच’ पनि गरिएको छैन,’ ज्वालाले अगाडि लेखेका छन्। 

उता भारतका प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री ओलीले  लिपुलेकका विषयमा कुरा राखेको पनि थाहा नभएको ज्वालाले भनेका छन्। उनले अगाडि भनेका छन्, ‘मोदीले सीसँगको वार्तामा कैलाश, मानसरोवर जाने सिधा मार्ग खुलेको कुरा ठुलो उपलब्धि भएको भनेर यसलाई हाई साउन्ड गरेका छन् ।’ 

त्यति मात्र नभई कैलाश, मानसरोवर यात्रा र पर्यटक भिसा पुनः सुरु गर्ने विषयमा मोदी र सी बिच सहमति भएको कुरा पनि ज्वालाले उठाएका छन्। ‘भारतबाट मानसरोवर जान सबैभन्दा छोटो रुट नेपाली भूमि लिपुलेक नै भएकोले दुवै देशको यसमा नै चासो छ । मोदीले भनेका छन्–कैलाश मानसरोवर यात्रा फेरी सुरु भएको छ, दुई देशबिच सिधा उडान पनि सुरु गर्दै छौँ’, ज्वालाले भनेका छन्। 

भारतीय विदेश मन्त्रालयबाट जारी वक्तव्यमै मोदी–सी भेटवार्तामा कैलाश, मानसरोवर यात्रा र पर्यटक भिसा पुनः सुरु गर्ने प्रक्रियालाई अगाडि बढाउँदै प्रत्यक्ष उडान र भिसा सहजीकरण मार्फत जनता–जनताबिचको सम्बन्धलाई सुदृढ पार्नुपर्ने आवश्यकतालाई जोड दिएको विषय उल्लेख भएको कुरालाई ज्वालाले उल्लेख गरेका छन्। उनले यो विषय भदौ ३ गते लिपुलेक पास खोल्ने पूर्व सहमतिकै निरन्तरता भएको बुझ्न कठिन नहुने पनि उनले बताएका छन्। 

लिपुपासबाट यात्रा सहज भए धेरै भारतीय सोही बाटोबाट मानसरोवर जाने र  त्यसबाट नेपाल हुँदै जाने भारतीय यात्रुको संख्या घट्दैमा पनि ज्वालाको चिन्ता छ। 

यसबाट कर्णाली कोरिडोरको सपना पनि अधुरो हुने अवस्था देखिएको ज्वालाले दाबी गरेका छन्। ‘खास गरी भारतीय तीर्थ यात्रीहरू कैलाश, मानसरोवर यात्राका लागि सबैभन्दा उपयुक्त रुट हुम्ला–हिल्सा हुँदै जाने कर्णाली कोरिडोर चीनको प्राथमिकतामा नपरेपछि यो राजमार्गको स्तरोन्नतिको काम पनि पछाडि पर्नेछ,’ ज्वालाले लेखेका छन्, ‘कर्णाली कोरिडोर पर्यटकीय मार्गको साथै व्यापारिक र आर्थिक कोरिडोरको रूपमा यसको महत्त्व छ ।’ 

यता नेपालीलाई भ्रम दिन ‘छुसुक्क कुरा उठाउनु बहादुरी हो कि’ नेपाली भूमिमा नेपालको हक स्थापित गर्नका लागि हामीसँग भएका प्रमाणहरू राखेर उच्च मनोबलका साथ कूटनीतिक डिल गर्ने हो ? भन्ने प्रश्न पनि ज्वालाले सोधेका छन्। 

‘वास्तवमा लिपुलेक कालापानी मुद्दा समाधान उन्मुख होइन, झन् गिजोलिएको छ र अझैँ यो विषय जटिलतामा फसेको छ,’ ज्वालाले लेखेका छन्। ‘यस विषयमा नेपाल अब अझ बढी गम्भीर बन्न जरुरी छ।’
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस